Monday 17 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

निर्वाचन मितिबारे राष्ट्रपति परामर्शमा

(0 votes)
काठमाडौं– राष्ट्रपति रामवरण यादवले निर्वाचन मितिबारे परामर्श थालेका छन्। केही दिन गृहनगर बसेर राजधानी फर्केका उनले सोमबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई सबै पक्षको सहमतिमा निर्वाचन मिति घोषणा गर्न आग्रह गरे। 
nepali-patro-may

राष्ट्रपति यादवलाई भेट्न अध्यक्ष रेग्मी साँझ र कोइराला बिहान शीतल निवास पुगेका थिए। राष्ट्रपतिले रेग्मीसँग निर्वाचनसम्बद्ध तयारी, दलहरूसँगको छलफलका साथै निर्वाचनसम्बन्धी अध्यादेशबारे जानकारी लिएका थिए। 'निर्वाचनको विपक्षमा देखिएका दलसँगको छलफल कहाँ पुग्यो?' राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भने, 'वार्ता र छलफललाई तीब्र बनाउनुस्।'
राष्ट्रपतिले अध्यादेशसहित सबै विषयमा दलीय सहमति जुटाउन आग्रह गरेका थिए। जवाफमा रेग्मीले सरकारको तर्फबाट प्रयास भइरहेको र निर्वाचनसम्बन्धी अध्यादेशमा छिट्टै सहमतिमा पुग्ने आश्वासन दिएका थिए।
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने भेटमा राजनीतिक कुरा नभएको दाबी गरे। 'नियमित तर अनौपचारिक भेट भएकाले राजनीतिक विषयमा कुरा भएन,' उनले भने।
यसअघिको भेटमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले निर्वाचनको विरोधमा रहेका दललाई सहमतिमा ल्याउन राष्ट्रपति र प्रमुख चार दलको सहयोग मागेका थिए। राष्ट्रपतिले असन्तुष्ट दललाई सहमतिमा ल्याउन पहल गर्ने आश्वासन दिएका थिए।
राष्ट्रपति यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति कोइरालासँग पनि निर्वाचनको विरोधमा रहेका दललाई सहमतिमा ल्याउने प्रयासबारे चासो व्यक्त गरेका थिए। 'तपाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएपछि निर्वाचनको वातावरण बनाउन के–के प्रयास गर्नुभयो?' राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भने, 'विरोधमा रहेका दललाई तत्काल सहमतिमा ल्याई छिटो निर्वाचनको वातावरण बनाउने काम गर्नुहोस्।'
कोइरालाले विरोधमा रहेका दलसँग छलफल थालेको बताएका थिए। निर्वाचनसम्बन्धी ऐनमा पनि छिट्टै सहमतिमा पुग्ने आश्वासन उनले दिएका थिए। राष्ट्रपति यादवले मंगलबार बिहान एमाले अध्यक्ष झलनाथ खनालसँग परामर्श गर्दैछन्।

प्रतिक्रिया

कांग्रेसले माग्यो अर्थमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले व्यवस्थापिका संसदमा पेस गर्नुअघि नै बजेट सार्वजनिक गरेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा मागेका छन्।

'बजेट निर्वाचनमुखी'

काठमाडौं- मधेस मामिलाका जानकारहरूले आर्थिक वर्ष २०७३/७४ को बजेट निर्वाचनमुखी भएको बताएका छन्। मधेसमा विगतको तुलनामा बढी बजेट पठाइए पनि त्यहाँबाट आएको आम्दानीको तुलनामा सरकारले बजेट छुट्याउन नसकेको उनीहरूको गुनासो...

कोही अनागरिक हुनुपर्दैन : सभामुख

काठमाडौं- 'मेरो बलात्कारीको मृत्युदण्ड माग्छुमलाई तेजाव छर्की जानेको मृत्युदण्ड माग्छुमलाई विश्वास छ, त्यो फेरि जन्मनेछमैले त्यसको जन्म मेरै कोखमा माग्छु'

बजेटमा आलोचनात्मक समर्थन जनाउन निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा आलोचनात्मक समर्थन जनाउन सांसदलाई निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सरकारले पेस गरेको बजेटलाई मूलभूतरूपमा समर्थन जनाउन निर्देशन दिँदै कतिपय...

४१ हजार परिवारसँग अनुदान सम्झौता

काठमाडौं– भूकम्पबाट घर क्षति भई अनुदान पाउनयोग्य भूकम्पपीडितमध्ये ४१ हजार ४ सय ७१ परिवारसँग अनुदान सम्झौता भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइका अनुसार आइतबारसम्म ४१...

जव प्रधानमन्त्री मैदानमा ओर्लिए (फोटो फिचर)

जव प्रधानमन्त्री मैदानमा ओर्लिए (फोटो फिचर)

काठमाडौं- आइतबार प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा फरक रुपमा देखिए। ओलीले रंगशालामा फुटवल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटवल समेत खेले। प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच भएको मैत्रिपूर्ण...

गरिबीको गीत गाएर बस्न सक्दैनौँ: अर्थमन्त्री पौडल

काठमाडौ-अर्थमन्त्री विष्णु पौडेलले गरिबीको गीत गाएर मात्र मुलुकको आर्थिक सम्वृद्धि नहुने बताएका छन्। शनिबार बजेट बक्तव्य सार्वजनिक गरेपछि आइतबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले अबको दशक आर्थिक सम्वृद्धिको...

निर्बल बन्दै गठबन्धन, विश्राम खोज्दै आन्दोलन

निर्बल बन्दै गठबन्धन, विश्राम खोज्दै आन्दोलन

काठमाडौं–संविधानप्रति असन्तुष्टि राख्दै मधेसमा ६ महिना लामो आन्दोलन गरेको मधेसी मोर्चा राज्यले आफ्नो माग पूरा नगरेको भन्दै यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा छ।