15 Kartik, 2071 |
Menu

समाज

बिरामीको पेटभित्र कपडा भेटियो

  • बिहीबार १२ बैशाख, २०७०
  • रितेश त्रिपाठी
  • DISQUS_COMMENTS
(0 votes)
वीरगञ्ज- भारतको रक्सोलस्थित एक क्लिनिकमा पाठेघरको अप्रेशन गरिएको बिरामीको पेटभित्र कपडा फेला परेपछि वीरगञ्जनारायणी उपक्षेत्रय अस्पतालमा ज्यान जोगाउने प्रयास भरहेको छ। पर्साको रानीगञ्जरहरिया की ४२ र्षीयाप्रभावती देवी गएको मार्च ३ मा समावर्ती रक्सोलस्थित डा. अहमद कलामको क्लिनिकमा पाठेघरको अप्रेशन भएको थियो। अप्रेशनपछि निरन्तरको पेट दुखाले अचेत भएपछि बिहीबार वीरगञ्ज नारायणी उपक्षेत्रय अस्पतालमा अर्को अप्रेशन गर्दा उनको पेटबाट कपडा निस्केको छ।
सोमबार भाजादोलाल पटेलले प्रभावतीलाई अस्पतालमा भर्ना गराएयता उनको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो। अस्पतालका सर्जनले निर्णय गरेपछि साढे २ घण्टा लगाएर डा. चितरन्जन साहले बिहीबार अर्को अप्रेशन गरेका हुन्। बिरामीको पेटभित्र २५ सेन्टिमिटर लम्बाइ र त्यतिकै चौडाभएको कपडा फेला परेपछि अप्रेशन दल आश्चर्यमा परेको थियो। 'अप्रेशनको क्रममा रगत पुछ्न प्रयोग गरिने टेट्रा पेटभित्रबाट फेला परेको छ,' डा. साहले नागरिकलाई भने,'त्यो कपडा र त्यसले गर्दा पेटको आन्द्रा कुहिएको पाइएको छ२४ सेन्टी मिटर कुहिएको आन्द्रा काटेर निकालेका छौंबिरामी खतरामुक्त रहेको अहिले नै भन्न सक्दैनौं।आन्द्रा कुहिएर प्वाल परेकले पेटभित्र दिशा र पिसाबफैलिएर पेटको सम्पूर्ण प्रणाली बिग्रेको अवस्थामा जोखिमपूर्ण अप्रेशन गरिएको डा. साहले बताए। ४८ घण्टापछि मात्र बिरामीको अवस्थाबारे यकिन गर्न सकिने उनको भनाछ। 

अप्रेशनमा आन्द्रा काटिएकाले बिरामीको दिशा गर्ने निकास अर्कैतिर निकालिएको छ। ६ हप्तापछि फेरि अर्को अप्रेशन गरदिशाको निकास मलद्वारबाट जोड्नुपर्ने डा. साहले बताए। बिरामीका परिवारजन भने मर्माहित छन्। 'डा. कलाम कहाँ दश हजार भारतीय रुपैया खर्च गरेर अप्रेशन गराएका थियौंअप्रेशनपछि अवस्था झन बिग्रियो', भाजादेलालले भने, 'आठ दिन भर्ना गर्दा पनि निको नभएपछि औषधि खादै गर्नु भनेर डाक्टरले फिर्ता पठाएका थिएबीचमा फेरि लग्यौंतर निको नभएपछि भर्ना गर्न यहाँ लिएर आयौं।उनी गाउँलेका सल्लाहअनुसार उपचारका लागि रक्सोल गएर यस्तो समस्यामा परेको बताउँछन्। डा. अहमद कलामको 'प्रिस्किप्सनपूर्जीअनुसार उनी फिजिसीयन हुन्। नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी जैमोद ठाकुरले फिजिसयनले अप्रेशन गरेकोमा अश्चर्य जनाए। 

अप्रेशनपछि अस्पताको सर्जिकल वार्डमा भर्ना गरिएकी प्रभावतीको (अब्जरवेशन) विषेश देखरेखमा स्वास्थ्यकर्मी खटेका छन्। डा. साहको शब्दमा, 'ज्यान जोगाउने प्रयास भइरहेको छ।अस्पतालको सर्जिकल युनिटले बिरामीको बिरामीको ज्यान बचाउन सम्पूर्ण प्रयास गरिरहेको उनले जानकारी गराए।
हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

हिमपातको मौका छोप्दै बर्सेनि तस्करी

महेन्द्रनगर-असोज अन्तिम सातातिर तस्करले दार्चुलाको तिंकर नाका हुँदै बाघको छालाहाडसहितको सात भारी आखेटोपहार तिब्बतको ताक्लाकोट पुर्याेए। यसको साताअघि मात्र सीमा प्रहरी चौकी तिंकरमा कार्यरत प्रहरी एक दिनवरको ब्यास गाविसको सीतापुल...

ग्रामीण सडकमा पर्मिटबिनै गाडी

बागलुङ-जोखिमपूर्ण ग्रामीण कच्ची सडकमा सवारी गुडाउँदा असोज पहिलो साता म्याग्दीको हिस्तानमा १३ जनाको ज्यान गयो। रुट पर्मिट नभएको बेनी—राम्चे सडकमा जबर्जस्ती सवारी चलाउँदा ठूलो मानवीय क्षति भएको म्याग्दीका प्रहरी नायव...

द्वन्द्वपीडितले राहत पाएनन्

द्वन्द्वपीडितले राहत पाएनन्

पर्वत-आँखा लागेको मात्रै हुन्छ। एक्कासि झस्किएर बर्बराउन थाल्छिन्, कुस्मा–११ की पार्वती गिरी– ‘बाबु, तिमी कहाँ छौ?' पत्नीको बिलौना सुनेर देव गिरी सम्झाउन थाल्छन्– ‘अब नरोऊ, सबै फल पाक्न पाउँदैनन्, चित्त...

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

बागलुङ-कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब एक दर्जन गाविसलाई नारायणस्थान कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्न पुल निर्माण गरिएको हो। पुल बनेपछि डेढ...

मकवानपुर बस दुर्घटना: इलाममा शोक

इलाम-पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको बसामाडी गाविसको बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ९ जनाको परिवारमा रुवावासी मच्चिएको छ। दुर्घटनाको खबरले झिसमिसेबाटै ब्युँझिएको इलाम शोकमा डुबेको छ।

रारातालबाट नौबुँदे जलवायु घोषणा

रारातालबाट नौबुँदे जलवायु घोषणा

राराताल (मुगु)-रारातालको किनारमा शुक्रबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट हिमाली र पहाडी क्षेत्रका समुदाय आक्रान्त भएको स्विकार्दै विश्वका विकसित र शक्तिशाली मुलुकलाई तत्काल समस्या सम्बोधन...

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

विज्ञको सुझाव – विपद् हेर्न छुट्टै मन्त्रालय

सिन्धुपाल्चोक– नेपालमा विपद् व्यवस्थापनका लागि छुट्टै स्वतन्त्र निकायको आवश्यकता विज्ञले औंल्याएका छन्। कान्ले पहिरोको स्थलगत अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा भूगर्भविद्ले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन मन्त्रालय वा निकाय गठन गर्न सुझाएका...

जर्मनी जाने विद्यार्थी बढे

काठमाडौं– नेपालबाट जर्मनीका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्ष ९ सयभन्दा बढी नेपाली विद्यार्थी भित्र्याएको जर्मनीले यस वर्ष (सन् २०१४) १...