तपाईंलाई पार्टीले किन फिर्ता बोलाएको?
मेरो पार्टीको नाम तराई मधेस लोकतान्त्रिक पार्टी हो तर काम अलोकतान्त्रिक गरेको छ। पार्टीले मेरो राजीनामा मागेको छैन। तर सन्तोषजनक काम नभएको भनेर अर्का नेता सर्वेन्द्रनाथ शुक्लालाई बहाली गरेको छ। पार्टीले प्रधानमन्त्री कार्यालयमार्फत पत्र पठाएर मलाई फिर्ता बोलाएको छ। मैले राजीनामा दिएकै छैन।
















