Monday 8 Mangshir, 2071 |
Menu

खेल

राष्ट्रिय विद्यालय खेलकुद जेठ अन्तिम साता

mynepal
(0 votes)
काठमाडौं– प्रथम राष्ट्रिय विद्यालय खेलकुद जेठ २७ देखि ३० सम्म काठमाडौंमा हुने भएको छ। विद्यालय खेलकुद प्रतियोगितालाई जुनियर राष्ट्रिय च्याम्पियनसिपका रूपमा आयोजना गरिने आयोजकले जनाएको छ। 

विद्यालय खेलकुद विकास बोर्ड, हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्त आयोजना गर्ने प्रतियोगितामा बास्केटबल, भलिबल, बुद्धिचाल, पौडी, टेबलटेनिस, फुटबल, कराते, उसु, बाघचाल, क्रिकेट, एथलेटिक्स, कबड्डी र तेक्वान्दो गरी १३ खेल समावेश हुने छन्।
पौडी र टेबलटेनिस खुला हुनेछ। अन्य खेलको जिल्ला र क्षेत्रीय छनोट हुनेछ। जिल्ला छनोट जेठ १५ र क्षेत्रीय छनोट २५ भित्र सम्पन्न हुने आयोजकले जनाएको छ।
बास्केटबल, भलिबल, बुद्धिचाल, पौडी र टेबलटेनिस हिसानले गर्ने भएको छ। फुटबल, कराते, उसु र बाघचाल प्याब्सनले गर्नेछ। क्रिकेट, एथलेटिक्स, कबडड्ी र तेक्वान्दो एनप्याब्सनको भागमा परेको छ।
विद्यालय खेलकुद विकास बोर्डको तेस्रो बैठकले उक्त प्रतियोगिताको मिति तय गरेको हो। बोर्डका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बल्ल खेलकुदको जगबाट कार्य शुभारम्भ हुने भएको बताउँदै नयाँ प्रतिभावान खेलाडी पहिचान गर्न प्रतियोगिता महत्र्वपूर्ण हुने बताए।  
हिसानका अध्यक्ष उमेश श्रेष्ठले विद्यालय खेलकुदलाई राखेपले उच्च प्राथमिकतामा राखेको र त्यसलाई प्रभावकारी बनाउन हिसानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्याब्सनका अध्यक्ष बाबुराम पोखरेलले विद्यालय खेलकुद विकास बोर्ड गठनपछि विद्यालयहरू खेलकुदको मूलप्रवाहमा प्रवेश गरेको धारणा राखे।
एनप्याब्सनकी अध्यक्ष गीता राणाले जेठमा हुन लागेको विद्यालय खेलकुदको कुम्भमेलाले सारा विद्यालयलाई खेलकुदमा अझ लगानी गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
राखेपका प्रवक्ता एवम् बोर्डका सचिव कुलबहादुर थापाले प्रतियोगितालाई भव्य बनाइने बताए।
‍‍गर या मरको अवस्थामा मनाङ

‍‍गर या मरको अवस्थामा मनाङ

काठमाडौं- साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सोमबार गर या मरको अवस्थामा किंग्स कप फुटबलमा घरेलु टोली उगेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। भुटानमा हरेक वर्ष लोकप्रिय बन्दै गएको किंग्स कपमा...

क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।