Thursday 11 Mangshir, 2071 |
Menu

राजनीति

गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भइसकेको छ : आयुक्त उप्रेती

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
पोखरा - प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मुलुकका गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भइसकेकाले सबै राजनीतिक दललाई सो कार्यमा अघि बढ्न आग्रह गरेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीको आयोजनामा सरोकारवालाहरुसँगको एकदिने अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन आयोग एक साझा संवैधानिक निकाय भएकाले यसले गर्ने निष्पक्षतामा शङ्का नगर्न पनि आग्रह गरे ।
आगामी संविधानसभाको निर्वाचनमा करिब एक करोड ५४ लाख मतदाताले मतदान गर्ने जानकारी उनले दिए ।निर्वाचनलाई स्वच्छता, निष्पक्षता र विश्वसनीयताको उचाइमा पुर्याएर परिणाम निकाल्न निर्वाचन आयोग प्रतिबद्ध छ भन्दै उनले सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
निर्वाचनका लागि मतदाता र आवश्यक ऐन, कानुन अत्यावश्यक पर्ने भएकाले आयोगले मतदाता नामावली सङ्कलन गर्न गाउँगाउँमा पठाएको टोलीलाई सहयोग पुर्यायउन सबै दलसँग उनले आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सरकारले केही दिनपछि निर्वाचनको मिति तोक्ने पनि जानकारी दिए । 
प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगो, सहक्षेत्रीय प्रशासक ध्रुव ढकाल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख घनश्याम भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कास्की र स्याङ्जा जिल्लाका निर्वाचन कार्यालयका कर्मचारी, सबै राजनीतिक दल, विभिन्न कार्यालय र सङ्घसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ।

सन्ध्याकालीन अदालत शुरु

काठमाडौं— छिटो न्याय सम्पादनका लागि प्रभात र सन्ध्याकालीन अदालत पनि सञ्चालनमा ल्याउने भनि न्यायलयले गरेको तयारीको कार्यान्वयन दुईवटा जिल्ला अदालतवाट शुरु भएको छ। काठमाडौं र ललितपुर जिल्ला अदालतमा गत सोमवारदेखि...

भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ गनीले एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो दिएका छन्। सार्क सम्मेलनमा भाग दिन काठमाडौंमा रहेका राष्ट्रपति गनी र भट्टराईबीच बुधवार भएको भेटवार्तामा राष्ट्रपति गनीले...

अनलाइन–एसएमएसबाट मुद्दाको जानकारी

अनलाइन–एसएमएसबाट मुद्दाको जानकारी

काठमाडौं-सर्वोच्च अदालतले सेवाग्राहीलाई मुद्दाको अवस्था जानकारी दिन एसएमएस र अनलाइन सेवा सुरु गरेको छ। मुद्दाका लागि दिनहुँ अदालत धाउँदा हैरानी खेपेका सेवाग्राहीलाई राहत दिन यस्तो सेवा सुरु गरेको सर्वोच्चले जनाएको...

‘सहमतिमा संविधान बनाउन प्रयास जारी’

‘सहमतिमा संविधान बनाउन प्रयास जारी’

काठमाडौं- राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमै संविधान निर्माण गर्न भगीरथ प्रयास जारी रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार साँझ भएको भेटवार्तामा राष्ट्रपति यादवले सहमति प्रयास भए पनि संविधानका...

दलका नेतासँग मोदीको भेटघाट

काठमाडौं– सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरूसँग सहमतिका आधारमा निर्धारित समयभित्रै संविधान जारी गर्न जोड दिएका छन्। मंगलबार साँझ भएको शिष्टाचार भेटमा भारतीय प्रधानमन्त्री...

निर्धारित समयमै संविधान जारी गर्नुस्:मोदी

काठमाडौं– सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरुसँगको भेटमा निर्धारित समयभित्रै सहमतिमा संविधान जारी गर्न जोड दिएका छन्। मंगलबार साँझ शिष्टचार भेटमा भारतीय प्रधानामन्त्री...

एक खर्ब भारतीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ- भारतले नेपाललाई उपलब्ध गराएको एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा अर्थ मन्त्रालयका सहसचिव...

राष्ट्रपति-मोदी भेटवार्ता

राष्ट्रपति-मोदी भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामवरण यादवसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि साँझ शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी हित, साझा चासो र दक्षिण एसियाली क्षेत्रीय...