Thursday 8 Shrawn, 2071 |
Menu

कला

चौतारामा 'बाँसुल्ली' रुचाइयो

  • मङ्गलबार १७ बैशाख, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
चौतारामा 'बाँसुल्ली' रुचाइयो
सिन्धुपाल्चोक -   'राम्रो पढेर समाज सेवामा लाग्ने मान्छे नै असल मान्छे हुन् भन्ने सन्देश पाएँ,' काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा प्रदर्शनी भएका उत्कृष्ट फिल्महरु हेरेपछि कक्षा ९ का विद्यार्थी समीर बस्नेतले भने। पीपलडाँडास्थित सिद्धिकमला माविका विद्यार्थी उनले झन्डै डेढ घन्टा लगाए ६ वटा लघु फिल्म हेरे। उनले 'बाँसुल्ली' नामक फिल्म उत्कृष्ट लागेको बताए।

समीर मात्र होइन आइतबार र सोमबार जिविस सभाहलमा किम्फ–२०१२ मा उत्कृष्ट १० नेपाली फिल्म हेरेका झन्डै ३ हजारको रोजाइमा पर्योम 'बाँसुल्ली'। कर्णालीको जनजीवन, संस्कृति र सानै उमेरमा विवाह हुने चलनचल्तीलाई यसमा सजीव ढंगले उतारिएको छ।
 घुम्ती किम्फअन्तर्गत् 'हु विल बि अ गुर्खा', 'बाँसुल्ली', 'हरि', 'खाली खुट्टा', 'एजुकेटिङ नेपाल', 'जर्नी टु यार्सा' लगायत फिल्म प्रदर्शन गरियो। शिक्षामूलक सन्देश दिने 'इजुकेटिङ नेपाल', २२ र १८ वर्षको उमेरमा विद्यालय जान थालेका नवीना विक र कोपिला सुनारको वास्तविक कथामा आधारित फिल्म 'खाली खुट्टा' विशेष गरी शिक्षक र विद्यार्थीले मन पराए। 'सबै फिल्म शिक्षाप्रद लाग्यो,' शिक्षक हरि ढकालले भने, 'विद्यार्थीको ध्यान खिचेर सन्देश दिन फिल्म सक्षम छन्।'
 रमादेवी मावि हर्रे, सिद्धिकमला मावि पीपलडाँडा, चौताराका वनदेवी मावि र रत्नगंगा उच्च मावि, ज्ञानमन्दिर नमुना उच्च मावि मेल्चौर, कालीदेवी मावि देउराली, जुगल बोर्डिङ र एकता बोर्डिङ २२ बढी विद्यार्थी र शिक्षकले फिल्म हेरे। करिब ८ सय सेना, प्रहरी र सरकारी कर्मचारीले प्रदर्शनीमा भाग लिए।
 हिमाल एसोसिएसनको आयोजना र पत्रकार महासंघको व्यवस्थापनमा फिल्म प्रदर्शन गरिएको हो। एसोसिएसनले चौतारासमेत १० जिल्लाका प्रमुख सहरमा फिल्मको प्रदर्शनी गरेको अध्यक्ष वसन्त थापाले बताए।
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...