Monday 7 Poush, 2071 |
Menu

खेल

ज्ञानेन्द्रले भिसा पाए

  • बुधबार ११ बैशाख, २०७०
  • विनोद पाण्डे
  • DISQUS_COMMENTS
(2 votes)
ज्ञानेन्द्र मल्ल ज्ञानेन्द्र मल्ल नागरिक
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागिता जनाउने भएका छन्। दिल्लीस्थित ब्रिटिस उच्च नियोगले केही समयअघि मात्र ज्ञानेन्द्रलाई बेलायतको ट्रान्जिट भिसा प्रदान गरेको नेपाल क्रिकेट संघका सदस्य किरण राणाले नागरिकन्युजलाई बताए।

बेलायतको ट्रान्जिट भिसा नआए पनि ज्ञानेन्द्रबाहेक नेपाली टोली बुधबार दिउँसो दिल्ली उडेको थियो। दिल्लीमा नेपाली टोलीले ब्रिटिस भिसा बटुल्दै मध्यरातमा लन्डन हुँदै डिभिजन ३ आयोजक स्थल बर्मुडा लागेको छ। ज्ञानेन्द्र र नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटी मंगलबार साँझ मात्र दिल्ली लागेका थिए। सिवाकोटी पनि मंगलबार मध्यरातमा नेपाली टोलीसँगै लन्डन हुँदै बर्मुडा लागिसकेका छन्। 
'ज्ञानेन्द्रको पहिला र अहिलेको राहदानीमा उमेर फरक देखिएको थियो। त्यसपछि उनको भिसा रोकिएको थियो। दिल्लीस्थित ब्रिटिश उच्च नियोगले ज्ञानेन्द्रसँग थप कागजात मागेको थियो, हामीले प्रहरी रिपोर्टसहित बुझाए पछि केही सोधपुछ गरेर ज्ञानेन्द्रलाई भिसा प्रदान गरेको छ,' राणले भने। उनले टिकट मिले आजै दिल्लीबाट ज्ञानेन्द्रलाई बर्मुडा पठाउने तयारी भइरहेको बताए। 
२००८ मा डिभिजन ५ खेल्न जर्सी जाँदा ज्ञानेन्द्रसहित नेपाली टोलीले बेलायतको भिसा लिएको थियो। ज्ञानेन्द्रको त्यति खेरको राहदानीको जन्म मिति र अहिलेको नयाँ राहदानीको जन्म मिति फरक छ। नेपाली टोली सबै मंगलबार राति दिल्लीबाट बमुर्डा उडे पनि ज्ञानेन्द्र भारतीय राजधानीमा भिसाको प्रबन्ध मिलाउन गएका क्यानका सदस्य बसन्तराज (अरुण) सत्यालसँगै थिए।
ज्ञानेन्द्रको अनिश्चितताका कारण वैकल्पिक नरेश बुढाऐरलाई पनि टोलीमा राखिएको थियो। नरेश मंगलबार नेपाली टोलीसँगै बर्मुडा लागिसकेका छन्। ज्ञानेन्द्र उपलब्ध हुने भएपछि नरेश नेपाली टोलीमा वैकल्पिक खेलाडीमात्र रहने छन्। 
मंगलबार बर्मुडा जाने नेपाली टोलीमा पारससहित, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणीविक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। क्यान अध्यक्ष टंक आङबुहाङ केही दिनपछि बर्मुडा जाने कार्यक्रम छ।
नेपालको रजत जित्ने लक्ष्य

नेपालको रजत जित्ने लक्ष्य

काठमाडौं-प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पिनयसिपमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दैछ। च्याम्पियनसिपमा रजत पदक जित्ने लक्ष्य लिएको नेपालका लागि माल्दिभ्ससँग सजिलो प्रतिद्वन्द्वी हो। दुई टोलीले पाँचपल्ट आमनेसामने भएका छन्। सबैमा...

पाकिस्तानको उच्च स्कोर

पाकिस्तानको उच्च स्कोर

शारजहाँ– ओपनर अहमद सेहजादले सानदार शतक र शहिद अफ्रिदीले तीब्र गतिमा ५५ रन बनाउनुका साथै ३ विकेट लिएपछि पाकिस्तानले आइतबार तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई १ सय ४७ रनले पराजित गरेको छ।

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

अस्ट्रेलियाली टेस्ट कप्तानमा स्मिथ

ब्रिसवेन– आक्रामक क्रिकेट खेल्ने बाचा गर्दै २५ वर्षे स्टेभन स्मिथले बुधबार गाबामा सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टबाट अस्ट्रेलियाको कप्तानी जिम्मेवारी लिएका छन्। नियमित कप्तान माइकल क्लार्कले चोटका कारण चार टेस्टको...

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लाम्पार्ड रिलिज गरेको पश्चाताप छैन : माउरिन्हो

लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।

लायनको बलले मोडियो नतिजा

लायनको बलले मोडियो नतिजा

एडिलेड- बलले लागेर निधन भएका फिलिप ह्युजको सम्झनामा भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट सुरुआती दिनदेखि नै भावनात्मक बनेको थियो। शनिबार यसको अन्त पनि त्यहीअनुरुप भयो।

विश्वकपका अनुभवी बन्लान्?

विश्वकपका अनुभवी बन्लान्?

लन्डन- श्रीलंकाका माहेला जयवर्द्धने र पाकिस्तानका शहिद अफ्रिदी विश्वकप क्रिकेटको अनुभवी खेलाडी बन्ने सूचीमा उभिएका छन्। फेब्रुअरी १४ बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने प्रतियोगिताका लागि यी दुवैलाई आफ्नो राष्ट्रको...

कोहलीको शतकमा भारतीय रवाफ

कोहलीको शतकमा भारतीय रवाफ

एडिलेड- कार्यवाहक कप्तान विराट कोहलीले मिचेल जोन्सनको बाउन्सर झेल्दै बनाएको शतकमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ फर्काएको छ। जोन्सनको पहिलो बल सामना गर्दा कोहलीको हेलमेटमा नराम्रोसँग लागेको थियो। यसले...

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

लिभरपुल बाहिर, मेसी पछ्याउँदै रोनाल्डो

जेनेभा- एफसी बसेलले एनफिल्डमा १–१ को बराबरी नतिजा निकाल्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेपछि लिभरपुल युरोपका शीर्ष क्लबको सूचीबाट यो सिजन तल झरेको छ। पाँच पटकको...