Wednesday 14 Shrawn, 2071 |
Menu

समाज

कालीगण्डकीमा पानी खेर फालियो

  • मङ्गलबार १७ बैशाख, २०७०
  • टेकनारायण भट्टराई
  • DISQUS_COMMENTS
(2 votes)
कालीगण्डकीमा पानी खेर फालियो
स्याङ्जा - विद्युत प्राधिकरण र कालीगण्डकी 'ए’ जलविद्युत केन्द्रबीच तालमेल नहुँदा बिजुली उत्पादन नगरी पानी खेर फाल्ने गरिएको छ।
मुलुकभर लोडसेडिङ कायमै भएको अवस्थामा यही वैशाख ८, ९, ११ र १५ मा बिजुली उत्पादन नगरी पानी खेर फाल्नुपरेको केन्द्रका कर्मचारीले जानकारी दिए।



प्राधिकरण भारप्रेषण केन्द्रका अधिकारीको लापरबाहीका कारण केन्द्रबाट क्षमताभन्दा कम परिमाणमा बिजुली उत्पादन भइरहेको ती कर्मचारीले बताए। भारप्रेषण केन्द्रको आदेश नभएसम्म कुनै पनि आयोजनाले बिजुली उत्पादन थपघट गर्न सक्दैन।
'पानी खेर फाल्दा एक दिनमा २ लाख ५० हजार युनिटसम्म बिजुली खेर गएको छ,’ ती कर्मचारीले भने, 'उत्पादन बढाउन माथिको आदेश नपाएपछि पानी खेर फाल्नुपरेको हो। जनतालाई ढाँट्न पानी नभएर बिजुली उत्पादन भएन भन्छन्, हामीले गेट खोलेर पानी फाल्नुपरेको छ।’
उनका अनुसार फागुनमा पनि ९ लाख युनिट बिजुली उत्पादन क्षमता बराबरको पानी खेर फालिएको थियो। पटकपटक लापरबाही हुँदा लोडसेडिङमात्र नभई प्राधिकरणले करोडौं घाटा सहनुपरेको छ।
भारप्रेषण केन्द्र प्रमुख भुवन क्षेत्रीले हावाहुरीका कारण प्रणालीमा समस्या हुँदा कहिले काहीँ तालमेल नमिलेर पानी खेर फाल्नुपरेको स्वीकार गरे। 'यो लापरबाही हैन प्राविधिक दुर्घटना हो,’ उनले भने, 'तीनवटा उत्पादन युनिटमध्ये एउटा बिग्रिएकाले कालीगण्डकी 'ए’ मा समस्या हुँदै आएको छ।’
कालीगण्डकी 'ए’ को १ सय ४४ मेगावाट उत्पादन क्षमतामध्ये ४८ मेगावाट क्षमताको एउटा मेसिन बिग्रिएका कारण अहिले ९६ मेगावाटमात्रै उत्पादन हुँदै आएको छ। बेलाबेलामा हुने लापरबाहीका कारण यही उत्पादन पनि नियमित हुन सकेको छैन।
भारप्रेषण केन्द्रका अधिकारीको लापरबाहीले पानी खेर गएको भन्दै प्राधिकरण ट्रेड युनियन सम्बद्ध कर्मचारी र स्थानीयवासीले सम्बद्ध अधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।
वर्षा हुने र पानीको बहाव बढ्ने सम्भावनालाई हेर्दै अहिले उत्पादन बढाएर जलाशयको तहलाई घटाई राख्नुपर्नेमा बेवास्ता गरिएको छ। काली गण्डकी ए को मिर्मीस्थित जलाशयको ६ सय २४ मिटर तहलाई घटाएर ६ सय २१/२२ सम्ममा झार्नुपर्नेमा उत्तिकै तहमा राखिएको छ।  
ठूला विद्युत सञ्चालन एवं संभार विभागले फागुन ९ मा भारप्रेषण केन्द्रलाई परिपत्र गरेर पानीको सञ्चयलाई व्यवस्थित गर्न निर्देशन दिएको थियो।
ठूला विद्युत सञ्चालन एवं सम्भार विभागका निर्देशक हितेन्द्र शाक्यले के कारणले पानी खेर फाल्नुपरेको भन्नेबारे खोजि गर्ने बताए। 'जलाशयको अवस्था निरन्तर अध्ययन गरेर कति उत्पादन गर्ने भन्ने योजना बनाउने काम भारप्रेषण केन्द्रको हो,’ शाक्यले नागरिकसँग भने 'उत्पादन क्षमता हुँदाहुँदै कम हुनु राष्ट्रकै लागि घाटा हो,।’

बहुलाहा स्यालको टोकाईबाट पाँच घाइते, विद्यालय बन्द

खोटाङ– बहुलाहा स्यालको टोकाईबाट खोटाङमा पाँच जना घाइते भएका छन्। बहुलाएको स्यालको टोकाईबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया सुशीला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता...

पूरक परीक्षाको तयारी, पुनः योगको नतिजा चाँडै

काठमाडौं - एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको छ।

झैँझगडा गर्नेलाई रूखमा बाँधेर सजाय दिने निर्णय

पानीट्याङ्की (मोरङ)- गाउँमा बढ्दै गएको झैँझडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर सजाय दिने  निर्णय...

सरकारी निर्णयमै वनक्षेत्र कब्जा

इटहरी -देशका विभिन्न स्थानमा अनेक बाहनामा चारकोसे जंगल क्षेत्रको जग्गा ओगट्ने क्रम बढिरहे पनि सुनसरीका तीन वटा गाविसमा भने सरकारी निर्णयकै आधारमा जग्गा हड्प्ने क्रम तीव्र भएको छ। सरकारी निर्णयले...

गाउँमा आत्महत्या, सहरमा सनसनी

इलाम-'इलाम झट्ट हेर्दा जति सुन्दर छ, यहाँका मानिसले गर्ने आत्महत्या उत्तिकै कुरुप,' एक अनुसन्धाताले लेखेका छन्,'खुसीका अनेक सम्भावनाबाट पन्छिँदै मृत्यु रोज्नु डरलाग्दो पाटो हो।'

माइक्रोमा बल्ल आरक्षण

काठमाडौं- मंगलबार सुन्धाराबाट शंखमुल जान लागेको माइक्रोबसमा सुनिल कार्की अघिल्ला दुई सिट छोडेर सिधै पछाडि बसे। अघिल्लो सिटमा बस्न मन नलागेर हैन, यी सिटदेखि सर्तक भएर।

भण्डारखालमा लिच्छविकालीन सरजाम

काठमाडौं-गौशालास्थित भण्डारखाल बगैंचामा लिच्छविकालीन सरजाम भेटिएका छन्। पुरातत्व विभाग, पशुपति क्षेत्र विकास कोष र बेलायतको दुर्हाम विश्वविद्यालयले गरेको एकमहिने उत्खननमा लिच्छविकाल जनाउने प्रमाण भेटिएको मंगलबार जानकारी गराइयो।

वन्यजन्तु निगरानी गर्ने प्रविधि 'असफल'

काठमाडौ-सरकारले अत्याधुनिक 'रेडियोकलर' प्रविधि प्रयोग गरेर बाघ लगायत हिंस्रक वन्यजन्तुको गतिविधि निगरानीमा राखेको दाबी गर्दै आए पनि व्यवहारिक रूपमा यो प्रयोग सफल हुन सकेको छैन।