Wednesday 16 Baishak, 2072 |
Menu

नागरिक शनिबार

sagoon

मिक्स्ड भेज जिन्दगी

  • १४ बैशाख, २०७०
  • किशोर नेपाल
  • DISQUS_COMMENTS
(0 votes)
मिक्स्ड भेज जिन्दगी
नयाँवर्ष रे! अविरल तनावमा रहेको यो शहर, मेरो शहर (कि यो अरू कसैको पनि हो?) नयाँवर्षको सुखद उपलक्ष्यमा शुभकामना बाँडिरहेको छ। मोबाइलको रुखो मेसेज टोन निरन्तर बजिरहेको छ, तीनदिन अघिदेखि नै। शहर गगनचुम्बी घरहरूको नयाँउचाइमा पुगे पनि काला कौवाहरूको बथान कराउन छाडेको छैन। मूल शहरको मुख्य मार्गको छेउमा रहेको राजदरबारनजिक ढल्नका लागि आँधी पर्खेर बसेका मक्किएका बूढा रूखको हाँगामा दर्जनौं चमेराहरू झुन्डिएका छन्। 
जिन्दगीको यात्रा गीतमा मात्र रमाइलो हुन्छ। जिन्दगी आफैं त उस्तै हो– मिक्स्ड भेजिटेवल। आलु पनि छ, मूला र काउली पनि छ, सिमी र कोसा छ। छैन त स्वादमात्रै छैन।
ती चमेरा देखेर काला कौवा लगातार कराइरहेछन्क्याँक्याँ...क्याँक्याँ...! काला कौवाहरूको क्याँक्याँलाई काग बोल्यो भन्दछन् मानिसहरू। तरवरपर 'शुभ बोलभनेर कागलाई सम्झाउँदैपन्युले कसौंडी कोट्याएर सालको पातमा केही सिता भात दिने कुल वधुहरू यतातिर भेटिँदैनन्। शहर अब शहर नभएर पेशा भएको छ। उसै पनि कराउनु त कागको पेशा नै हो। क्याँक्याँकराउनु उसको पेशा हो र पेशा गर्न पाउनु उसको अधिकार। बोल्नेको पिठो बिक्छनबोल्नेको केही पनि बिक्दैन। तरजति कराए पनि कालो कौवाको आवाज बिकेको छैन।

'अक्कुपाई बालुवाटारअधिकारकर्मीहरूको एउटा समूह महिनौंदेखि प्रधानमन्त्रीको सरकारी निवास (कार्यालय होइन) ताकेर कराइरहेको थियो। अहिले त्यो चित्कार बन्द भएको छ। देशका ठूलासानारंगीन र काला पत्रपत्रिकाहरू मानिसका दुर्भाग्यहरूको लामो सूची प्रकाशित गरिरहेका छन् निरन्तर। हरिभक्तको अनुभवमा यी सबै पेशा र अधिकारभित्र संवेदना होइनप्रपोजलको खेलमात्रै हुन्छ। प्रपोजल अर्थात् नाटक। हरिभक्तले बुझेको छ– नाटकमध्येका कति नाटक नौटंकी सावित हुुन्छन्। कति नाटक गीति नाटकको दुःखान्तमा पुगेर टुंगिन्छन्। जीवनको प्रतिलिपि ठ्याक्कै उतार्ने दावा गर्ने कुशल अभिनेता एक टुक्रा जीवन रंगमन्चमा उतारेर अखबारमा छापिन्छ। रदंग पर्दछ।

नाटक नै हो जिन्दगी– जिन्दगी एक सफर है सुहानायहाँकल क्या हो किसने जानाफुच्चे गाउँदैछ र सिंगमरमरले ढाकेको भर्‍याङ ओलर्िंदैछ। ओलर्िंदै छैनहाम फाल्दैछ। ऊ हाम फालेको देखेर उसकी हजुरआमा आत्तिन्छे र कराउँछेलड्लास्! उसलाई थाहा छैनयसरी नै हाम फाल्छन् सबै सत्यहरू। जिन्दगीको यात्रा गीतमा मात्र रमाइलो हुन्छ– जिन्दगी आफैं त उस्तै हो– मिक्स्ड भेजिटेवल। आलु पनि छमूला र काउली पनि छसिमी र कोसा छ। केराउगाजरसाग सबैको मिसमास। छैन त स्वादमात्रै छैन। नुन स्वाद हो भने नुनिलो छ। स्वाद नुनमात्रै होइन। जीरामसलामात्रै पनि ताजा स्वाद होइन। डिब्बामा छापिएको रंगीन तस्बिरलाई पत्याउने हो भने 'स्वादको शहनशाहमात्रै स्वाद हो। त्यो शहनशाह हिजोआज बफ मःमःमा प्रयोग हुने गरेको छ। त्यसको त बास्ना मन पराउनसमेत चौडा छाती चाहिन्छ।

'जिन्दगीमा केही गर्न सकिएनफुच्चेको बाबु गनगन गर्दथ्यो र गीत गुनगुनाउँथ्यो– जिन्दगी एक सफर है सुहाना...उसले केही गर्न नसके पनि हरिभक्तले सहकारी खोलेर घर गृहस्थीको पांग्रा राम्रै गुडाइरहेको थियो। त्यो पांग्रा बीचैमा पंक्चर भयो। उसलाई फाप्दै फापेनपटक्कै फापेन यो गणतन्त्र। उसको सहकारीलाई अझ राम्ररी उक्साउन थप लगानी लिएर आएको थियो इन्द्रे। ऊ लगानी लिएर आएकै दिन सुनको भाउ बढेको थियो। त्यही दिन नेपाल गणतन्त्र घोषित भएको थियो। त्यसपछि त इन्द्रे सहकारीको कार्यकारी प्रमुखको कुर्सीमा बस्यो। हरिभक्तले चाहिँ सडकको छेउमा साइकिलको टायरको पंक्चर टाल्ने पसल खोल्यो। शहरमा मोटर साइकिलको जगजगी भएका बेला साइकिलको टायर किन प्वाल पर्थ्यो रत्यहाँपनि जिन्दगीले लखेट्न नछाडेपछि अहिले स्टेशनरी पसल खोलेर बसेको छ हरिभक्त– जिन्दगी मिक्स्ड भेजिटेबल भएजस्तै उसको पसल पनि कफीचियापत्रपत्रिका र कपीपेन्सिल र कलमको मिक्स्ड भेन्यु भएको छ। हरिभक्तलाई आफनो यो मिक्स्ड भेन्यु चलेकोजस्तो लाग्दैन। ऊ भेन्युकै अगाडि पानीपुरी बेचिरहेको रामचन्दरको ईर्ष्या गर्दछ। कत्ति मजाको व्यापारघर भाडा तिर्नु पनि नपर्ने। पानी बिजुलीको झन्झट बेहोर्नु पनि नपर्ने। बेलाबेलामा नगरपालिकाका सिपाहीलाई पानीपुरी खुवाए शान्तिओम शान्ति!

कुनै दिन हरिभक्त फेसबुकमा आफ्नो स्टाटस (हैसियत होइन) अपग्रेड गर्दै थियो– कफी कल्चरबुलशीटननसेन्स। जिन्दगीमा यस्तो दिन पनि देख्नुपर्‍यो। खराब के होमेरो ललाट कि कन्चटपच्चीस सय रुपियाँँतिरेर कट्टा किने पनि ललाट र कन्चट कुन खराब होछुट्याएर कट्टा हान्न सकिन। साथमा राख्न पनि डर लाग्यो त्यो कट्टा। कहिलेकाहीँ लाग्छमानिसहरू तीन रुपियाँँको चिया पिउँछन् र दश रुपियाँँको अखबार सित्तै पढ्छन्... हरिभक्तसँगै छेउको स्टुलमा टुक्रुक्क बसेको एउटा थाङ्ने ग्राहक बेलुकीको दारुको गन्धसम्म नउडेको गिलासमा कफीको नाममा कलंक चुस्दै अर्ग्यानिक कफीको स्वादको महिमा ओकल्न थालेको थियो। हरिभक्तलाई हाँसो उठ्यो– साला भैमाले (उसले यो शब्द साझा प्रकाशनले छापेको शब्दकोशबाट त्यतिबेला सिकेको थियोजतिबेला ऊ एउटा निबन्ध प्रतियोगिताका लागि 'दूधमा पानी कसरी मिसाइन्छ?' शीर्षक निबन्धको रचना गर्दै थियो) कफीको पाँच रुपियाँँतिर्ने औकात छैन सय रुपियाँँकपको अर्ग्यानिक कफीको धक्कु लगाउँछ। साँच्चैयसको खल्तीमा सय रुपियाँभएको भए अर्ग्यानिक कफी होइनकेमिकल ठर्रा पिउँथ्यो होला।

शहरमा सल्किएको छ कफी कल्चर डढेलोजस्तै। इल्लीबिल्लीजाभालभाजाहिमालयन विन्ज र ब्राजिलियन रोस्ट। एकथरि मानिसहरुपैया काँचको कपमा कालो झोल पिउँछन्। कालो झोलसँगै रंगरसबास्नाको पनि कुरा आउँछ। कफी शपमा झन्डै पुतलीजस्तै सजिएका केटीहरू कफीको नाममा आइसक्रिम चपाइरहेका देखिन्छन्। कफी शपहरूमा वेलिज क्रिम पाइँदैन। त्यसैले आइरिश कफीको सम्भावना छैन। कफीआइसक्रिम चपाइरहेका केटीहरू बीचबीचमा चुरोटको धुवाँपनि उडाउँदैछन्। आइसक्रिमकफी र चुरोटको यो कस्तो कम्बिनेशन! उनीहरूलाई कफीको स्वाद लिइरहेको त थाहै हुन्न होला। कत्रो बेथिति स्वादको। उसो त देश नै स्वादको मर्म नजान्नेले पिएको कफीजस्तै तीतो अनुभव भएको छ यसबेला। धेरैका लागि। थोरैका लागि त देश वैशाखजेठको आइसक्रिम नै हो। यी धेरै र थोरैका बीचमा बाँकी बचेकाहरू साम्यवाद र पुँजीवादका सैद्धान्तिक र शास्त्रीय विवादमा वर्षौंदेखि अल्भि्कएका छन्। निरन्तरतामा क्रमभंगको नारा दिने राजनीतिज्ञहरू आआफ्नै बीचको सम्बन्ध चिस्याएर क्रमभंग गरिरहेका छन्। कुण्ठा सबैमा छ। केही सज्जनहरू पार्टी खोलेर क्रमभंग गर्ने व्यवसायमा लागेका छन्। पार्टी भनेको सम्पत्ति हो। चुनावमा एक दर्जनजति अन्य पार्टीका असन्तुष्ट र एक दर्जनजति भावुक र महत्त्वाकांक्षी व्यक्तिलाई उम्मेदवार बनाएर भोट टिपटाप गर्दा एउटा सीट त आइहाल्छ। चुनाव सजिलो छ। लगानी छैन। प्रतिफल असारसाउनकोे वर्षाजस्तै झरिरहेको हुन्छ। केही अल्पशिक्षित बेरोजगारहरूआफैंलाई तमासा बनाएर बेचिरहेका केही लम्फूजस्ता लाग्ने केटाहरू र सांस्कृतिक कार्यक्रमको मन्चमा नाच्ने नाउँमा उफ्रिएर पैसा बटुलिरहेकाहरू– देशमा सबैको अनुभव मीठो छ। कफी कहिल्यै तीतो हुँदैन। त्यसको स्वादको मिठास लिन जान्नुमात्र पर्दछ।

सहकारीवाट पंक्चरपंक्चरवाट स्टेशनरीस्टेशनरीभित्र भूमिगत चिया पसल। ऊ स्टेशन चलाएर बसेको छ। तै तै बुटपालिससम्म पुगेको छैन। बुटपालिस पनि त डेढसय रुपियाँजोर पुगिसकेको छ। तै पनि ट्याक्सीभन्दा महँगो भैसकेको छ भन्न त मिल्दै मिल्दैन। हरिभक्तको स्टेशन अगाडिबाट भर्खर चल्न थालेको एउटा हरियो बस बिस्तारै गुड्छ। उसले टेलिभिजनमा देखेको थियोबसको पहिलो खेपमा हरिवंश कन्डक्टर बनेर पैसा उठाइरहेको थियो। हास्य कलाकारवाट विभिन्न ब्राण्डको प्रवर्द्धन व्यापारमा लागेका हरिवंश र मदनकृष्णले कति हजार बोरा सिमेन्टकति हजार टन फलामे छड बेचे होलान्चल्छखूब चल्छ। उनीहरू एकपटक आएर उसको भूमिगत चिया पसलको स्टुलमा बसेर कफी पिइदिए उसको स्टेशनमा पनि मानिसको धुइरो लाग्थ्यो होला। भिक्षाटन गरेर ल्याएको सातुको घैंटो कटेरोको किलामा झुन्ड्याएर मीठो कल्पनामा डुब्ने कथाको नायक सोम शर्माजस्तै हरिभक्त कल्पनामा एकैछिन रमाउँछ। त्यसपछि स्कुलमा गुरुले सुनाएको गुरुवाणी स्मरण गर्दछ– पोखरीको सानो माछालाई ठूलो माछाले खाएजस्तै सानो पैसालाई ठूलो पैसाले तान्छ।

मिक्स्ड भेजिटेबल– जिन्दगीलाई यसै भनिदिए हुन्छ। अलि ठूला रेस्टुराँमा मानिसहरूले खाइनसकेर प्लेटमा छाडेका खानेकुरालाई प्लास्टिकको ठूलो बाल्टीमा एकसाथ खन्याएको मिक्स्ड फूडजस्तै। भातफ्राइड राइसदालमटन फ्राइडचिकेन तन्दुरीकरीतरकारी र अचार– क्या स्वाद मानेर खान्छ सँुगुरले। सुँगुर रेस्टुराँको साइड बिजनेस हो। हरेक राति एघार बजेर बीस मिनट जाँदा धराने कालो सुँगुर फार्म खोलेर बसेको नकुल टाटा टिपर लिएर आइपुग्छ रेस्टुराँमासाहुलाई मूल्य चुक्ता गर्दछ। मिक्स्ड फूडको बाल्टी टिपरमा लोड गर्दछ र अर्को रेस्टुराँतिर लाग्दछ।

हरिभक्त चित्त बुझाउँछ– शहर पेशा हो। खैके हो शहर... स्टेशनमा एउटा बूंगो आउँछ र भन्छ– एक कप चिया देऊ। पैसा भरे दिऊँला। हरिभक्त पहिलो वाक्य सुन्छ र खुशी हुन्छ। दोस्रो वाक्य सुनेपछि उसका नौ नाडी गल्दछन्। काला कौवाहरूको एक बथान सडकलाई छायाँमा पार्दै उडिरहेका छन्। उधारो चिया नदिने हरिभक्तको मूड बुझेपछि बूंगो पसलबाहिर निस्किन्छ– एक कप चिया पनि नपत्याउने कस्तो ज्यान भएछ यो!
भर्‍याङ

भर्‍याङ

नाम पनि कति आधुनिक राख्न भ्याएछन्, उसका बाबुआमाले! लक्की। पूरा नाम– लक्की उपाध्याय। ‘मेरा बाबु सामान्य लेखपढ गर्न जान्दछन्। आमालाई त कालो अक्षर भैंसीबराबर!' एक दिन उसले मसँग भनेकी थिई।‘त्यसो...

एउटा प्रिय विम्ब

एउटा प्रिय विम्ब

२०७० पुसको महिना। बन्दै गरेको एउटा ठूलो घरमा भुइँतलाको पसलबाट भित्र पसेर ढोकाबाट छिर्यौंल हामी। सानो कोरिडरको ठ्याक्कै अगाडिको ढोका खुलै थियो। अस्तव्यस्त थियो कोठा। 

गजुरमुखीको गौरव

गजुरमुखीको गौरव

स्थान उही तर सौन्दर्य फरक। विश्वास उही तर प्रचार व्यापक। धाम उही तर पहुँच सहज। फेरिँदै गएको गजुरमुखी धामका विशेषता हुन् यी।

प्रतिस्पर्धामा नारी कलम

प्रतिस्पर्धामा नारी कलम

'महिलाले पार गनुपर्ने प्राकृतिक धर्मबाट पुरुषहरू मुक्त छन् तर महिला त्यो कर्तव्यबाट भाग्न मिल्दैन, समस्या यहीँनेर हो।'नेपाली साहित्य लेखनमा स्वतन्त्र भएर आउन महिलाका लागि सहज छैन भन्नुमा साहित्यकार मोमिलाको यो...

झोलाको फिल्मी यात्रा

झोलाको फिल्मी यात्रा

झोला कथा लेखेको एक वर्षमा नेपाल प्रज्ञा प्रतिष्ठानको समकालीन साहित्यमा पहिलोपल्ट प्रकाशित भयो। त्यसको तीन वर्षपछि कथा संग्रहका रूपमा पुस्तक प्रकाशित भयो। पुस्तक प्रकाशित भएको तीन वर्षपछि नै २०६३ सालमा...

विप्लवी हस्ताक्षर

कवि विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक विप्लवी हस्ताक्षर हुन्। उनी तत्कालीन निर्दलीयताको विकल्पमा बहुदलीयता कायम गर्न तल्लीन नेपाली समाजको भ्रुण भएकाले होला, उनका कवितामा कुनै न कुनै रूपमा...

डेटिङमा डिस्टर्ब

डेटिङमा डिस्टर्ब

बालाजु पार्कस्थित बाइसधाराको ठिकमाथि तिखा काँडामाझ काँडेफूल फक्रिएको छ। त्यही फूलछेउमै एक युवक उभिएका छन्। फूलको तस्बिर लिएलगत्तै युवकले इसारा गर्दै भने, ‘खै हेरांै त, फूलको फोटो कस्तो आएँछ?' क्यामेरा हातमा...

पर्यटन गोरेटोमा बैतडी

पर्यटन गोरेटोमा बैतडी

नमस्ते खीर बाजे! कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।हामी पनि ७ वैशाख ०७१ का...