15 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

दस दलले दिए दर्ताको निवेदन

(1 Vote)
काठमाडौं - आगामी संविधानसभाको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा आज साँझ ५ बजेसम्म १० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगका अनुसार निवेदन दिनेमा नेकपा (एमाले), एनेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली काँग्रेस, नेकपा (माले), तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट) छन्।
nepali-patro-may

दल दर्ताका लागि आजसम्म आयोगबाट ३४ दलले फाराम लगिसकेका छन्। विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३३ रहेको छ। तीबाहेक अन्य दलले आगामी संविधानसभाको निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदनसाथ कम्तीमा १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। 


विसं २०६४ को निर्वाचनमा ५४ दलले भाग लिएका थिए। अहिले आयोगमा दर्ता रहेको दलको सङ्ख्या ११९ रहेको छ। तीमध्ये ७५ दलले निर्वाचनको चिह्न पाएका थिए भने ४४ दल पहिलो संविधानसभाको निर्वाचनपछि दर्ता भएका हुन्। 

दल दर्ता प्रयोजनका लागि प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ। आयोगले दल दर्ता प्रक्रिया सुरु भएलगत्तै निर्वाचनका लागि अनुकूल वातावरण बनेको प्रतिक्रिया दिएको हो।

प्रतिक्रिया