Sunday 5 Ashwin, 2071 |
Menu

राजनीति

कांग्रेसमा समन्वय समिति

(0 votes)
काठमाडौं– नेपाली कांग्रेसले पार्टी महाधिवेशन सकिएको अढाई वर्षपछि अञ्चल समन्वय समिति गठन गरेका छन्। पार्टी संगठन सुदृढीकरण र अञ्चलसँग समन्वय गर्न सभापति सुशील कोइरालाले संगठन सुदृढीकरण कार्ययोजनाको परिच्छेद २० र पार्टी नियमावलीअनुसार संयोजक र समिति गठन गरेको पार्टी मुख्यसचिव चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ। 
सोमबारै कांग्रेसको काठमाडौं उपत्यका समन्वय समिति पनि गठन भएको छ।  
कांग्रेसले मेची संयोजकमा महेन्द्र यादव, कोसीमा पदमनारायण चौधरी, सगरमाथामा केशवकुमार बुढाथोकी, जनकपुरमा रामकुमार चौधरी, बागमतीमा सुश्री रत्न शेरचन, नारायणीमा रामचन्द्र तिवारी, गण्डकीमा कृष्णचन्द्र नेपाली, लुम्बिनीमा सुरेन्द्रराज पाण्डे, धवलागिरीमा एन.पी.साउद, कर्णालीमा मीन विश्वकर्मा, सेतीमा ज्ञानेन्द्रबहादुर कार्की र महाकालीमा जीवनबहादुर शाहीलाई तोकेको छ।
यो समितिमा पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद, जिल्ला सभापतिका साथै क्रियाशील सदस्यबाट पाँचजना रहने छन्। अञ्चलभित्रका केन्द्रीय सदस्य समितिको आमन्त्रित सदस्य रहने कांग्रेसले जनाएको छ।
काठमाडौं उपत्यका समन्वय समितिको संयोजकको जिम्मेवारी रामकृष्ण तामम्राकारले पाएका छन्। उपत्यकाभित्रका जिल्ला र क्षेत्रीय सभापति समितिको सदस्य रहने छन्।
कांग्रेसले अझै सहमहामन्त्री, पाँच केन्द्रीय सदस्य र संसदीय समिति गठन गरेको छैन। यसअघि गठन भएका विभागले पनि विवादका कारण पूर्णता पाउन सकेको छैन। पार्टी विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सबै तहको समितिलाई पूर्णता दिनु पर्ने व्यवस्था गरेको छ।

कांग्रेसले चियापान आयोजना गर्ने

काठमाडौं- नेपाली कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दसैंको कोजाग्रत पूर्णिमा अर्थात् असोज २१ गते चियापान गर्न लागेको हो। संविधानसभा निर्वाचनको तयारीमा जुट्नुपरेको...

पार्टी पद्धतिमा चल्नुपर्छ: पौडेल

काठमाडौ- नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी पद्धतिमा चल्नुपर्ने बताएका छन्।

’नेपालको विकासमा जस्तोसुकै सहयोग गर्न भारत तयार’

काठमाडौ-भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन्।

कात्तिकमा संविधानको खाका आउँछ : केसी

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्। विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा...

बिडब्लुजीको कार्यादेश तय

काठमाडौं– नेपाल–भारत सीमा कार्य समूह (बिडब्लुजी) को पहिलो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले बिडब्लुजीको कार्यादेश तोक्नुका साथै आगामी बैठकको मिति तय गरेको छ। बैठकले तीन वर्षका लागि कार्यक्रमसमेत बनाएको...

सार्क गृहमन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को गृहमन्त्रीस्तरीय छैटौं बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सार्क अध्यागमन अधिकारी र गृह सचिवस्तरीय बैठकपछि शुक्रबार गृहमन्त्री तहको बैठक भएको हो।

युएन महासभाका लागि प्रधानमन्त्री न्युयोर्क प्रस्थान

युएन महासभाका लागि प्रधानमन्त्री न्युयोर्क प्रस्थान

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउसो अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

राउत थप दुई दिन थुनामा

काठमाडौं– मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतलाई विशेष अदालतले थप दुई दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।