Sunday 13 Bhadra, 2072 |
Menu

समाज

republica-header

ist-cc

नागरिकता र मतदाता संकलनका लागि सर्लाहीमा घुम्ती टोली

  • मङ्गलबार १७ बैशाख, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(0 votes)
सर्लाही - जिल्ला प्रशासन कार्यालय सर्लाहीले एकिकृत घुम्ती सेवा टोली मार्फत नागरिकता वितरण र मतदाता नामावली संकलन कार्य शुरु गरेको छ। गाउँ–गाउँमा पुगेर जिल्ला प्रशासनले सेवा शुरु गरेको प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले बताए। सर्वसारणमा सेवा प्रवाह गर्न सर्लाहीमा जिल्ला प्रशासन कार्यालयले ५ स्थानमा एकिकृत घुम्ती सेवा टोली खटाएको प्रजिअ यादवले बताए। घुम्ती सेवा टोलीले नागरिकता वितरण र मतदाता नामावली संकलन अतिरिक्त पशु सेवा, अपाङ्गता प्रमाण पत्र वितरण र कृषि सेवा तथा स्वास्थ्य सेवा प्रदान गर्ने यादवले जनाए। पाँच अधिकृतलाई टोली प्रमुख बनाई टोली सञ्चालन गरिएको छ।

घुम्ती सेवा टोलीले पहिलो चरणमा सर्लाहीको ३७ गाविसमा आफ्नो काम शुरु गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको इश्वपुर, फरहदवा, सुन्दरपुर चोहर्वाको बस बरिया, सुन्दरपुर र छतौना गाविसमा घुम्ती सेवा टोलीले मंगलबार बिहान देखि नै काम शुरु गरेको छ। सर्वदलिय बैठकबाट घुम्ती सेवा टोलीको स्थान तोकिएको प्रजिअ यादवले बताए। एकिकृत घुम्ती पश्चात पुनः जिल्लाको ९९ गाविसमा नागरिकता वितरण र मतदाता नामावली संकलनका लागि १८ स्थानमा टोली घटाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सर्लाहीमा फागुन महिनासम्मको तथ्याङ्क अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ४८ हजार ६ सय जना, निर्वाचन क्षेत्र नम्बर २ मा ५१ हजार ८ सय ३० जना, निर्वाचन क्षेत्र नम्बर ३ मा ५१ ह्जार ८ सय ८८ जना, निर्वाचन क्षेत्र नम्बर ४ मा ५० हजार ९ सय ४४ जना , निर्वाचन क्षेत्र नम्बर ५ मा ४४ हजार १ सय ५२ जना र निर्वाचन क्षेत्र नम्बर ६ मा ४५ हजार ८ सय ९ जना मतदाता संख्या रहेको निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। फोटो सहितको मतदाता नामावाली संकलनमा छुटेकाहरुका लागि तीन तीन दिनका लागि टोलि खटाइ पनि राजननीति विवादपछि रोकिएको थियो। मगंलबारदेखि जिल्ला प्रशासन कार्यालयले पुनः घुम्ती सेवा टोली मार्फत नागरिकता वितर र मतदाता नमावली संकलन कार्य थालेको हो।

प्रतिक्रिया

रौतहटमा राजमार्गमा चन्दा असुल्ने पक्राउ

रौतहट–पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधनलाई रोकेर चन्दा असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चन्द्रपुर नगरपालिका–३ रजपैराटोलका २८ वर्षीय किरण कुमार विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

दुर्लभ अजिङ्गरको उद्धार

कोहलपुर–दुर्लभ प्रजातीको अजिङ्गरको कोहलपुरबाट उद्धार गरिएको छ। कोहलपुर– १० स्थित जगदि चौधरीको घरमा शनिबार राति फेला परेको अजिङ्गरको बच्चालाई उद्धार गरि बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ।

आइतबार साँझ ५ रेक्टरस्केलको धक्का

काठमाडौं— आइतबार साँझ राजधानीमा भूकम्पको धक्का अनुभव गरिएको छ। सिन्धपाल्चोक केन्द्रविन्दू भएको परकम्प ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बेपत्ता छानबिन आयोगमाथि पीडितको अविश्वास

नेपालगन्ज–तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका छोरा रज्जव अलीको स्थिति सार्वजनिक गर्न माग गर्दै बाँके, उढरापुरका इब्राहिम खानले विगत एक दशकअघि देखि आवाज उठाउँदै आएका छन्।

डा.केसीको समर्थनमा टिचिङका डाक्टर रिले अनशनमा, भोलिदेखि ओपिडी बन्द

काठमाडौं— आमरण अनशनको सातौं दिनसम्म सरकारले माग सुनुवाइ नगरेको भन्दै त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने घोषणा गरेका छन्। त्यसैगरी आइओएमका विभिन्न...

बढे हिमचितुवा र नाउर, संरक्षणको क्षेत्रमा झण्डै ४६ करोड लगानी

ताप्लेजुङ–उत्तरी ताप्लेजुङमा कार्यरत कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्र आयोजना भित्र अहिले २४ वटा हिमचितुवा रहेको दावी गरेको छ । उसले नाउरको संख्या पनि सात सयले बढेको जनाएको छ।

भूकम्पका कारण गाईजात्रा मनाउने बढे

काठमाडौं— महाभूकम्पको पाँच महिनापछि काठमाडौंको जीवनस्तर लगभग सामान्य भएको छ। देशभर ९ हजारभन्दा बढीको ज्यान जानेगरी आएको विपत्‌को सम्झना आइतबार काठमाडौं उपत्यकाले सांस्कृतिक रुपमा गरेको छ– गाईजात्रा मनाएर।

आइतबार विहानै दुई परकम्प

काठमाडौँ-आज बिहान धादिङ र दोलखामा 'गोरखा भूकम्प'का दुई परकम्प गएका छन्।