Friday 6 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

इलाइट क्याफे

  • १४ बैशाख, २०७०
  • विष्णु रिजाल
  • DISQUS_COMMENTS
(0 votes)
'राजुजीको क्याफे कुन हो?'

उकालोमा बढिरहेको स्याँस्याँरोकेर सोध्दा बाटैको क्याफेमा झोक्राएर बसिरहेकी अधबैंसे महिलाले सुनेको नसुन्यै गरिन्। आफ्नो क्याफे छँदाछँदै अर्काको नाम किन सोधेको होला जस्तो गरेर उनी बोलिनन्। तर, मलाई राजु क्षेत्रीको क्याफे जानु थियो र उनले झिँजो मानेको थाहा पाए पनि फेरि सोधें– 'यहाँराजु क्षेत्रीलाई चिन्नुहुन्न? उहाँको क्याफे कता पर्छ होला?' त्यसपछि उनले बोल्दा पैसा पर्लाझैं गरिन् र औंलाले 'उः त्यही हो' भन्दै डाँडातिर देखाइन्।
बाबुराम भट्टराईको नाममा दर्ता भएको 'जनादेश' साप्ताहिकमा उनी कार्यकारी सम्पादक थिए। तर, तिनै बाबुराम प्रधानमन्त्री हुँदा 'दर्शन' का लागि अनेक प्रयत्न गर्दा राजुले पीए शाखा छिचोल्न सकेनन्।
शान्ति स्तुपाको काखको डाँडामै रहेछ– द इलाइट क्याफे।

द इलाइट क्याफे बाटैतिर फर्किएर आगन्तुकको स्वागतमा बसेको रहेछ। धेरै बुढ्यौली लागिनसेकको द इलाइट क्याफेमा आन्तरिक पर्यटक त्यति थिएनन्। हाम्रा दुःखी डाँडाकाँडा हेर्दै विदेशी पर्यटक आफ्नै धुनमा मग्न थिए। शान्ति स्तुपाको काखमा बसेर तिनले प्राप्त गरिरहेको फेवाको दृश्य साँच्चै अनुपम रहेछ। मैले कैयौंपटक फेवामाथि यात्रा गरेको छुफेवालाई नजिकैबाट छुने मौका पाएको छु। तरउसको वास्तविक रूप र आकारलाई एउटै दृश्यमा त्यसरी देख्न पाएकै थिइनँ। लामो आकारमा फैलिएको फेवा कसरी खुम्चिँदैछ र उसको आकर्षक शरीरमाथि कसरी धावा बोलिँदैछद इलाइट क्याफेबाहेक अन्यत्र कतैबाट त्यसरी हेर्न पाइँदैन होला।

त्यसो त मैले प्रत्यक्ष रूपमा राजु क्षेत्रीलाई पनि देख्न पाएको थिइनँ। 

मुख्य चासो राजु क्षेत्रीका बारेमा थियो। एकपटक उनको कथाव्यथा 'जनआस्थापत्रिकामा पढेपछि फोन गरेर अलिबेर गन्थन गरेको थिएँ। वास्तवमा त्यो कारुणिक कथा राजुले कुनै नाफाखोर चलचित्र निर्माताका लागि लेखेका थिएनन्न त आफूलाई विज्ञापन गर्नका लागि अहिले धेरै जसो माओवादी कार्यकर्ताले लेख्ने बनिबनाउ जस्तै लाग्ने कथा नै थियो त्यो। मैले राजुका ती प्रत्येक अक्षरमा आँसु बगेको पाएको थिएँपीडा पोखिएको महसुस गरेको थिएँर आक्रोशको आगो बलेको भेटाएको थिएँ। सपनाहरूको हत्यामा आहत एउटा युवाले कस्तो अनुभूति गर्दछ भन्ने कुरा राजुले सरल भाषामा पोखेका थिए। कहिलेकाहीँप्रत्यक्ष देखेभोगेका भन्दा अक्षरहरूबाट बनेका विम्बहरू साह्रै बलशाली हुन्छन् भन्ने अनुभूति मैले त्यसबाट गरेको थिएँ। राजुका सन्दर्भमा मलाई यस्तै भएको थियो। 

म पोखरा पुगेको बेला कुनै धर्म वा शान्तिका लागि उकालो चढेर शान्ति स्तुपा पुगेको थिइनँ। धर्मका बारेमा मेरो संक्षिप्त धारणा छ– त्यो तिनका लागि बढी जरुरी छजो आफ्नो जीवनमा कुनै न कुनै 'पापगरेको ठान्छन्। अनि जहाँसम्म शान्तिको कुरा छत्यो कुनै डाँडाका टुप्पामा पुगेर वा गुम्बा धाएर प्राप्त हुन्छ भन्नेमा मलाई विश्वास छैन। तरतिनै राजु क्षेत्रीले स्तुपा नजिकै क्याफे खोलेका छन् भन्ने थाहा पाएर उनलाई भेट्न पुगेको थिएँ।

पोखरा मेरा लागि हरेकपटक नयाँर तन्दुरुस्त लागिरहन्छ। सायद यही गुण छोरामा पनि सरेको छ। स्कुल बिदामा पोखरा जाने ऊ र उसकी आमाको प्रस्तावभित्र फेवातालडेभिड फल्समहेन्द्र गुफासराङकोट यस्तैयस्तै ठाउँथिएशान्ति स्तुपा थिएन। तरमलाई चाहिँराजु क्षेत्री भेट्ने चाहनाले स्तुपाको उकालोतिर तानेको थियो।

'जनताको मुक्तिका लागिभनेर ज्यान हत्केलामा राखेर लडाइँमा होमिएका राजुका सपनाहरू कति वास्तविक थिए/थिएनन्तिनको समीक्षा समयक्रममा हुँदै जाला। तरज्यान जोखिममा राखेर उनीहरूले युद्ध लडेको कुराचाहिँवास्तविक हो। रआज थुप्रै हण्डर र ठक्करसँगको जम्काभेटपछि राजु क्षेत्रीले शान्ति स्तुपाको छेउमा द इलाइट क्याफे खोलेको कुरा पनि अर्को सत्य हो। 

राजु क्षेत्री पत्रकारिताभन्दा टाढाका मानिस होइनन्। बाबुराम भट्टराईका नाममा दर्ता भएको 'जनादेशसाप्ताहिकमा धेरै समयसम्म उनको नाम कार्यकारी सम्पादकमा झुन्डिएको थियो। तरतिनै बाबुराम प्रधानमन्त्री भएको बेला 'दर्शनका लागि अनेक प्रयत्न गर्दा पनि राजुले बालुवाटारको पीए शाखा छिचोल्न सकेनन्। त्यतिमात्रै त कारण होइन होला तर त्यस्तै कारणहरूको कुल योगहरूले राजुलाई आफ्नाबारे पुनःमूल्यांकन गर्नका लागि घच्घच्याएको हुनुपर्छ।

राजुलाई हेर्दा लाग्छ– लडाइँलड्नु गाह्रो कुरा रहेनछजति त्यसको व्यवस्थापन गर्न जटिल छ। ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुभन्दा तीन महिनाअघि अर्थात् २०६१ कात्तिक २९ गते राती गजुरी ब्यारेकको घेरा तोडेर बाहिर निस्किने सात जनामध्येका एक राजुको मन त्यसै अमिलो भएको छैन। 'मुक्तिका लागिघरपरिवार र वृद्ध मातापिता छोडेर हिँडेका राजुले नियतिको एउटा क्रूरतासँग नराम्ररी ठोक्निुपरेपछि उनलाई सहाराको सख्त जरुरत परेको थियो। १३ वर्षकी छोरी र १० वर्षका छोरामा प्रकृतिले श्रवणशक्ति हाल्न बिर्सिएछ। ती धेरैपछि भेट भएका आफ्ना मातापिताका आँखामा हेर्थेउनीहरूलाई मुसार्थेमाया गर्थे। तरमनका कुरा भन्न सक्दैनथे। इसारामा सन्तानसँग कुरा गर्नुपर्दाको पीडाबाट मुक्तिका लागि राजुले चिकित्सा विज्ञानको सहारा नलिई धरै भएन। प्रविधि पनि नेपाल भित्रिइसकेको अवस्थामा त राजुका लागि त्यो अनिवार्य नै भयो। शिक्षण अस्पतालमा शल्यक्रिया पनि हुने भयो। तरसमस्या उही हो– एक जनाका लागि १३ लाख नगदको जोहो † 

'सर्वहाराका लागि हिँडेकोएउटा सर्वहारासँग यति धेरै रकम हुने कुरै भएन। किनभनेउनी न हिसिला यमी हुन्न कृष्णबहादुर महरा। यही सेरोफेरोमा राजुले भोगेका दुःख पढ्दा बेचैन भएर मैले आफैं उनलाई फोन गरेको थिएँ।

'यस्तै रहेछ सर'– उनले फोनमा भनेका थिए। त्यतिबेलासम्म उनको दुवै छोराछोरीको शल्यक्रिया भइसकेको थियो। संयोगले नेपालमा त्यसरी कानको अप्रेसन गर्नेमा मेरा आफन्तका दुई छोरी थिएजो भर्खर तोते बोली सिक्दैछन्। उनीहरूका कानमा यन्त्र राखिएको छ र त्यसलाई क्रियाशील बनाउन ब्याट्री चार्ज गर्नुपर्छ र पानीबाट निकै टाढा राख्नुपर्छ। उनले मन पराए/पराएनन्तर मैले यस्तै कुरा भनेर उनलाई सान्त्वना दिन खोजेको थिएँ।  

'भाइराजुजी हुनुहुन्न?'– मैले क्याफेकै जस्ता लाग्ने एकजना भाइसँग सोधें। एकछिन अल्मलिएर उनले दिएको जवाफ उत्साहजनक रहेन– 'राजु दाइराजु दाइ त हुनुहुन्न त †'

'कता हुनुहुन्छ त?'– नजिकै हो कि भनेर मैले सोधें। 

'उहाँउहाँत तल स्कुलतिर जानुभएको छ'– ती भाइले पनि औंलाले देखाएरै भने।

२०६९ चैत ३० गतेको दिउसो राजु क्षेत्री द इलाइट क्याफेमा भेटिएनन्। उनी तलको स्कुलतिर गएका रहेछन्। काममा गएका मानिसलाई फोन गरीगरी बोलाउन उचित लागेन। उनको क्याफेमा बढिरहेको सेता छालाको घनत्वलाई विचार गर्दा त्यहाँधेरै बस्न पनि उचित लागेन। भीड हेर्दा क्याफे राम्रो चलेको रहेछ जस्तो लाग्यो र हामी त्यहाँबाट बिदा भयौं।

अहिले पनि राजु क्षेत्रीको आस्था बदलिएको छैनभूमिका बदलिएको छ। हिजो सोचेका मूलभूत कुराप्रति उनी अहिले पनि त्यस्तै होलान्। तरहिजोका सपना र आजका विपनाहरूका बीचमा रहेको खाडल भने उनलाई मन परेको छैन होला भन्ने मेरो अन्दाज छ। 

एउटा कुरामा राजु असाध्यै खुसी छन्– उनका छोरा र छोरी दुबैले 'आमाबाबाभन्न थालेका छन्। किशोरवयमा प्रवेश गर्दै गरेका तिनमा मुखबाट भर्खर तोतेबोली निस्किन लागेको छ। थाप्लोमा ऋणको भारी बोकेर राजु उकालीओराली गर्दैछन्।

मैले लडाइँमा लागेका धेरै योद्धाका संस्मरणहरू पढेको छुउनीहरूका कुरा सुनेको छु। माओवादी शान्ति प्रक्रियामा आएपछि यस्ता पुस्तक लेख्ने बाढी नै आयो भन्दा फरक पर्दैन। तरअहिले त्यो क्रम रोकिएको छ। त्यति नाम नसुनिएका गंगाबहादुर लामा नामक एक छापामारले लेखेका कुराले मेरो मन खुबै छोएको थियो। त्यसपछि मलाई यिनै राजु क्षेत्रीका कुराले मन दुखाए। 

पक्कै पनि लडाइँमा जाँदा एउटा उद्देश्य हुन्छ– जसरी पनि जित्ने। तरजित्न नसक्दा भागमा हार पर्छ। कतिले त्यसमा ज्यान गुमाउँछन्। मार्ने वा मर्ने उद्देश्यसहित लडाइँमा होमिएकाहरूप्रति मेरो मनमा कहिल्यै पनि त्यति साह्रो सहानुभूति आउँदैन। तरराजु क्षेत्रीजस्ता बन्दुकसँग मात्र होइनकलमसँग पनि साइनो राख्ने आधारभूत तहका कार्यकर्ताहरूलाई पनि त्यस दोषको भागिदार बनाउन मिल्दैन होला। किनभनेन यिनीहरूको हिजो निर्णायक ठाउँमा स्थान थियोन आज छन त भोलि नै हुनेछ। यो कुरा माओवादीमा मात्र होइनअरूमा लागू हुन्छ र भइरहेको छ।
नयाँ ढंगले सोचौं

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला...

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ। मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्।...

गिरिजालाई राष्ट्रपतिको ललिपप

गिरिजालाई राष्ट्रपतिको ललिपप

त्यसै पनि शान्ति सम्झौताले राष्ट्रिय सेनालाई पाता फर्काउन खोजेको थियो। माओवादीहरू 'लडाकुजस्तै सेना पनि ब्यारेकमा थन्किएर बस्नुपर्ने' जिकिर गर्थे। द्वैध चरित्रवाला कथित बुद्विजीवी सही थाप्थे। राष्ट्रिय सेनालाई ब्यारेकमा थन्क्याएपछि मनपरि...

भोक मिठो कि भोजन

भोक मिठो कि भोजन

भोक मान्छेको समस्या हो कि सभ्यताको प्रारम्भ विन्दु?धन्न पेट भरिँदैमा मान्छेको भोक मेटिँदैन!‘धन्न' किन भनेको भने, पेट भरिँदैमा भोक नमरेकैले हामी जनावरहरूभन्दा फरक भएका हौं। मानवशास्त्रीहरू भन्छन्, ‘उभिन सक्नु र...

झम्सीखेल रेष्टुरेन्ट हब

झम्सीखेल रेष्टुरेन्ट हब

चालीस वर्षअघि ललितपुर युलाखेलका प्रेमलाल रजक झम्सीखेल हुँदै पाटन निस्कन डराउँथे। मकैबारीबीचको सुनसान बाटो पार गर्नु उनका लागि तरबारको धारमा टेकेर हिँड्नुजत्तिकै हुन्थ्यो।साठी वर्षीय रजक अहिले पनि त्यो बाटो भएर...

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...