Friday 14 Kartik, 2071 |
Menu

राजनीति

भारतविरोधी गतिविधि रोक्न प्रतिबद्ध छौं : दाहाल

(0 votes)
काठमाडौं - भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपाल भारतबीचको दुई देशीय साझेदारीको अभिवृद्धिपछि मात्रै भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारी सम्भव हुने बताएका छन्। चार दिने भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा भारतीय प्रधानमन्त्री सिंहले त्यस्तो बताएका हुन। भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न आफूहरु सम्वेदनशील भएको भन्दै दाहालले नेपालको भूमिमा हुने सबैखाले भारतविरोधी गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गरे।

सिंहले एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनपछि लिएको प्रगतिशील राष्ट्रवाद र आर्थिक उत्पादनको अवधारणालाई समर्थन गर्दै त्यसको लागि भारत सहयोग गर्न तयार रहेको बताएका थिए। उनले भारतको चाहना राजनीतिक रुपमा स्थायीत्व प्राप्त गरेको सम्पन्न नेपाल हेर्ने भएको स्पष्ट पार्दै त्यसको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सिंहले नेपालमा लोकतन्त्रको विकासको लागि दलहरुको सहमतिको आधारमा मंसिर भित्रै संविधानसभाको निर्वाचन हुनु पर्नेमा जोड दिँदै निर्वाचनको लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको समेत बताएका थिए।

नेपालमा निर्वाचनकै लागि प्रधान न्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन भएकोमा सिंहले खुसी व्यक्त गरेका थिए।

प्रधानमन्त्री सिंहले शान्ति प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै संविधानसभा मार्फत संविधान लेखेर नेपालको लोकतन्त्र बलियो बनाउन शुभकामना दिएका थिए। वार्तामा दाहालले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जसमा सिंहले पनि आफू नेपाल आउन इच्छुक भए पनि उपयुक्त समय नभएकोले नगएको भन्दै उपयुक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिबद्धता व्यक्त गरेका थिए।

भारतीय प्रधानमन्त्रीको रेसकोर्स रोडस्थित निवासमा झण्डै ३५ मिनेट भएको भेटवार्तामा एमाओवादीका नेता कृष्णबहादुर महरा र भारतको तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेष मिश्र र नेपालका लागि भारतीय राजदुत जयन्तप्रसाद सहभागी थिए।

संवाद समितिको बैठक सुरु

संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा एमालेका शीर्ष नेता भने उपस्थित छैनन्।

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, कार्यविभाजन र १ वर्षे रणनीति मुख्य एजेन्डा

काठमाडौं- पोलिटब्यूरो, स्थायी कमिटी गठन, पदाधिकारीको कार्य विभाजन र केन्द्रीय कमिटीलाई पूर्णता दिने एजेन्डासहित आज (शुक्रबार)देखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ।एमाले केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठक कसरी सञ्चालन गर्ने...

‘अदालतको फैसला त्रुटिपूर्ण'

काठमाडौं-सेतो हेरोइन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहमा संलग्न देखिएकी पाकिस्तानी नागरिक साहिदा प्रविनलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले पुनरावेदन गर्ने भएको छ।

एमालेमा मन्त्रालयअनुसार विभाग बन्ने

काठमाडौं-केन्द्रीय सरकारको झल्को दिने गरी नेकपा एमालेले पार्टीको केन्द्रीय संगठन र विभाग गठन गर्ने भएको छ। एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा मन्त्रालयको कार्यक्षेत्रअनुसार कार्य विभाजन गरी...

तीन दल टसमसै भएनन्

काठमाडौं-संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन बिहीबार भएको प्रमुख तीन राजनीतिक दलको बैठक निष्कर्षहीन भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष...

विदेशी सहयोगमा अनुमति अनिवार्य

काठमाडौं– सरकारले विदेशी दातृ निकायको सहयोगमा संघीयतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

कांग्रेस–एमालेद्वारा सात प्रदेशको खाका

काठमाडौं-नयाँ संविधानमार्फत राज्य पुनःसंरचनामा १० प्रदेशको अडान राख्दै आएको एकीकृत नेकपा माओवादी त्यसबाट तल नझरे प्रक्रियाबाट सातभन्दा कम प्रदेश बनाउने गरी सत्ताघटक नेपाली कांग्रेस र नेकपा एमालेले साझा सहमति बनाएका...

राजनीतिक भागबन्डाले सहमति जटिल : भट्टराई

कठमाडौं– संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिमा पुग्ने कार्य केही नेता र पार्टीको सत्ताप्रतिको चासोले गर्दा जटिल भएको बताएका छन्। कुनै पार्टीको नाम नलिई...