8 Kartik, 2071 |
Menu

समाज

कक्षा १२ को परीक्षा देशभर सुरु

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(1 Vote)
भक्तपुर - उच्चमाध्यमिक शिक्षा परिषद् सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकै साथ सुरु भएको छ। परीक्षामा तीन लाख ९८ हजार ११५ जना सहभागी भएको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले जानकारी दिए । जसमा एक लाख ९३ हजार ३६४ छात्र र दुई लाख चार हजार ७५१ छात्रा रहेका छन्। परीक्षाका लागि देशभर ९३२ परीक्षा केन्द्र र ३० हजार ६०० जनशक्ति परिचालन गरिएको छ।
परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षामा अर्मयादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई ६ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिए ।
परीक्षार्थीले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ। परीक्षा वैशाख २९ गते सम्पन्न हुनेछ। 
नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने भएको छ। परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध गरिएको छ।
परीक्षा शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग विशेष बैठक गरी सुरक्षा व्यवस्था कडा पारिएको परिषद्का उपसचिव सन्तोषकुमार आचार्यले बताए ।

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

काठमाडौँ-नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

चारदिन देखि हराएका बालकको शव फेला

कार्तिक- चारदिन देखि हराइरहेका एक बालकको गएराति नालीमा डुवेको अबस्थामा शव भेटिएको छ। रौतहटको नरकटिया गाविसका राम एकवाल महतोको ४ बर्षीय छोरा रवि महतोको बसन्तपटि गाविस स्थीत नालामा डुवेर मरेको...