Thursday 14 Jestha, 2072 |
Menu

समाज

शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेश दस्तुरमा दोब्बरले वृद्धि

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
कञ्चनपुर - शुक्लाफाँटा वन्यजन्तु आरक्षले प्रवेश शुल्कमा दोब्बर बढीले वृद्धि गरेको छ। आरक्षको व्यवस्थापनको कार्यलाई अगाडि बढाउनका लागि पुरानो शुल्कले नधान्ने भएपछि नयाँ प्रवेश शुल्क निर्धारण गरिएको हो। आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आरक्ष प्रवेश गर्दा नेपाली नागरिकलाई लाग्ने शुल्क रु २५ बाट बढाएर रु ५०, सार्क मुलुकका विदेशीबाट रु २०० बाट बढाएर रु ५०० र अन्य विदेशीलाई रु ५०० बाट रु एक हजार शुल्क निर्धारण गरिएको छ।
क्याम्पिङ दस्तुरवापत नेपालीबाट रु ५० बाट रु २००, सार्क मुलुकका नागरिकबाट रु २०० बाट रु ५००, विदेशीहरूबाट रु ५०० बाट रु एक हजार शुल्क निर्धारण गरिएको मुख्य संरक्षण अधिकृत रेग्मीले बताए।
यसैगरी, बल्छीले माछा मार्ने दस्तुरमा नेपालीबाट रु ५० बाट बढाएर रु २००, सार्कका मुलुकका नागरिकबाट रु २०० र अन्य विदेशीबाट रु ५०० बाट रु दुई हजार शुल्क तोकिएको छ।
जङ्गल ड्राइवका लागि रु एक हजारबाट शुल्क बढेर रु दुई हजार पुर्यादइएको छ भने हेलिकोप्टर अवतरण गर्न प्रत्येकपटकका लागि निर्धारण गरिएको रु दुई हजार शुल्कमा कुनै फेरबदल गरिएको छैन। खरखडाइका लागि निर्धारण गरिएको शुल्क रु १० बाट बढाएर रु २५ पुर्याोइएको छ। 
हात्ती सफारी गर्ने नेपालीबाट रु ५००, सार्कमुलुकका नागरिकबाट रु एक हजार ५०० र अन्य विदेशीबाट रु दुई हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख छ। हात्ती सफारिका लागि प्रतिघन्टा प्रतिव्यक्तिका हिसाबले उक्त शुल्क निर्धारण गरिएको छ।

सर्पले डस्दा दुई वर्षीया खुसीको मृत्यु

गौशाला—विषालु सर्पले डस्दा आज बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ।

भूकम्पको राहत दिलाउने नाममा ठगी गर्ने २ महिला पक्राउ

वीरगन्ज–भूकम्प पीडितका लागि राहत बाड्ँन तयार गरिने सूचिमा समावेश गराउने वहानामा सर्वसधारणलाई ठगी गर्दै हिडेका २ महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। 'भारत सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैया उपलब्ध...

आयो–आयो! भन्दै जर्याकजुरुक उठ्छन् विद्यार्थी

लमजुङ–लमजुङ उमावि गाउँशहरका शिक्षक बसन्त अधिकारी कक्षा ८ का विद्यार्थीलाई पढाउँदै थिए। बुधबार दिउँसो १ बजे तिर विद्यार्थीहरु भूईंचालो गयो भन्दै एक्कासी होहल्ला गर्न थाले। केही बाहिरै निस्किए पनि। खासमा...

राहतकालागि झुटो विवरण पेश गर्नेलाई कारबाही

खोटाङ–भूकम्प पीडितको परिचयपत्र र राहतकालागि झुटो विवरण पेश गर्ने, उसलाई सहयोग गर्ने र सिफारिस गर्नेलाई कारबाही गर्ने तयारी गरिएको छ।

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

विवाहको नाचगानमा झडप हुँदा १९ घाइते

रौतहट— विवाहमा जन्तीको नाचगान चलिरहँदा रौतहटमा भएको झडपमा परी १९ जना घाइते भएका छन्। रौतहटको पतौरा–४ का जितेन्द्र साहको छोरीको विवाहमा आएका जन्तीको नाचगान भइरहँदा स्थानीय विश्वनाथ साह र सुरेश...

प्रशासनले भन्यो परिचयपत्र पछि नै भूकम्प पीडितलाई जस्ता पाता

चितवन–चितवन जिल्ला प्रशासन कार्यालयले भूकम्प पीडितलाई परिचयपत्र वितरण गरेपछि मात्रै पुर्न निर्माणमा प्रयोग हुने जस्ता पाता लगायतका सामाग्री उपलब्ध हुने जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप...

नेपालबाट अपहरणमा परेका किशोर २७ दिनपछि भारतबाट मुक्त

नेपालबाट अपहरणमा परेका किशोर २७ दिनपछि भारतबाट मुक्त

रौतहट—अपहरणमा परेका एक बालकलाई रौतहट प्रहरीले भारतीय प्रहरीको सहयोगमा २७ दिन पछि सकुशल उपहरणमुक्त गराएको छ। नेपालबाट अपहरणमा परेका गौर नगरपालिका ५ का विजयप्रसाद पटेलका १६ वर्षीय शिवम् पटेल भारतीय...

काठमाडौंका ठेकेदारमाथि सिरहामा गोली प्रहार

गोलबजार (सिरहा)-सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।