8 Kartik, 2071 |
Menu

नागरिक शनिबार

खोई, अर्की पारिजात?

  • १४ बैशाख, २०७०
  • कुमारी लामा
  • DISQUS_COMMENTS
(0 votes)
खोई, अर्की पारिजात?
पुस्तकसँगको सहयात्रा लम्बिँदै जाने क्रममा एउटा पाठकमा लेखकले प्रस्तुत गरेको विषयमा मात्र नभई अन्य पक्षप्रति पनि उत्सुकता र चेतना बढ्दै जान्छ। लेखकको भाषाशैली, प्रस्तुति, विषयवस्तुको गहिराइ, समय सापेक्षता इत्यादितिर नजर घुमाउन थाल्छन्, पाठकहरू। यो स्वभाविक हो। जति धेरै राष्ट्रियअन्तर्राष्ट्रिय लेखकसँगको किताबी सामीप्यता बढ्यो उत्ति नै नयाँ शैली र विषयप्रतिको चाख बढ्दै जान्छ।
नेपाली साहित्यमा महिलाका विषयलाई समातेर लेखिएका उत्कृष्ट आख्यान धेरै छन्, तर ती प्रायः पुरुष लेखकबाटै सिर्जित छन्। केही लेख्ने हैसियत बनाउनका लागि लेख्नुभन्दा सयौं गुणा बढी पढ्नुपर्छ। अध्ययन र जानकारीविना कसरी लेखक बन्न सकिन्छ!
एउटा पाठकको नजरबाट हेर्दा नेपाली साहित्यमा शसक्त महिला आख्यानकारको उपस्थिति कम भएको हो कि जस्तो लाग्छ। नेपाली साहित्य परम्पराको विविध कालखण्डमा विभिन्न प्रवृत्तिका महिला लेखक नआएका होइनन्तर अझ केही नपुग भएको हो भन्ने लागिरहन्छ। नेपाली साहित्यमा महिलाका विषयलाई सशक्त ढंगले उठाइएकोविषयवस्तुको गहिराइसम्म पुगेर लेखिएको अनि खारिएको भाषाशैली र नवीन प्रस्तुतिका आख्यान कति होलान्

पारिजातको 'शिरीषको फूलमा प्रस्तुत गम्भीर विषयखारिएको भाषाशैली र मीठो प्रस्तुतिलाई हाम्रा महिला स्रष्टाले चिन्तन गर्न भ्याएका छन् कि छैनन्आखिर महिला लेखक आफ्नै कुराआफ्नै भावनाभोगाइइच्छाअनुभूतिजीवनपरिवेश र विषयलाई किन अपेक्षाकृत ढंगमा आख्यानमा उतार्न सकिरहेका छैनन्?

नेपाली साहित्यमा महिलाका विषयलाई समातेर लेखिएका उत्कृष्ट आख्यान पनि छन्तर ती प्रायः पुरुष लेखकबाटै सिर्जित छन्। धुँस्वा सायमीको 'गंकीसम्भवतः पहिलो नेपाली आख्यान होजसले त्यति उदार भएर एउटी महिलाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ। त्यस बेलाको समयअनुसारका पात्र र परिवेशको सन्दर्भमा 'गंकीकालजयी उपन्यास हो। यसमा महिला संवेदनाको सही प्रस्तुतीकरण पाइन्छ। 'गंकी'को विषयवस्तु सय वर्षपछि पनि उत्तिकै सान्दर्भिक रहनेमा कुनै शंका छैन। 

पुरुष लेखक भएर पनि सायमीले महिला मनोविज्ञानलाई नजिकबाट बुझेर प्रस्तुत गरेका छन्तर खोई महिला स्रष्टाले महिलाकै विषयलाई कालजयी रूपमा प्रस्तुत गर्न सकेकोपारिजातको प्रसंगमा उनको 'शिरीषको फूलहरेक पठनमा उत्तिकै मीठो लाग्छपहिलोपटक पढ्दै गरेको अनुभूति दिलाउँछ। हरेक पढाइमा फरक बुझाइ र व्याख्यातिर लैजान सक्नु नै यस उपन्यासको खासियत हो। उनको विषय प्रसंगको मार्मिकता पूर्णरूपमा हृदयस्पर्शी छ। उनी लामो समय बाँच्नेछिन्। पक्का हो। एक्ली पारिजातले कहिलेसम्म समग्र महिला आख्यानकारहरूलाई काँधमा बोकी हिँड्ने?

विश्व साहित्य अध्ययन गर्दा महिला स्रष्टाहरू धेरै कडा रूपमा प्रस्तुत भएको पाइन्छ। अहिलेको अवस्थामात्र यस्तो होइनशताब्दीऔं अघिदेखि नै। उनीहरूले आफ्नो विषयलाईआफ्ना भावनाअनुभूतिभोगाइविद्रोहीपना सबै प्रष्ट लेखेका छन् र लेख्दै पनि छन्। अठारौं शताब्दीमा नै मेरी ह्वील्सनक्राफ्ट महिला अधिकारका विषयमा पुस्तक लेख्दै थिइन्। 

केट चपिनले उन्नाइसांै शताब्दीमा 'द अवेकनिङ'बाट संसारलाई चकित पार्दै थिइन्। उनको महिला विषयसन्दर्भशैलीविद्रोहीपना आज पनि उत्तिकै सान्दर्भिक छ। बीसौं र एक्काइसौं शताब्दीका महिला लेखकहरूको सशक्त सृजनासँग त हामी लगभग जानकार नै छौ।

कन्फेसनल राइटिङले विश्वमा ल्याएको उथलपुथलका साक्षी हामी नै हौ। भर्जिनिया उल्फको 'मिसेस डालावे'को स्ट्रिम अब कन्ससनेसले ल्याएको प्रस्तुतिको नवीनता र मिसेस डालावेको मनोविज्ञानसँग लेखकको सानिध्यले विश्वलाई सधैं चकित पारेकै छ। भर्जिनिया उल्फले उप्काएको प्रसंग महिलाकै विषय होमहिलाकै भावना र अनुभूतिमाथि फरक ढंगमा लेखिएको न हो। त्यस्तै विषय र शैलीमा नवीनता भएका नेपाली महिला स्रष्टाको आख्यान कति छन्या अझै लेख्न बाँकी नै छकहिलेसम्म आफ्ना भावनाहरूलाई छोपछाप गरेरै राखिरहने र पुरुष लेखकहरूलाई मात्रै मौका दिइरहनेआफ्नै विषयमा बोलिदिनलेखिदिनकृष्ण धरावासीले नै राधाटँुडाल र झोलाहरू लेखिरहनु पर्ने?

 इजिप्सियन लेखिका नवाल एल सादवीनाइजेरियन चिमामन्द अदिचीअइरिस एमा डोनोहुइन्डियन अरुन्धती रोय आदिका लेखाइशैली र विषयसँग संसार नतमस्तक छ। सादवीको 'द नोबल', अदिचीको 'पर्पल हिविस्कस', रोयको 'द गड अफ स्मल थिङस्सबै महिला विषयमै केन्द्रित छन्। सादवीको जस्तो बिलकुल फरक शैलीपात्र र घटनाक्रमको पृथक बुनाई किन आउन सकेको छैन नेपाली महिला आख्यानकारहरूमा

 अहिलेसम्मको लेखनमा महिला आख्यानकारले यहाँको साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानलाई भुल्नु पनि हुँदैन। वानिरा गिरिको 'कैदीसशक्त आख्यान होजो भाषाशैलीप्रस्तुति सबैमा उत्तिकै उत्कृष्ट छ। यो उपन्यासको विषय पूर्णरूपमा महिलामा केन्द्रित भने होइन। 'समानान्तर आकाशलेखेर पद्मावती सिंहले नेपाली साहित्यमा महिला आख्यानकारको उपस्थितिमा अर्को योगदान गरेकी छिन्। कथामा भागिरथी श्रेष्ठमाया ठकुरी अनि समालोचनानिबन्धमा सुधा त्रिपाठीको योगदानलाई छुटाउन मिल्दैन। 

 जलेश्वरी श्रेष्ठको 'नियति चक्र'को विषयवस्तुलाई हामी नजरअन्दाज गर्न सक्दैनौं। शारदा शर्माको 'तापउत्तिकै गहन उपन्यास हो। पछिल्लो समयमा आएको अनुपम रोशीकै 'कुमारी आमालाई पनि हामीले त्यत्ति हल्का रूपमा लिन सक्दैनौं। महिला स्रष्टाहरू आउँदै छन्लेख्दै छन्तर कहीँ कतै अझै केही छेकबार बाँकी नै छन् कि– उनीहरूले सम्पूर्णरूपमा आफूलाई प्रस्तुत गर्न नसक्नुमा!

 महिला स्रष्टालाई लेखकका रूपमा मात्र अघि बढ्न नदिन हाम्रो समाजमा अरू धेरै पक्षहरू पनि होलान्। यस्ता पक्षलाई चिर्दै विद्रोही भएर निस्किए पनि कहिलेसम्म उनीहरूले त्यसलाई अगाडि बढाइरहलान्। कृष्ण धरावासीसँगको कुराकानीमा उनले भनेका थिए

 'नेपाली महिला सामाजिक संकोचबाट मुक्त हुन सकेका छैनन्। आफूलाई सामाजिक दबाबबाट मुक्त गर्न नसकेपछि गाह्रो हुन्छ। महिलालाई लोग्नेको मानसिक दबाब हुन्छ। कि गृहस्थी त्याग्नुपर्‍यो, ... तर लोग्नेमान्छे भने स्वास्नीको दबाब टेर्दैन।

 धरावासीका कुराबाट नै धेरै बुन सकिन्छ। केही अदृश्य अरू दबाबका कारण हुन सक्छमहिला स्रष्टा अझ पनि आफ्ना भोगाइ र भावनाहरू इमानदार भएर प्रस्तुत गर्न सकिरहेका छैनन्। कतै न कतैकेही न केही ढाकछोप गर्नैपर्ने बाध्यता छ। बाध्यता भनौं या साहसको कमी। 

 अहिले विश्व साहित्यमा भइरहेको दु्रत परिवर्तनलाई हाम्रा महिला स्रष्टाले आत्मसात गर्न सकिरहेका छैनन्। केही लेख्ने हैसियत बनाउनका लागि लेख्नुभन्दा सयांै गुणा बढी पढ्नुपर्ने कुरालाई नकार्न सकिन्न। अध्ययन र जानकारी नै नभई कसरी लेख्ने?

 यहाँका स्रष्टाले कत्तिको अध्ययन गर्ने गरेका छन्विश्व साहित्यबारे कत्तिको जानकार छन्नेपाली साहित्य नै कत्तिको पढ्न भ्याउँछन्?

 आफूलाई सशक्त रूपमा प्रस्तुत गर्न नसक्नुमा महिलाहरूको आफ्नै अध्ययन र जानकारीको कमी त होइनकवि गीता त्रिपाठी यसलाई स्विकार्दै नेपाली महिला स्रष्टामा केही हदसम्म अध्ययनको कमी भएको महसुस गर्छिन्। 

 मेरो यो लेखमा नेपाली महिला स्रष्टालाई होच्याउनु या उनीहरूको योगदानलाई बेवास्ता गर्नु होइन। समय परिवर्तन भइसक्यो। लेख्न जरुरी छ।  

 'लेखाइबाहेक अरू केहीले पनि हाम्रा घाउहरू निको पार्न सक्दैनन्।सादवीको यो भनाइ चिन्तनयोग्य छ। नेपाली महिला स्रष्टाहरू अलि साहसअध्ययन र आत्मविश्वासका साथ मैदानमा उत्रिन ढिला भइसक्यो। अझै पनि झिनामसिना कुरा र समाजको मात्रै ख्याल गर्दै आफ्ना अनुभूति र भोगाइलाई मनमै गुम्स्याएर बसिरहने हो भने पारिजातपछिको अर्को पारिजात जन्मन फेरि शताब्दीऔं लाग्न बेर छैन। 

कर्नाली किनारको फूलबारी

कर्नाली नदीमाथि चिसापानी पुलले बर्दिया र कैलालीलाई जोडेको छ। बर्दिया मध्यपश्चिममा पर्छ भने कैलाली सुदूरपश्चिममा। पुलले दुई विकास क्षेत्र जोडेझैं पर्यटनको साँघुले दुवै क्षेत्र जोड्ने 'वाइल्ड वेस्ट अभियान' चलाएका छन्,...

चाबीचालकका कथा

फर्पिङ, सेतीदेवीका राजनप्रसाद श्रेष्ठले केयुकेएलमा चाबीचालकको काम गर्न थालेको पाँच वर्ष भयो। तर, पानीको संकट बढ्दै जाँदा यही जागिर उनका लागि निल्नु न ओकल्नु बनेको छ।

जीवन : एक प्राध्यापक

जीवन : एक प्राध्यापक

भारतीय इतिहासकार तथा महात्मा गान्धीका जीवनी लेखक रामचन्द्र गुहाले दक्षिण एसियामा आत्मकथा लेख्ने समृद्ध परम्परा नभएकोमा एक मार्मिक टिप्पणी गरेका छन्। उनको टिप्पणी— दक्षिण एसियामा हिन्दु धर्मको ठूलो प्रभाव छ।

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

नयाँ ढंगले सोचौं

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला...

उदयपुरगढीमा स्वागत

उदयपुरगढीमा स्वागत

उदयपुरगढी रमणीय छ। उदयपुरको पञ्चावती गाविस–१ मा अवस्थित गढी (१,३०० मिटर) बाट खुम्बु हिमाल, महाभारत र चुरे पर्वतका साथै तराईको दृश्य देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।

सञ्चार सीप र सिद्धान्त

नेपालमा सञ्चार, आमसञ्चार र पत्रकारिता विषयमा केन्द्रित भई पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ। यही क्रममा साढे तीन दशकदेखि पत्रकारिता तथा आमसञ्चार विषय प्राध्यापन गर्दै आउनुभएका सञ्चारविद् लालदेउसा राईको पछिल्लो...

चाबेलमा लिन आउनु ल!

चाबेलमा लिन आउनु ल!

किन हिरासतमा छ नारीआजसम्म?के तिमीले आफ्नो अँगालोबाटअझै मुक्त गरेका छैनौ उसलाई?खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका...