Sunday 9 Kartik, 2071 |
Menu

प्रविधि

भूकम्प पीडितलाई सामाजिक सञ्जालको साथ

(0 votes)
भूकम्प पीडितलाई सामाजिक सञ्जालको साथ
यसै साता चीनमा गएको भूकम्पमा परी सयौंको ज्यान गयो। सिचुवान प्रान्तमा मानिसहरु घरवारबिहीन भए। सडक चिरा पर्‍यो। घरवारबिहीन भएकाहरु खानाका लागि र ओतका लागि नाङ्गा खुट्टामा भौतारिन थाले। यी दृष्यहरु सामान्य मोबाइल फोनबाट सामाजिक सञ्जालमा पुग्न कत्ति पनि समय लागेन।

सामाजिक सञ्जालबाट त्यहाँको अवस्था ह्वात्तै फैलियो। सामाजिक सञ्जालप्रति कडा व्यवहार देखाउँदै आएको मुलुक प्रकृतिक विपत्तिको समयमा यही सञ्जालबाट जोडिँदै थियो।
भूकम्पमा परेका मानिसहरुको अवस्थाबारे सिना वेबे र अरु वेबसाइटहरुमा ३० लाख भन्दा धेरै पोस्ट भए। सहयोग खोजिरहेका मानिसका तस्बिर, भिडियो र आवाजहरु सामाजिक सञ्जालमा यसरी फैलियो कि मानिसहरु सहयोग नगरी अडिन सकेनन्।


पीडितले गरेका एसएमएसहरु पनि थ्रीजी नेटवर्कमार्फत् सामाजिक सञ्जालभरि फैलिए। सामाजिक सञ्जालले भूकम्पमा परी प्रभावित भएका मानिसहरु कहाँ छन् भन्ने पहिचान गर्न ठूलै मद्दत पुर्‍यायो। चिनिया सरकारले भूकम्पमा प्रभावित भएकाको भ्याएसम्म राम्रोसँग उद्दार गर्‍यो। उद्दार गर्नकै लागि पनि सामाजिक सञ्जालको सहयोग लिइयो। भूकम्प प्रभावित क्षेत्रमा चिनिया टेलिफोन सेवा प्रदायकहरुले आफ्नो क्षमता विस्तार गरे ता कि सञ्चारविहीन हुनुकै कारणले मानिसको उद्दारमा असर परोस्।


'यदि कसैले उनलाई भेट्छ भने मलाई खबर गर्नुस् उनी मेरी आमा हुन,' एक युवतीले सामाजिक सञ्जालमा मोबाइलबाटै पोस्ट गरिन्। भूकम्पपछि सिचुवानका खबरहरु सामाजिक सञ्जालबाटै फैलिए । एकातिर पीडितहरु आफ्नो सुरक्षाका लागि र आफन्त खोजीका लागि सामाजिक सञ्जालबाट जोडिँदै थिए भने अर्कोतिर सरकारले त्यहाँ उद्दार कार्य कसरी गरिरहेको छ भन्ने निगरानी भूकम्पको प्रभाव नभएका स्थानबाट अरु चिनियाहरुले गरिरहेका थिए। चीनमा ३० करोड मानिसले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्छन्। सन् २००८ मा भूकम्प जाँदा ९५ हजार मानिस मारिएका थिए। यसपाला सामाजिक सञ्जालले धेरैको ज्यान जोगाउन सघाएको छ।