Sunday 2 Falgun, 2072 |
Menu

खेल

istl

सोसिडाड चौथो स्थानमा बलियो

  • मङ्गलबार १७ बैशाख, २०७०
  • एपी
  • DISQUS_COMMENTS
(0 votes)
स्ट्राइकर इमानोल एजिरेट्से स्ट्राइकर इमानोल एजिरेट्से
बार्सिलोना– रियाल सोसिडाडका स्ट्राइकर इमानोल एजिरेट्सेले दुई गोल गर्नुका साथै एक गोलको अवसर मिलाएपछि टोलीले आइतबार स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ४–२ को रोमाञ्चक जित पाएको छ।
nepalipatro-nagarik
पाँच खेल बाँकी छँदा पाएको जितपछि सोसिडाड चौथो स्थानमा पकड बलियो बनाउँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राख्न सफल भयो। टोली पाँचौं स्थानको भ्यालेन्सियाभन्दा ५ अंकले माथि छ।
'हामीले पाएका अवसरको मौका उठायौं,' जारी सिजनमा व्यक्तिगत गोलसंख्या ११ पुर्याभएका एजिरेट्सेले भने, 'च्याम्पियन्स लिग खेल्ने अभियानमा यो एउटा ठूलो फड्को हो। तर, अझै  सकिएको छैन।'
रोबर्टो सोल्डाडोले भ्रमणकारी भ्यालेन्सियालाई २५औं मिनेटमा अग्रता दिलाएपछि सोसिडाडका लागि उरुग्वेका फरवार्ड गोन्जालो 'चोरी' क्यास्ट्रोको सहयोगमा इनिगो मार्टिनेजले गोल गर्दै ३८औं मिनेटमा खेल बराबरीमा ल्याए। चोरीले नै काउन्टर एट्याकमा गोल गर्दै ७३औं मिनेटमा खेल घरेलु टोलीको पक्षमा ल्याए। त्यपछि एजिरेट्सेले ८६ र ९०औं मिनेटमा गोल गर्दै सोसिडाडको जित पक्का गरे, जहाँ इन्जुरी समयमा जोनसले भ्यालेन्सियाबाट गरेको गोल सान्त्वनामा सीमित भयो।
पछिल्लो २३ खेलमा एकमात्र हार बेहोरेको सोसिडाड यो जितपछि अपराजित यात्रा १५औं खेलसम्म लम्ब्याउन सफल भयो।
अन्य खेलमा ग्रेनाडाले स्पान्योलमाथि १–० को विजय हासिल गर्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्यो भने मालागाले गेटाफेलाई २–१ को नतिजामा हरायो। सेभिया र भालाडोलिडले १–१ को बराबरी खेले।
म्यानचेस्टरको बराबरी
लन्डन – रोबिन भान पर्सीको पेनाल्टी गोलमा उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले आइतबार इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग १–१ को बराबरी नतिजा निकालेको छ।
आर्सनल छोडेपछि इमिरेट्स रंगशालामा पहिलो पटक खेलेका २९ वर्षे डच स्ट्राइकरले मध्यान्तर हुन एक मिनेट बाँकीमा गोल गरेर खेल बराबरी गरेका थिए। आर्सनलका पूर्वस्टार भान पर्सी २ करोड ४० लाख पाउन्डमा गत अगस्टमा इमिरेट्सबाट ओल्ड ट्राफोर्ड आएका थिए। यसअघि दोस्रो मिनेटमा थिओ वाल्कोटले गरेको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...