Thursday 6 Kartik, 2071 |
Menu

राजनीति

'नेपाल–भारत सम्बन्धको नयाँ परिभाषा जरुरी'

(0 votes)
काठमाडौं - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारत द्विपक्षीय सम्बन्ध नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन्। चारदिने भारत भ्रमणमा रहेका दाहालले इतिहासको अनुभवबाट सिकेर द्विपक्षीय सम्बन्ध पुनर्परिभाषित गरी नयाँ गति दिनुपर्ने औंल्याए।

नयाँदिल्लीमा सोमबार इन्डियन काउन्सिल अफ वर्ल्ड एफियर (आइसिडब्ल्युए) ले आयोजना गरेको 'भारत–नेपाल सम्बन्ध' विषयक प्रवचनमा दाहालले नयाँ गतिले मात्र द्विपक्षीय सम्बन्धबाट दुवै देशको आकांक्षा सम्बोधन हुने दाबी गरे।
'नेपाल–भारत सम्बन्ध सकारात्मक रुपमा परिभाषित गर्न आवश्यक छ। म हाम्रो सम्बन्ध सच्चा मित्रता, सौहार्द तथा आपसी सहयोगका आधारमा विकास होस् भन्ने चाहन्छु,' दाहालले भने, 'भारतको सुरक्षा चासोप्रति नेपाल सचेत छ। यसकारण हामीले देशभित्र छिमेकी देशका विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति लिएका हौं।'
हालसम्म नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता र आपसी सम्मानका आधारमा चलिरहेको बताउँदै उनले २१औं शताब्दीको सन्दर्भ तथा परिवर्तित विश्व परिस्थितिका आधारमा अब द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिन आवश्यक रहेको बताए।
कार्यक्रममा दाहालले नेपाल–भारत–चीनबीचको सम्भाव्य त्रिपक्षीय आर्थिक सहयोगका सम्बन्धमा पनि स्पष्ट पार्ने प्रयास गरेका थिए। नेपालको विकासका लागि मित्रराष्ट्र भारत र चीनको सहयोग जुटाउन त्रिपक्षीय आर्थिक सहयोग अवधारणा आफूले ल्याएको उनले बताए।
'परिवर्तित विश्व तथा क्षेत्रीय सन्दर्भ र भारत–चीनबीच आर्थिक सम्बन्ध विस्तार भइरहेका बेला त्रिपक्षीय सहयोगमा विभिन्न परियोजना नेपालमा सञ्चालन गर्न सम्भव छ। यो तत्काल प्राप्त गर्न नसकिने सपना होइन। यो हाम्रो भविष्यका लागि भिजन हो,' दाहालले स्पष्ट पारे, 'त्रिपक्षीय आर्थिक सहयोगको अवधारणा ल्याई द्विपक्षीय सम्बन्धलाई विस्थापित गर्न खोजिएको होइन।'
ठूला दुई छिमेकीसँगको द्विपक्षीय सहयोग तथा सहकार्यलाई बढावा दिएमात्र त्रिपक्षीय सहयोग सृजना गर्न सकिने विश्वास दाहालले व्यक्त गरे। द्विपक्षीय सम्बन्ध नै त्रिपक्षीय सहयोग अवधारणाको आधार भएको उनले जनाए। छिमेकी मित्रराष्ट्रको यस्तो सहयोगबाट नेपालको आर्थिक विकास सम्भव हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए।  'त्रिपक्षीय आर्थिक सहयोग अवधारणा समृद्ध हुन चाहने नेपाल तथा नेपाली जनताको आधार हुनेछ, जुन नेपालीको मात्र नभई भारत र चीनको समेत चाहना हो,' दाहालले भनाइ थियो।
त्रिपक्षीय आर्थिक सहयोग परम्परागत तथा ऐतिहासिक तथ्य भएको जनाउँदै दाहालले मात्र ती तथ्यलाई स्मरण गराउने प्रयास आफूले गरेको बताए। परम्परागत तथा ऐतिहासिक रुपमा नेपालले आफ्नो व्यापारिक मार्गमार्फत भारत र चीनलाई जोड्ने कार्य गर्दै आएको उनले जनाए। चीन र भारतलाई व्यापारिक मार्गले जोड्दा नेपाली जनता शान्ति तथा समृद्धिमा रमाएको स्मरण उनले गराए।
कार्यक्रममा दाहालले नेपालका आर्थिक मुद्दाका विषयमा पनि आफ्नो धारणा राखेका थिए। विश्वमै फरक ढंगले आधुनिकीकरण तथा आर्थिक उन्नतितर्फ उन्मुख दुई छिमेकी भारत र चीनको प्रगतिबाट नेपाल अछुतो रहन नसक्ने दाबी उनको थियो। द्रुत आर्थिक विकासतर्फ दुई छिमेकी अघि बढ्दाबीचको सानो राष्ट्र गरिब नै रहे यो नेपालको लागि दुर्भाग्य हुने उनले बताए।
'मलाई के विश्वास छ भने आर्थिक रुपमा सबल र विकसित नेपाल मात्र नेपाल र नेपालीको चाहना होइन। यो दुई छिमेकी भारत र चीनको पनि चाहना हो,' दाहालको भनाइ थियो, 'आर्थिक विकासले नेपालमा राजनीतिक स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने दुईमत छैन। अन्ततः यसले भारत र चीनको सुरक्षा चासोलाई सुनिश्चित गर्नसमेत मद्दत गर्नेछ। म के कुरामा स्पष्ट छु भने समृद्ध तथा विकसित नेपाल नै यस क्षेत्रमा सुरक्षा, शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम माध्यम हो।'
कार्यक्रममा भारतका विदेश नीतिविज्ञ, रणनीतिकार र भारतीय प्राज्ञिक व्यक्तिहरु थिए।
भेटघाट तीव्र
चारदिने भ्रमणमा रहेका दाहालले सोमबार भारतीय विभिन्न दलका नेतासँग भेटघाट गरे। भेटवार्तामा भारतीय नेताहरूले दाहाललाई चुनाव पक्षधर दलहरु मिलेर चुनाव गरी संविधान निर्माण गर्न सुझाव दिए।
बिहान भारतीय सुरक्षा सल्लाहकार शिवशंकर मेनन–दाहालबीच भएको भेटवार्तामा नेपालको समग्र प्रक्रिया शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचनबारे छलफल भएको थियो। मेननले शान्ति प्रक्रिया र संविधानसभामा दाहालले खेलेको भूमिकालाई प्रशंसा गरेका थिए।
भेटघाटमा अध्यक्ष दाहालले नेपालको वर्तमान संक्रमणकाल अन्त्यका लागि संविधानसभाको निर्वाचन गरी स्थिर सरकार निर्माण गर्न अत्यन्त आवश्यक रहेको बताएका थिए। संविधानसभा चुनाव भएपछि नेपालको आर्थिक उन्नतिमा सहयोग पुग्ने दाहालले बताए। 'भारत सरकारबाट निर्वाचनका लागि लजिस्टिक, राजनीतिक र नैतिक सहयोगको अपेक्षा गरेका छौं', दाहालले मेननसँग भने।
जवाफमा मेननले निर्वाचन जसरी पनि गर्न र त्यसले मात्र नेपालको संक्रमणकालिन अवस्थाको हल गर्ने बताए। 'भारत सरकारको तर्फबाट निर्वाचन प्रक्रियाका लागि आवश्यक सहयोग गर्न तयार छ', मेननले दाहाललाई आश्वस्त पारे।
भेटमा एकीकृत माओवादी र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा विकास गर्न छलफल भएको थियो। नेपालको आर्थिक समृद्धिका लागि भारतका तर्फबाट जलस्रोत र लुम्बिनीको पर्यटन विकास गर्न आवश्यक सहयोग गर्नेबारे छलफल भएको थियो।
बिहान दाहाल र जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवबीच भेटघाट भएको थियो। भेटमा यादवले निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको सुझाव दिएका थिए।
भारतीय लोकसभाकी विपक्षी दलकी नेतृ सुष्मा स्वराज, कांग्रेस आईका नेता करन सिंहसँग दाहालको भेटघाट भएको थियो। दाहालले साँझ आइसिडब्लुएमा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गरेका थिए। दाहाल भ्रमण टोली साँझ राज्यसभाका सदस्य डिपी त्रिपाठीद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए।
मंगलबार बिहान १० बजे भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग दाहालको भेटवार्ता हुने कार्यतालिका छ। दिउँसो १ बजे विदेशमन्त्री सलमान खुर्सिदसँग दिवाभोज सहित भेटघाट गर्ने कार्यक्रम छ।
गोकर्ण बैठक : फेरि अल्झिए दल

गोकर्ण बैठक : फेरि अल्झिए दल

काठमाडौं- संविधान निर्माणको गतिरोध अन्त्य गर्न गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। संविधानका विवादित विषयमा दलहरू टसमस नभएपछि कात्तिक ९ र १० गते छलफल गर्ने गरी...

तोकिएको काम छाडेर निजी अस्पताल जाने चिकित्सकमाथि कारबाही हुन्छ: स्वास्थ्यमन्त्री

चितवन—स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सरकारी अस्पताल मात्रै विश्वसनीय अस्पताल बन्न सकेको बताएका छन्।

सिंहदरबारका थोत्रा गाडी व्यवस्थापन गर्न निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदको अर्थ समितिले रेखदेख अभाव र प्रयोगविहीन हुँदा सिंहदरबारमा करोडौं मूल्यका सवारी थोत्रा र कामै नलाग्ने अवस्थामा रहेको भन्दै मुख्यसचिवमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

काठमाडौं- सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ।

पाँचदलीय मोर्चा निष्क्रिय

काठमाडौं-एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीसहित साना पाँच वामपन्थी दलको मोर्चा निष्क्रिय बनेको छ। मोर्चाको बैठक नबसेकै एक महिना भएको छ।

कारबाही सच्याउन कांग्रेस नेताको अपिल

काठमाडौं-नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालासहित तीन दर्जनभन्दा बढी नेताले केन्द्रीय अनुशासन समितिको निर्णय सच्याउन अपिल गरेका छन्। पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै कोइरालासहितका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुनरावेदन...

द्वन्द्वपीडितलाई राहत दिन सिफारिस

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वबाट पीडित चार जनाका परिवारलाई ३ लाख रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउन सिफारिस गरेको छ। आयोगको मंगलबार भएको पहिलो बैठकले पीडित मानवअधिकार उल्लघनमा संलग्न...

गोकर्ण रिसोर्ट बैठकमा दलहरुका पुरानै अडान

काठमाडौं-संविधानका विवादित विषयमा सहमति कायम गर्ने तीन प्रमुख दलका नेताको मंगलबारको प्रयास पनि निरर्थक भएको छ। काठमाडौंको गोकर्ण रिसोर्टमा बिहानैदेखि राति अबेरसम्म भएका अनौपचारिक र औपचारिक बैठकमा तीन दल नेपाली...