Friday 14 Kartik, 2071 |
Menu

विश्व

उच्च सैनिक अधिकारीलाई सिपाहीसरह काम गर्न आदेश

  • मङ्गलबार १० बैशाख, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(4 votes)
उच्च सैनिक अधिकारीलाई सिपाहीसरह काम गर्न आदेश
बेइजिङ – चीनका राष्ट्रपति सि चिनफिङले सेना प्रमुखलगायत लेफ्िटनेन्ट कर्णेलभन्दा माथिका उच्च सैनिक अधिकारीलाई वर्षेनी दुई साता सिपाहीसरह काम गर्न आदेश दिएका छन्। राष्ट्रपतिमा नियुक्त भएलगत्तै जिनपिङले राष्ट्र सेवकले राष्ट्रका लागि इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउँदै सैनिक अधिकारीहरूलाई मात्ने गरी रक्सी खान प्रतिबन्ध लगाएका
चीनको रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको निर्देशिकामा राष्ट्रपति सिको आदेशबारे उल्लेख छ। चीनको सैन्य परिषदका अध्यक्षसमेत रहेका राष्ट्रपति सिले उच्च सैनिक अधिकारीले दुई साता सिपाहीसरह काम गरे तल्लो तहका सैनिकको मनोबल उच्च हुने भन्दै आदेश दिएका हुन्। तर ५५ वर्षमुनिका र तल्लो तहबाट क्रमशः बढुवा नभई एकैपटक माथिल्लो तहमा नियुक्त सेनाका लेफ्िटनेन्ट कर्णेलसम्मले मात्र वर्षको दुई साता सिपाहीसरह काम गर्नुपर्नेछ।

पिपुल्स लिबरेसन आर्मी(पिएलए) दैनिकले दुई साता सिपाहीसरह काम गर्दाको फाइदाका रुपमा अनुशासन बढ्ने, उच्चाधिकारीको दम्भलगायत अल्छीपना हराएर फूर्तिलो हुने मंगलबार जनाएको छ। आधुनिक चीनका संस्थापक र पहिलो पुस्ताका चिनियाँ नेता माओत्सेतुङले सन् १९५८ मा सेनाका उच्च अधिकारीलाई यस्तै आदेश दिएको समेत पिएलए दैनिकले उल्लेख गरेको छ।

राजनीतिक विश्लेषकले राष्ट्रपति सिको आदेशलाई भ्रष्टाचार उन्मुलन गर्ने सरकारको अभियानको एउटा कदमका रुपमा व्याख्या गरेका छन्। चिनियाँ जनकंग्रेसमा निवर्तमान राष्ट्रपति हु जिन्ताओ र सैन्य परिषद प्रमुख जियाङ जेमिनले चीनमा व्याप्त भ्रष्टाचार उन्मुलन सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए। राष्ट्रपति सिले भ्रष्टाचारलाई चिनियाँ कम्युनिस्ट पार्टीको जरो उखाल्ने तŒव भएको चेतावनी दिएका छन्। सन् १९९० पछि चिनियाँ सेनाभित्र समेत भ्रष्टाचार व्याप्त रहेको सञ्चारमाध्यमले बेलाबेला आरोप लगाउने गरेका छन्।

हङकङस्थित लेखक तथा स्वतन्त्र राजनीतिक विश्लेषक जोनी लाउले राष्ट्रपति सि भ्रष्टाचार निर्मूल गर्ने नेताका रुपमा चिनियाँबीच आफ्नो छवि निर्माण गर्न प्रयासरत रहेको बताए। तर लाउका अनुसार भ्रष्टाचारको प्रभावकारी नियन्त्रणका लागि सैनिक कानुनमा कुनै फेरबदल भने अहिलेसम्म गरिएको छैन। सैनिक कानुनमा कुनै फेरबदल नगर्नुले राष्ट्रपति सि भ्रष्टाचार नियन्त्रणका लागि झिनामसिना काम मात्र गर्न अग्रसर हुने लक्षण देखिएको लाउले बताए।

निर्देशिकाले चीनको सशस्त्र प्रहरीलगायत आन्तरिक सुरक्षा बलसमेत समेट्छ। निर्देशिका बमोजिम सिपाहीसरह काम गर्दा भोजनलगायत आफैंले व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै त्यसबेला उनीहरूले भव्य डिनरको आमन्त्रण स्विकार्न नपाउने र कुनै किसिमका उपहार समेत लिन नपाउने निर्देशिकामा उल्लेख छ। उनीहरू १५ दिन सिपाहीसँगै भोजन गर्नुपर्ने र सुत्नुपर्नेछ। केन्द्रीय कार्यालय र जिल्लाका सैनिक नेताले भने पाँच वर्षमा एकपल्ट मात्र सिपाहीसरह दुई साता काम गर्नुपर्नेछ। लेफ्िटनेन्ट कर्णेलभन्दा मुनिका सैनिक अधिकारीले भने तीन वा चार वर्षमा एकपल्ट सिपाहीसरह काम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

राष्ट्रपति सि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य परिषदमा अध्यक्ष भएपछि भ्रष्टाचार उन्मुलन अभियानमा लागेका छन्। पाँचौ पुस्ताका नेता सि नोभेम्बर २०१२ मा सम्पन्न चीनको राष्ट्रिय जनकंग्रेसबाट राष्ट्रपति र सैन्य परिषद अध्यक्ष चुनिएका हुन्। चीनमा कम्युनिस्ट पार्टी र सैन्य परिषदलाई सर्वोच्च मानिन्छ।
‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।