Friday 18 Bhadra, 2072 |
Menu

समाज

ist-cc

विश्वका मजदुर एक होऔं भनेर ३ ठाउँमा ३ कार्यक्रम हुने

  • मङ्गलबार १७ बैशाख, २०७०
  • प्रकाश तिमल्सिना
  • DISQUS_COMMENTS
(2 votes)

काठमाडौं – 'विश्वको मजदुर एक हौं' भन्दै नारा लगाए पनि नेपालका मजदुर संगठनहरुले १ सय २४ औं मजदुर दिवस छुट्टाछुट्टै स्थानमा आमसभा गरेर मनाउँदैछन्। भोलि मे १ दिन एमाओवादीको मजदुर संगठनले भृकृटीमण्डप, एमालेले खुलामञ्च, नेकपा–माओवादीले बसन्तपुरमा छुट्टा छुट्टै कार्यक्रम राखी मजदूर दिवस मनाउने तयारी गरेका हुन्।

एकीकृत माओवादीले गौशाला, पुल्चोक र बालाजुवाट जुलससहित भृकृटीमण्डपमा सो कार्यक्रम गर्दैछ। 'तीन ठाउँवाट जुलुस निकालेर भृकुटीमण्डपमा जान्छौ' अध्यक्ष शालिकराम जम्मरकट्टेलले नागरिकन्युजसँग भने, 'त्यहाँ पार्टी महासचिवज्यू (पोष्टवहादुर बोगटी) आउँदै हुनुहुन्छ।' माओवादी शान्ति प्रक्रियामा आएपछि सधैँ झै अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि हुने परम्परा भने यो पटकवाट तोडिएको छ।

एमालेले भने १ सय २४ औं मजदुर दिवसलाई विशेष रुपमा मनाउने तयारी गरेको छ। त्यसका लागि अध्यक्ष झलनाथ खनालदेखि पोलिटब्युरो सदस्यले विभिन्न स्थानमा आयोजना हुने मजदुर सभालाई सम्वोधन गर्ने कार्यक्रम तय गरेको छ। 'भद्रकालीमा जम्मा भएर हामी न्युरोड र इन्द्रचौक, असन हुँदै खुलामञ्चमा जुलुससहित प्रवेश गछौं' अध्यक्ष विष्णु रिमालले नागरिकन्युजसँग भने- 'त्यहा बरिष्ठ नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।' रिमालका अनुसार मजदूर दिवसका अवसरमा अध्यक्ष खनाल झापा , विराटनगरमा माधव नेपाल, राजबिराजमा धर्मनाथ साह, लालबन्दीमा इश्वर पोखरेल, सिमरामा मुकुन्द न्यौपाने, हेटौडामा शंकर पोखरेल, पोखरामा बामदेव गौतम, बुटबलमा विष्णु पोखरेल र धनगढीमा युवराज ज्ञवाली पुग्दैछन्।

त्यसैगरी, मोहन बैद्य नेतृत्वको माओवादीले बसन्तपुरमा सभाको आयोजना गर्ने तयारी गरेको छ। 'बसन्तपुरमा पुग्नु अघि संञ्चयकोश भवन (ठमेल), कुपोन्डल, पुरानो बसपार्कवाट जुलुस सुरु गर्नेछौ' संयोजक रामदिप आचार्यले भने, 'त्यहाँ बिप्लव (नेत्रविक्रम चन्द)जीले सम्वोधन गर्नुहुनेछ।

सबै जसो मजदुर संगठनले एकै समय १२ बजेवाट जुलुस सुरु गरी १ बजे सभा गर्ने जनाएपछि जुलुसका रुट एउटै पर्ने हुँदा झडप हुने सम्भावना देखिन्छ। यद्यपि, झडप नहुने गरी र सकेसम्म भेट नै नहुने गरी प्रदर्शन गर्ने नेताहरुले तयारी गरेका छन्।

प्रतिक्रिया

आन्दोलनकारीले माफी मागेपछि कोहलपुरका मिडिया सञ्चालनमा

कोहलपुर— कोहलपुरका पत्रकार विनोद पौडेलमाथिको आक्रमण र पुजन विश्वकर्मालाई मार्ने धम्की दिएको घटनाको जिम्मा लिँदै थरुहट संयुक्त संघर्ष समितिले माफी मागेपछि बिहीबारदेखि बन्द सञ्चारगृह सञ्चालन भएका छन्।

सडक खन्न गएका गिरीको भिरबाट लडेर मृत्यु

कालिकोट-निर्माधिन कर्णाली करिडोरमा काम गर्ने एक कामदारको भिरबाट लडेर ज्यान गएको छ। खुलालु– हुम्ला–सिमिकोट जोड्ने कर्णाली करीडोर सडकखण्ड अन्तर्गत रकु–२ खोलेसीमा बाटो बनाउने क्रममा भिरबाट लडेर रकु–४ का २६ वर्षका...

आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव

महोत्तरी—संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेकोे ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो।

घाइतेलाई सभासदको सहयोग

नागरिक– वीरगञ्जमा प्रहरीसँग भएको झडपमा घाइते भएकालाई सभासद राजेन्द्रबहादुर आमात्यले जनही २१ हजार रुपैयाँ सहयोग गरेका छन्।

आन्दोलनकारीले जीप जलाए

सर्लाही— संयुक्त लोकतान्त्रिक मधेसि मोर्चाका कार्यकर्ताले शुक्रबार बिहान नवलपुर मलंगवा सडक खण्डमा भारतीय नम्बर प्लेट भएको जीपमा आगजनी गरेका छन््। नवलपुरबाट मलंगवा जादै गरेको बी आर३०बी ३९०८ नमबरको जीपमा आगजनी...

साँखु बजारमा चोरी बढ्यो, प्रहरी हैरान

साँखु—गतहप्ता साँखुका विभिन्न ठाउँमा चोरी भएको खबर प्राप्त भएको छ। यसले महानगरीय प्रहरी प्रभाग, साँखुका सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ।

श्रीराम सुगर मिलकोे ३ ओटा गाडी र एउटा मोटरसाइकलमा आगजनी

श्रीराम सुगर मिलकोे ३ ओटा गाडी र एउटा मोटरसाइकलमा आगजनी

रौतहट– रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको आवास क्षेत्रमा गएराति आगजनी भएको छ। १५र/२० जनाको संख्यामा रहेका नचिनिएका व्यक्तिहरुको समुहले आवास क्षेत्रका गाडीहरुमा अागजनी गरेकाे प्रहरीले जनाएको छ।

'आफैं धामी, आफैं बोक्सी' बन्छन्

'आफैं धामी, आफैं बोक्सी' बन्छन्

काठमाडौं- नेपालीमा चर्चित उखान छ– आफैं धामी, आफैं बोक्सी। मेडिकल शिक्षामा यही उखान चरितार्थ गरिरहेका छन्, विभिन्न दलका नेता र सभासद।गलत नीतिको फाइदा उठाउँदै छिट्टै करोडौं कमाउन सकिने मेडिकल कलेजमा...