Wednesday 13 Shrawn, 2072 |
Menu

समाज

ist-cc

अख्तियारद्वारा अनियमितताको कारबाही किनारा

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)

धनगढी – धनगढीदेखि स्याउले बजारसम्मको सडक निर्माणमा अनियमिता भएको भन्दै परेको मुद्दाको कारबाही किनारा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले सडक निर्माणमा भएको भनिएको अनियमितता बारे स्थलगत अध्ययन गरेपछि मुद्दाको कारबाही किनारा लागेको क्षेत्रीय प्रशासन कार्यालय दीपायलका प्रशासक आत्माराम पाण्डेले अख्तियारलाई उद्धृत गर्दै जानकारी दिए।

स्थलगत अध्ययन अनुसन्धान पछि सडक निर्माणमा प्राविधिक त्रुटी बाहेक आर्थिक अनियमितता नभएको निष्कर्षसँगै अख्तियारमा परेको मुद्दाको कारबाही किनारा लागेको क्षेत्रीय प्रशासक पाण्डेले बताए। विस २०६४ मा ओटासिल प्रविधिवाट निर्माण भएको १० किमी लामो यो सडक निर्माणको लगत्तै भत्किन थालेपछि आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेको थियो। मुद्दा परेपछि सडकको सामान्य मर्मतसम्म हुँन नसक्दा सर्वसाधारणलाई आवागमनमा निकै कठिनाइ भएको छ।

झण्डै दुई करोडको लागतमा निर्माण भएको यो सडकलाई मर्मत गर्नुपर्ने आवाज उठेपछि स्थानीय र क्षेत्रीय प्रशासन कार्यालयको पहलमा चासो लिइएको थियो। कैलाली सदरमुकाम जोड्ने गेटा–धनगढी सडकको समानान्तर सडकको रुपमा धनगढी–स्याउले सडक रहेको छ। रासस

प्रतिक्रिया

विपत्तिले छुटायो थातथलो

विपत्तिले छुटायो थातथलो

बनेपा- विनाशकारी भूकम्पले घरगोठ चर्किए। घरैमाथिको डाँडो चिरा पर्योख। पहिरो जोखिमले छिमेकमा समेत बस्न नसकेपछि च्याम्राङबेंसी–९ झिङेका ५ घरपरिवार पनौती आइपुगेका छन्।

'पुनर्निर्माणमा मौलिकता जोगियोस्'

काठमाडौं-नेपालको वास्तुकलालाई चिनाउने काष्ठमण्डप पुनर्निर्माण गर्दा मौलिकतामा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन्। सरकारी निकाय बजेट निर्माणमै सीमित रहेका बेला नागरिक स्तरबाट मंगलबार आयोजना गरिएको गोष्ठीमा उनीहरुले सरोकारवालालाई यस्तो बताएका हुन्।

समाचार सार्वजनिक गरेको भन्दै पत्रकार 'निकालिए'

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले सडक जाम गराएको तस्बिर खिच्दा कुटिएका इमेज न्युज एफएमका सञ्चारकर्मी सन्दिप योगीलाई इमेजको व्यवस्थापकले निकालेको छ।

सार्वजनिक यातायात भाडामा मनपरी, छ महिनामा दुई अर्ब ठगी

सार्वजनिक यातायात भाडामा मनपरी, छ महिनामा दुई अर्ब ठगी

काठमाडौं-दृश्य १: कोटेश्वरबाट बा२ख २३०४ नम्बर चक्रपथ परिक्रमा रुटको सार्वजनिक गाडी चढेका यात्रु सिनामंगल र एयरपोर्ट ओर्लिए। उनीहरुसँग सहचालकले १५ रुपैयाँका दरले भाडा लिए। केही यात्रुले प्रतिवाद गर्दै सोधे, 'भाडा...

ब्लुबुक नवीकरण गर्दा घुस लिनेविरुद्ध मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सवारी साधनको ब्लु बुक नवीकरण गर्दा घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, गण्डकीका लेखा अधिकृत र लेखापालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गैंडाकोटमा डाइभर्सनबाट सवारी सुचारु

गैंडाकोटमा डाइभर्सनबाट सवारी सुचारु

चितवन-झण्डै २४ घण्टापछि पूर्व पश्चिम महेन्द्र राजमार्गको नवलपरासी गैंडाकोटमा गाडी आवत जावत सुरु भएको छ। बुटवल नारायणगढ खण्डको जयश्री खोलामा रहेको स्टील ट्रस ब्रीज सोमबार साँझ छ बजे अचानक भाँचिएपछि...

चोरीको सामान किन्ने दुईसहित गोदाम चोर पक्राउ

काठमाडौं– नक्कली चावी बनाएर कम्प्युटरको पसलबाट २० लाख रुपैयाँभन्दा बढीको सामान चोरी गरेको र चोरीको सामान किनेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जवर्जस्ती करणी गर्न खोज्ने वली कारागार चलान

रोल्पा-महिला माथि जवर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पुर्पक्षका जिल्ला कारागार चलान गरिएको छ। पश्चिम जिनाबाङ–८ का ३४ बर्षीय खमर सिं वलीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा कारागार चलान गरिएको...