Monday 14 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

माओवादी मार्ने दुई सुटरसहित तीन मोस्ट वान्टेड पक्राउ

  • बिहीबार १२ बैशाख, २०७०
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(4 votes)
लहान - विभिन्न अपराधिक घटनामा संलग्न तीन जना मोस्ट वान्टेडलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका मलहनीयाखोरी –३ का आमोद भनिने विजय कुमार यादव, श्यामकिशोर कापर र दिपेन्द्र कापरलाई प्रहरीले कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित सार्वजनि गर्‍यो।
सिराहा प्रहरी प्रमुख मनोज कुमार न्यौपानेका अनुसार जिल्लामा हत्या, जबरजस्ती चन्दा असुली, हतियार प्रर्दशन, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधमा संलग्न भई फरार तीन जना अभियुक्तलाई मिर्चैयाबाट पक्राउ गरिएको हो।

श्यामकिशोर र दीपेन्द्रमाथि ०६८ वैशाख ३० मा रामपुरबिर्ताका माओवादी कार्यकर्ता बिन्देश्वर महतोको हत्या गरेको अभियोग रहेको एसपी न्यौपानेले बताए। श्यामकिशोर पेशेवर अपराधी भएको न्यौपानेको भनाइ छ। 'दीपेन्द्र श्यामकिशोरका सहियोगी सुटर हुन्,' उनले भने।

दुबै जनालाई आमोदले सुटरको रुपमा पालेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको न्यौपानले भने। उनका अनुसार आमोदले दैनिक डेढ सय भत्ता दिएर दुबैजनालाई सुटरको रुपमा पालेका हुन।

प्रतिक्रिया

रौतहटमा राजमार्गमा चन्दा असुल्ने पक्राउ

रौतहट–पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधनलाई रोकेर चन्दा असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चन्द्रपुर नगरपालिका–३ रजपैराटोलका २८ वर्षीय किरण कुमार विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

दुर्लभ अजिङ्गरको उद्धार

कोहलपुर–दुर्लभ प्रजातीको अजिङ्गरको कोहलपुरबाट उद्धार गरिएको छ। कोहलपुर– १० स्थित जगदि चौधरीको घरमा शनिबार राति फेला परेको अजिङ्गरको बच्चालाई उद्धार गरि बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ।

आइतबार साँझ ५ रेक्टरस्केलको धक्का

काठमाडौं— आइतबार साँझ राजधानीमा भूकम्पको धक्का अनुभव गरिएको छ। सिन्धपाल्चोक केन्द्रविन्दू भएको परकम्प ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बेपत्ता छानबिन आयोगमाथि पीडितको अविश्वास

नेपालगन्ज–तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका छोरा रज्जव अलीको स्थिति सार्वजनिक गर्न माग गर्दै बाँके, उढरापुरका इब्राहिम खानले विगत एक दशकअघि देखि आवाज उठाउँदै आएका छन्।

डा.केसीको समर्थनमा टिचिङका डाक्टर रिले अनशनमा, भोलिदेखि ओपिडी बन्द

काठमाडौं— आमरण अनशनको सातौं दिनसम्म सरकारले माग सुनुवाइ नगरेको भन्दै त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने घोषणा गरेका छन्। त्यसैगरी आइओएमका विभिन्न...

बढे हिमचितुवा र नाउर, संरक्षणको क्षेत्रमा झण्डै ४६ करोड लगानी

ताप्लेजुङ–उत्तरी ताप्लेजुङमा कार्यरत कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्र आयोजना भित्र अहिले २४ वटा हिमचितुवा रहेको दावी गरेको छ । उसले नाउरको संख्या पनि सात सयले बढेको जनाएको छ।

भूकम्पका कारण गाईजात्रा मनाउने बढे

काठमाडौं— महाभूकम्पको पाँच महिनापछि काठमाडौंको जीवनस्तर लगभग सामान्य भएको छ। देशभर ९ हजारभन्दा बढीको ज्यान जानेगरी आएको विपत्‌को सम्झना आइतबार काठमाडौं उपत्यकाले सांस्कृतिक रुपमा गरेको छ– गाईजात्रा मनाएर।

आइतबार विहानै दुई परकम्प

काठमाडौँ-आज बिहान धादिङ र दोलखामा 'गोरखा भूकम्प'का दुई परकम्प गएका छन्।