Thursday 11 Baishak, 2071 |
Menu

राजनीति

पर्यटन मन्त्रीसहित सरकारी उच्च टोली सगरमाथा आधारशिविरमा

सोलुखुम्बु-गएको शुक्रबार १३ जनाको ज्यान लिने गरी गएको हिमपहिरोपछि सगरमाथा आरोहण गर्ने वा नगर्ने भन्ने अन्योलमा रहेका सगरमाथा आरोहीलाई भेटघाट गर्न पर्यटन मन्त्री भीम आचार्यसहितको टोली सगरमाथाको आधारशिविर पुगेकाछन्।
विस्तृतमा पढ्नुस्

संवैधानिक समितिमा भट्टराई र मस्यौदा समितिमा सिटौलाको उम्मेदवारी

काठमाडौं— संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलको तालमेलमा संविधान सभाका पाँच समितिहरुको उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइएको छ। संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा एमाओवादी नेता बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।
विस्तृतमा पढ्नुस्

महाधिवेशनमा चुनाव भए उठ्दिन : खनाल

झापा- एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनमा चुनाव भए आफू नउठ्ने बताएका छन्। विचारको बहसमा भने अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताए। 'पार्टी नेतृत्व सर्वसम्मतले चयन भए वा कार्यकर्ताले नेतृत्व लिन आग्रह गरे एकचोटि फेरि नेतृत्व लिन्छु,' उनले भने,…
विस्तृतमा पढ्नुस्

स्थानीय चुनाव चार चरणमा : प्रमुख आयुक्त

चितवन– प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन कम्तिमा चार चरणमा गर्नु पर्ने बताएका छन् । चितवन क्षेत्र नं. ४ मा हुन लागेको संविधान सभा सदस्यको उप निर्वाचनमा विद्युतीय मतदान सम्बन्धी मतदाता शिक्षा प्रशिक्षण कार्यक्रमको बिहीबार भरतपुरमा उद्‌घाटन गर्दा…
विस्तृतमा पढ्नुस्

एनेकपा माओवादी म्याग्दीको अध्यक्षमा घिमिरे

म्याग्दी— एकीकृत नेकपा माओवादी म्याग्दीको तेस्रो जिल्ला सम्मेलनबाट चन्द्रबहादुर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार राति सम्पन्न भएको सम्मेलनबाट उपाध्यक्षमा गोविन्द्र पौडेल, सचिव देवराज सुबेदी, सहसचिव पुस्कर विक, कोषाध्यक्ष शेरबहादुर केसी रहेका छन्।
विस्तृतमा पढ्नुस्

‘कांग्रेस सर्वसत्तावादी र ढुलमुले'

काठमाडौं-सत्ता साझेदार दल नेकपा एमालेले अर्को दल नेपाली कांग्रेस सम्झौतावादी, सर्वसत्तावादी र ढुलमुले भएको ठहर गरेको छ। नवौं महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष झलनाथ खनालले तयार पारेको प्रतिवेदनको प्रारम्भिक मस्यौदामा दीर्घकालमा नेपाली कांग्रेस नै प्रमुख प्रतिस्पर्धा हुने ठहर गरिएको छ।
विस्तृतमा पढ्नुस्

‘क्षमता र छवि नहेर्दा' न्यायपरिषद विवादित

काठमाडौं-सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि मंगलबार न्यायपरिषदले गरेको ‘विवादास्पद' सिफारिसमा पूर्व प्रधानन्यायाधीश एवं कानुनविदले असहमति जनाएका छन्।
विस्तृतमा पढ्नुस्

सत्यनिरुपणमा संशोधन प्रस्ताव लगिँदै

काठमाडौं– सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव लैजाने भएको छ।
विस्तृतमा पढ्नुस्

‘उपलब्धि जोगाउन लोकतान्त्रिक संविधान'

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभाबाट जारी हुने लोकतान्त्रिक संविधानले मात्र आन्दोलनका उपलब्धि संस्थागत हुने बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘अध्यक्षमा नेपाल उपयुक्त'

काठमाडौं– एमालेका दुई दर्जन केन्द्रीय सदस्यले आसन्न नवौं महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा अघि सार्ने भएका छन्।
विस्तृतमा पढ्नुस्

पिआर कर्मचारी कस्ने अभियान संसदमा

काठमाडौं-विभिन्न देशको ग्रिनकार्ड, स्थायी बसोबास (पिआर) लगायत सुविधा लिने निजामती कर्मचारीमाथि कारबाही गर्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अभियान संसदमा प्रवेश भएको छ।
विस्तृतमा पढ्नुस्

महासंघ निर्वाचनमा चौतारी र क्रान्तिकारी पत्रकार स‌घंबीच तालमेल

काठमाडौ‌-नेपाल पत्रकार महासंघको महाधिवेशनमा क्रान्तिकारी पत्रकार संघ र प्रेस चौतारीबीच चुनावी तालमेल हुने भएको छ।
विस्तृतमा पढ्नुस्

थारुलाई मधेसीको सूचीबाट हटाउन प्रधानमन्त्रीलाई संघर्ष समितिको ज्ञापन

काठमाडौं– थारू समुदायले आफूलाई मधेसी सूचीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्। थारूलाई मधेसी सूचीबाट हटाउन माग गर्दै बुधबार थारू संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायको क्षेत्रमा काम गर्ने विभिन्न २० संस्था सम्मिलित समितिले बुधबार…
विस्तृतमा पढ्नुस्

स्थायी न्यायाधीश सिफारिसमा असन्तुष्टि जनाउँदै मुख्य न्यायाधीशद्वारा राजीनामा

काठमाडौं-सर्वोच्च अदालतको स्थायी न्यायधीश सिफारिसमा असन्तुष्टि जनाउँदै पूनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed
DMC Firewall is a Joomla Security extension!