Monday 11 Jestha, 2072 |
Menu

समाज

अखाद्य पदार्थले पकाएको आँप बजारमा

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(2 votes)


जनकपुरधाम – अखाद्य पदार्थ हालेर पकाएको आँप जनकपुर बजारमा व्यापक रुपमा बिक्री हुने गरेकाले यसको प्रयोगले उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ। कार्वाइड(कार्वन) नामक रसायन प्रयोग गरी पकाइएका आँप खानाले पेटमा असर गर्नुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन्।

कार्वाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामै पाक्ने गरेकाले व्यापारीहरुले बढी आर्थिक लाभको कारण यस्तो आँप ल्याएर बजारमा बेच्ने गरेको पाइएको छ।

प्राकृतिक रुपमा आँप पाक्ने मौसम अहिले नभएकाले सो रसायन हाली पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने जस्ता रोगहरु लाग्न गइ स्वास्थ्यामा प्रतिकुल असर पर्ने गरेको चिकित्सक डा सुरेन्द्रकुमार कर्णले बताए। भारतको दिल्ली, कोलकाता, मद्रासलगायतका बजारबाट दैनिक जनकपुर बजारमा अहिले रु सात लाख ५० हजार मूल्य बराबरको १५ टन आँप आउने गरेको जनकपुर फलफुल व्यवसायी सङ्घले जनाएको छ।

भारतबाट वैशाख महिनाको पहिलो सातादेखिनै आँप जनकपुरको बजारमा आउन थालेको र एक हप्ता लगाएर आउने गरेकाले आँप पाक्ने गरेको हो। बढी आर्थिक लाभ दिन व्यापारीहरुले रसायन हाली पकाएको आँपलाई रूखमै पाकेको आँप भनेर बिक्री गर्ने गरेको पाइएको छ। स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने यस प्रकारको अखाद्य आँपको बिक्रीमा स्थानीय निकायले रोक लगाउनुपर्ने उपभोक्ताहरुको माग रहेको छ।

भारतबाट आउने यस्तो आँप अहिले बजारमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री हुने गरेको उपभोक्ताहरु बताउँछन्।

डरैडरले गाउँ छाड्दै पीडित

बालुवा (गोरखा)- हंसपुर–४ का ६९ वर्षीय दीनानाथ दवाडी शुक्रबार बिहानै घरबाट निस्किए । साथमा थिए, एउटा पोको अनि छवटा पाठा । बचेखुचेको सम्पत्ति त्यही बोरामा पोको पारेका छन् । भूकम्पले...

सुरक्षित घरप्रति चासो

धरान- भूकम्पले घर चर्केपछि ८१ वर्षे पूर्वब्रिटिस गोर्खा मेजर झप्तमान लिम्बू शुक्रबार धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठलाई भेट्न गए । घरको स्थलगत निरीक्षण गरिसकेका इन्जिनियर श्रेष्ठले तेस्रो तलामा नबस्न आग्रह...

भूकम्पपछि सुनसान भेडेटार

धनकुटा- अरू बेला गर्मी सिजनमा भरिभराउ हुने पर्यटकीय भेडेटारका होटल यतिबेला सुनसान छन् । घुम्न आएका फाटफुट पर्यटकसमेत घर फर्किने हतारमा छन् । धरानका सिजन कार्कीले मनबाट भूकम्पको डर हटाउन...

भूकम्पमा भागेका २ कैदी पक्राउ

काठमाडौं- भूकम्पले सिन्धुपाल्चोक कारागारा भत्कँदा भागेका दुई जना कैदी पक्राउ परेका छन् । वैशाख १२ को शक्तिशाली भूकम्पमा सिन्धुपाल्चोक कारागार भत्कँदा भागेका २ सय १६ कैदी बन्दीमध्ये सगुन श्रेष्ठ र...

भूकम्पपीडितका लागि चित्र प्रदर्शनी

काठमाडौं- भूकम्पपीडितको सहयोगार्थ चाकुपाटको एमक्युब ग्यालरीमा चित्रकला प्रदर्शनी सुरु भएको छ । 'दि स्पिड अफ दि कन्टेम्प्रोअरी' शीर्षकको प्रदर्शनी आइतबार सुरु भएको हो । प्रदर्शनीको संयोजन गरेका मनीषलाल श्रेष्ठले प्रदर्शनीमा...

पहिरो नरोकिँदा थुनिएको कालीगण्डकी खुलाउन कठिन [अपडेट]

पहिरो नरोकिँदा थुनिएको कालीगण्डकी खुलाउन कठिन [अपडेट]

म्याग्दी- महाभूकम्पले चर्किएको पहाडमा पहिरो गएर म्याग्दीको राम्चे—९मा थुनिएको कालीगण्डकी नदीको ड्याम खुलाउन घटनास्थल पुगेको नेपाली सेनाको टोली काम सुरु गर्न सकेको छैन। सो स्थानमा निरन्तर माथिबाट पहिरो खस्ने क्रम...

ओभरलफ्लो भएर पानी बग्न थाल्यो

ओभरलफ्लो भएर पानी बग्न थाल्यो

पहिरोले ताल बनेपछि थुनिएको कालिगण्डकी नदीको ड्यामको पानी ओभरलफ्लो भएर बग्न थालेको छ। आइतबार बिहान एकबजेको पहिरोले थुनिएको ड्याममा बेलुकी साढे ५ बजेपछि पानी बग्न थालेको हो।

यसरी थुनियो कालीगण्डकी ( भिडियो)

यसरी थुनियो कालीगण्डकी ( भिडियो)

काठमाडौं– भूकम्पमले चर्किएको पहाडबाट आइतबार रातिदेखि पहिरो खस्न थालेपछि माग्दीको राम्चे–९ मा थुनिएको कालीगण्डकी नदीको ड्याम खुलाउन अहिलेसम्म सकिएको छैन।