Friday 3 Ashwin, 2071 |
Menu

समाज

दुर्घटनामा एकको मृत्यु

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
दमक - झापाको लखनपुर सडकखण्डमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा झापा राजगढ–६ का ४५ वर्षीय उमेशनाथ शाह रहेका छन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको बा३च ५३९ नम्बरको मारुती भ्यान निर्माणाधीन गेउरिया पुलको खाल्डोमा खसेको थियो।
सोमबार राति करिब ९ बजे भएको सो दुर्घटनामा शाहको घटनास्थलमै मृत्यु भएको थियो। भ्यानमा सवार घाइते हुनेहरूमा राजगढ–५ का ५० वर्षीय प्रतिणतप्रसाद गणेश, ५ का ४८ वर्षीय कैलाश चौधरी, १ का २४ वर्षीय रमेश बुढाथोकी, टाघनडुब्बा–२ का ४५ वर्षीय प्रदीप घिमिरे र कुमरखोद–९ का ४५ वर्षीय कमल पोखरेल रहेका छन्। 
घाइते बुढाथोकी सो भ्यानका चालक हुन्। घाइतेहरूको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

चट्याङ लागेरे २ को मृत्यु

सोलुखुम्बु-चट्याङ लागेर सोलुखुम्बुका छुट्टा-छुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ। बिहीबार राती साढे ८ बजे परेको चट्याङ लागेर तिंला-७ तिङनासाका रामबहादुर बस्नेत र सल्यान-६ २६ वर्षीया फुर्वा कुइसाङ शेर्पाको सल...

मादकपदार्थ सेवन गरेर श्रीमतीको हत्या

इलाम-इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई गएराति कुटपिट गरी हत्या गरेका छन्।

गर्मीका कारण महिलाको मृत्यु

गौशाला-विगत तीन/चार दिनदेखि बढेको असहनीय गर्मीका कारण महोत्तरीको सुगा भवानीपट्टी गाविसमा बिहीबार एक महिलाको मृत्यु भएको छ।

मोटरसाइकल जुध्दा एकको मृत्यु

रत्ननगर (चितवन)-जिल्लाको दारेचोकमा दुई मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

गाडीबाटै १८ लाख गायब

सर्लाही- सागरनाथ वन विकास परियोजनाका कर्मचारीको तलबका लागि निकालिएको पैसा गाडीबाटै चोरी भएको छ। परियोजनाको हात्तीलेड शाखाका कर्मचारीलाई तलब दिन लालबन्दीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालिएको १७ लाख ९९ हजार ४...

वायुयान संग्रहालय खुल्यो

वायुयान संग्रहालय खुल्यो

धनगढी- विश्वमा हालसम्म बनेका सबै मोडेलका हवाई जहाजबारे जानकारी उपलब्ध गराउने गरी धनगढीको हसनपुरमा वायुयान संग्रहालय सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रमबीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संग्रहालय उद्‍घाटन गरेका हुन्।

८७ करोडको आयोजना सुस्त

बनेपा- चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सक्ने भनिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माणमा सुस्त भएको छ। आधाभन्दा बढी रकम खर्च भइसके पनि सम्झौता अवधि ९ महिना...

'साधन प्रयोगको अवस्था कमजोर'

काठमाडौं- सरकारले परिवार नियोजन कार्यक्रम सुरु गरेको ५५ वर्ष पूरा भए पनि अझै आवश्यक क्षेत्रमा साधन र सेवाको पहुँच पुग्न नसकेको भन्दै सरोकारवालाले त्यो बढाउन जोड दिएका छन्।