Friday 8 Jestha, 2072 |
Menu

राजनीति

एमाले केन्द्रीय सदस्यमा ११ जना थपिँदै

(0 votes)
काठमाडौं – नेकपा एमाले स्थायी कमिटीले बहुपहिचानसहितको संघीयताका पक्षधर आदिवासी जनजाति नेतासहित ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयनका लागि सिफारिस गरेको छ। 

विभिन्न कारणले केन्द्रीय कमिटीमा रिक्त ९ स्थानका लागि स्थायी कमिटीको सोमबार बसेको बैठकले पाँचथरका गणेश कम्वाङ, भोजपुरका राजेन्द्र राई र शेरधन राई, महोत्तरीका रामदयाल मण्डल, मुगुका चन्द्रबहादुर शाही, सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, चितवनका केशवलाल श्रेष्ठ, तनहुँका एकबहादुर राना र काठमाडौंका सानु श्रेष्ठको नाम सिफारिस गरेको हो। सोमबार सिफारिस गरिएको नाममा महिला भने छैनन्।
संविधानसभाका पूर्वअध्यक्ष सुभाषचन्द्र नेम्वाङ र महोत्तरीका ज्ञानबहादुर भुजेललाई केन्द्रीय कमिटीले मनोनयन गर्न पाउने पाँच प्रतिशतअतर्गत केन्द्रीय सदस्यका लागि सिफारिस गरिएको छ। यी नाम २५ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने छ। त्यसपछि जेठ २२ र २३ गते पोलिटब्युरो बैठक बस्ने छ।
स्थायी कमिटी बैठकले थप गरिने केन्द्रीय सदस्यको नाम सर्वसम्मत पारित गरेको हो। वैशाख पहिलो साता पोलिटब्युरो बैठकले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी ओलीलाई मापदण्ड तयार पारी नाम सिफारिस गर्ने जिम्मा दिएको थियो। राज्य पुनर्संरचनाबारे असन्तुष्टि जनाउँदै बाहिरिएका नेताहरूको स्थानमा सोही पृष्ठभूमि र लामो समयदेखि केन्द्रीय सदस्य भएकालाई ल्याउने सहमति बनेको थियो।
एकल पहिचानसहितको संघीयताको पक्षमा पार्टी नलागेको भन्दै उपाध्यक्ष अशोक राईसहितका आदिवासी तथा जनजाति नेताहरूले असन्तुष्टि जनाएका बेला शेरधन राई नेतृत्वको आदिवासी–जनजाति पृष्ठभूमिका विभिन्न जिल्ला अध्यक्षले संस्थापन पक्षलाई साथ दिएका थिए। उनीहरूले बहुजातीय पहिचानको पक्षमा अभियान चलाएका थिए।
अशोक राईसँगै ६ केन्द्रीय सदस्य बाहिरिएका थिए भने निधन, पार्टी कारबाही तथा अर्को पार्टीमा  प्रवेशले थप तीन स्थान खाली थियो। यसरी रिक्त स्थानमा सोही पृष्ठभूमिका व्यक्तिको नाम सिफारिस गरिएको एक स्थायी कमिटी सदस्यले बताए।
तेह्रथुमका विजय सुब्बाका स्थानमा पाँचथरका काम्वाङको नाम परेको छ। त्यसैगरी अशोक राई, अजम्बर काङमाङ राई र रकम चेम्जोङको स्थानमा भोजपुरका जिल्ला अध्यक्ष शेरधन राई र अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राईलाई छानिएको छ। मकवानपुरका वीरबहादुर लामाको स्थानमा सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, रामचन्द्र झाको स्थानमा महोत्तरीका रामदयाल मण्डल र राजेन्द्र श्रेष्ठको स्थानमा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष केशवलाल श्रेष्ठको नाम परेको छ।
डिल्लीबहादुर महतको निधन भएपछि रिक्त स्थानमा कर्णालीका अञ्चल कमिटीका सचिव चन्द्रबहादुर शाहीलाई ल्याइएको भने पार्टी कारबाहीमा परेका रविन्द्र श्रेष्ठको स्थानमा उपत्यका समन्वय कमिटीका सचिव सानु श्रेष्ठको नाम सिफारिस गरिएको छ।
पार्टी विधानअनुसार १ सय १६ सदस्यीय केन्द्रीय कमिटीको ५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्थाअनुसार ६ गरी १५ सदस्य मनोनयन हुन सक्छन्। नेताहरूको छुट्टाछुट्टै लिस्टका कारण लामो समयदेखि सदस्य मनोनयन हुन सकेको थिएन।
विधानअनुसार अझै चार सदस्य मनोनयनको सिफारिस हुन सक्छ। त्यसमा पर्न पुराना तथा युवा नेताबीच चर्को प्रतिस्पर्धा छ। लामो समयदेखि केन्द्रीय नेतृत्वमा रहेका तर आठौं महाधिवेशनमा पराजित भएर जिम्मेवारीविहीन भएकालाई ल्याउने तयारी पार्टी नेतृत्वको छ तर युवा नेतालाई समेटिनु पर्ने माग पनि उठेको छ।

‘विपत्तिमा सत्तापक्ष–प्रतिपक्ष हुँदैन’

सिन्धुपाल्चोक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपत्तिका बेला कोही पनि सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । महाभूकम्पले मुख्य प्रभावित सिन्धुपाल्चोकको साँगाचोकबाट शुक्रबार पार्टीको ‘श्रम अभियान’ शुभारम्भ गर्दै उनले यस्तो अवस्थामा...

कृपासुर शेर्पा नयाँ पर्यटन मन्त्री

काठमाडौं- एमाले सभासद् कृपासुर शेर्पा पर्यटन मन्त्रीमा नियुक्त भएका छन्। बिहीबार दिपकचन्द्र आमात्यले राजीनामा गरेपछि नेकपा एमालले नयाँ मन्त्रीको रुपमा शेर्पालाई सिफारिस गरेको हो।

एमाओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको साँगाचोकमा श्रमदान गर्दै

साँगाचोक (सिन्धुपाल्चोक)- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको निर्णयअनुसार श्रमदान गर्न सिन्धुपाल्चोक आएका छन्। महाभूकम्पका कारण प्रभावित जिल्लाका अधिकांश भवन क्षतिग्रस्त बनेपछि 'आफ्नो देश आफैं बनाउन सक्छौं' अभियानसहित एमाओवादी नेता-कार्यकर्ता शुक्रबारदेखि...

नेपालको उज्ज्वल भविष्यप्रति सबैले योगदान गरौं : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसँग भूकम्प पीडितलाई दिइने राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्रीको नेतृत्वमा पुनर्निर्माण परामर्श समिति

काठमाडौं-सरकारले भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा परामर्शका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गरेको छ।

मनोबल उच्च पार्ने काम गरौं : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले निरास भएका जनताको मनोबल उठ्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

अमेरिकी सेना फर्कन थाले

काठमाडौं– वैशाख १२ गतेको भूकम्पपछि खोज, उद्धार तथा राहत वितरणमा नेपाल आएका अमेरिकी सेना बिहीबारबाट स्वदेश फर्कन सुरु गरेका छन्।

युएसआइडीले थप ९० करोड दिने

काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) ले भूकम्पपीडितको पुनस्र्थापनाका लागि थप ९० लाख अमेरिकी डलर (करिब ९० करोड रुपैयाँ) सहायता उपलब्ध गराउने भएको छ । यो घोषणासँगै भूकम्पपीडितका लागि अमेरिकी...