Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

निष्पक्ष छानबिन होस्, सघाउन तयार छुः खाम

smaller text tool iconmedium text tool iconlarger text tool icon
एकीकृत माओवादी नेता कालीबहादुर खाम ‘विविध' ले मंगलबार साँझ नागरिकन्युजका केपी ढुंगानासित आफूमाथि लागेको चिनियाँ व्यापारी लुटपाट र यार्चागुम्बा अवैध कारोबारको अभियोगका बारेमा स्पष्ट पारे। उनीसितको टेलिफोन अन्तर्वार्ताका प्रमुख अंशः

तपाईमाथि चिनिया व्यापारी लुटेको र यार्चागुम्बाको अबैध कारोवारमा सक्रिय रहेको अभियोग लागेको छ नि?

खामः मैले चिनिया व्यापारी लुटेको छैन। म यार्चागुम्बाको कारोबारमा पनि छैन। यो मेरो चरित्रहत्या गर्न लगाएको आरोप मात्र हो। आरोप सुनेर म ज्यादै दुःखी छु।

प्रहरीले तपाईँको कोठामा छापा मारेर लुटिएको पैसा, यार्चागुम्बा लगायतका सामाग्री बरामद गरेको पनि झुठो हो त?

खामः प्रहरीले छापा मारेको कोठा मेरो हो। अनि प्रहरीले बरामद गरेको पैसा पनि मेरै हो। तर, पैसा चिनिया व्यापारीसँग लुटिएको हैन। त्यो मेरै पैसा हो। पैसाको स्रोतको प्रमाण देखाउन म तयार छु। ल्यापटप, व्यक्तिगत कागजपत्र पनि मेरो हो। तर, यार्चागुम्बा, गोली र नक्कली छापहरु मेरो हैन। म रुकुमको मान्छे। रुकुमका अधिकांश स्थानीय यार्चागुम्बाको व्यापार गर्छन्। उनीहरु काठमाडौं आएको बेलामा मेरो कोठामा बस्छन्। गाउँले हुन् नबस भन्न सकिन्न। त्यो यार्चा उनीहरु कै होला। मैले सुनेअनुसार प्रहरीले फेला पारेको यार्चा कानुनी रुपमै संकलन गरिएको हो। अवैध हैन।

प्रहरी त तपाईकै योजनामा व्यापारी लुटिएको, लुटपाटमा तपाईँ कै गाडी र सहयोगीहरु परिचालन भएको दावी गर्छ नि?
खामः खै उहाँहरुले त्यो कसरी दावी गरिरहनुभएको छ मैले बुझेको छैन। प्रहरीले पक्राउ गरेको व्यक्तिहरुमध्ये पाँच जनालाई मात्र मैले चिनेको छु। उनीहरु चिनियाँ व्यापारी लुटपाटमा संलग्न छैनन्। सायद प्रहरीले पक्राउ गरेको अन्य तीन जना व्यक्ति चैँ लुटेरा हुन् कि? प्रहरीले मेरो गाडी भनेर दावी गरेको ना१च ८७३६ नम्बरको सेन्ट्रो कार मेरो हैन।

प्रहरीले आठ जनालाई पक्राउ गरेर उनीहरु कै बयानको आधारमा तपाईँ लुटपाटको योजनाकार भएको दावी गरेको झुठो हो?
खामः प्रहरीले पक्राउ गरेको जनामध्ये पाँच जनालाई म चिन्छु। त्यसमा एक जना मेरा सहयोगी छन्। तीन जना विद्यार्थी भाइहरु हुन। गणेश मल्लसँग सामान्य चिनजान मात्र हो। बाँकी तीन जना को हुन् मलाई थाहा छैन। प्रहरीले मेरो कोठामा छापा मारेको सुनेपछि मेरो सहयोगी अशोक खातीलाई बुझ्न पठाएको थिएँ, उसलाई पनि प्रहरीले पक्राउ गरेर लग्यो। सौगात बुढामगर, जीतेन्द्र बुढा मगर, कर्म शाही घर्ती मगर विद्यार्थी हुन्। लालबहादुर राना, मिलनसेन ठकुरी, दाङ, घोराहीका मधुसूदन शर्मालाई म चिन्दिनँ। प्रहरीले किन मलाई फँसाउने प्रयास गरेको छ, बुझ्न सकेको छैन।

तपाईँको कोठाबाट फेला परेका नक्कली सरकारी छाप र गोली चैँ के हो नि?
खामः हेर्नोस्, त्यो कोठा पार्टीगत र ब्यक्तिगत दुबै प्रयोजनका लागि मैले लिएको हो। त्यो मेरो कोठा हो भन्ने प्रहरीलाई पनि जानकारी थियो नै। कोठामा चिनेजानेका ब्यक्तिहरु आएर बस्छन्। म त्यो कोठामा नगएको त तीन महिना भइसक्यो। मैले बुझे अनुसार सरकारी छाप गणेशकुमार मल्लको व्यागबाट प्रहरीले फेला पारेको हो। तर मेरो कोठाबाट फेला पारेको भनेर झुठो बोलिरहेको छ। डिभिजन कमान्डरको छाप भने मेरै हो। गोलीको बारेमा मलाई जानकारी छैन।

अनि गणेश चैँ को हो नि?
खामः ऊ यार्चाको व्यापार गर्छ। उसँग मेरो सामान्य चिनजान मात्र हो। तर उसलाई मेरो व्यापारी साझेदार भनेर गलत प्रचार गराएर प्रहरी मलाई सुनियोजित रुपमा फँसाउन लागेको छ। प्रहरीले मेरो कोठाबाट पाँच लाख ३० हजार बरामद गरेको थियो। तर, पाँच लाख मात्र बरामद भएको भनिरहेको छ। ३० हजार कता गयो? प्रहरीलाई सोध्नोस्।

तपाईँमाथि त्यत्तिकै आरोप लगाएको हो त?
खामः राजनीतिक रुपमा प्रेरित भएर ममाथि अनावश्यक आरोप लगाएको हो। निष्पक्ष छानबिन गर्ने हो भने त्यो प्रष्ट हुन्छ। राज्य अनि मेरो पार्टी माओवादीले पनि यस विषयमा निष्पक्ष छानबिन गरोस् भन्ने म चाहन्छु। यस विषयमा म आफैंले पनि अनुसन्धान शुरु गरेको छु। पार्टी र राज्यलाई पनि छानबिनमा सहयोग गर्न तयार छु।

 

प्रतिक्रियाहरू (35)Add Comment
0
ram bc
July 14, 2010
211.216.237.74
भोट: +16
...

कोठामा नगएको त तीन महिना भइसक्यो।
अनि ५ लाख ३० हजार रुपैँया चाहीँ कसले राखिदियो त? कोठामा बैंक पनि छ कि क्या हो? तपाईं १००% ढाँट्दै हुनुहुन्छ खामजी!

0
devbishwo
July 15, 2010
113.199.132.48
भोट: +7
...

झुठो हो। सबै झुठो हो। पानीमाथिको ओभानो बन्न नखोजे‍ हुन्छ। उनी सजाएँको भागिदार छन्। तर नेपाल सरकारले‍ न्याँय दिन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन।

0
THAPA RAJ BARSINGHA / CANADA
July 15, 2010
75.154.64.182
भोट: +2
...

धिक्कार खाम!

0
nirmal
July 15, 2010
202.124.74.213
भोट: +2
...

झूठ बयान!

0
manita
July 15, 2010
212.77.205.138
भोट: +6
...

पार्टीको तर्फबाट बक्तब्य पो निकाल्ने‍ हो कि कामरेड? देशीविदेशी प्रतिकृयावादीले हाम्रो गौरवशाली पार्टीलाई फसाउनलाई गरेको झुठो प्रचार हो भनेर।

0
sanjaya saru
July 15, 2010
89.211.102.63
भोट: +8
...

माओवादीको नेता भनाउँदाको बोली नै यस्तै हो। बोल्ने एउटा अनि गर्ने एउटा! यस्तालाई कडा कारबाही गर्नुपर्छ।

0
Kopila
July 15, 2010
202.166.217.53
भोट: +3
...

कोठामा नगएको त तीन महिना भइसक्यो।
अनि ५ लाख ३० हजार रुपैँया चाहीँ कसले राखिदियो त? कोठामा बैंक पनि छ कि क्या हो?

0
raj paudel
July 15, 2010
220.157.208.214
भोट: +4
...

झुठो बोल्ने पनि सिमा हुन्छ नि! प्रहरीलाई झुठो बोलिरहेको भन्ने खाम र यस्ता खामजस्ता अभियुक्तलाई संरक्षण दिने क. प्रचण्डलाई समेत कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाएँ दिनुपर्छ। यस्ता बकम्फुसे त माओवादी पार्टीका नेता छन्। त्यत्रो अपराध गरिसकेपछि के बोल्दा के हुन्छ भन्ने थाहा समेत रहेनछ।

0
sadev
July 15, 2010
78.101.49.25
भोट: +16
...

प्रहरीले छापा मारेको कोठा मेरो हो। अनि प्रहरीले बरामद गरेको पैसा पनि मेरै हो। तर म कोठामा नगएको त तीन महिना भइसक्यो। प्रहरीले मेरो कोठाबाट पाँच लाख ३० हजार बरामद गरेको थियो। तर, पाँच लाख मात्र बरामद भएको भनिरहेको छ।
बकवास, ५ लाख कोठामा छोडेर कोही ३ महिनासम्म बेपत्ता हुन्छ? सिधै झुठ!

0
prabasi sharma
July 15, 2010
202.220.244.80
भोट: +10
...

खाम माओवादीका किन यति प्रियपात्र रहेछन् भन्ने प्रष्टै भयो| खाम = दाम| माओवादीले उनलाई फेरि पनि जोगाउँछ, यसमा शंका छैन|

0
harka
July 15, 2010
113.199.154.234
भोट: +2
...

किन हो पार्टीका अरु साथीहरुलाई गाह्रो बनाउने कुरामात्रै?

0
Bibek
July 15, 2010
195.229.241.175
भोट: +1
...

कोठामा नगएको त तीन महिना भइसक्यो।
अनि ५ लाख ३० हजार रुपैयाँ चाहीँ कसले राखिदियो त? कोठामा बैंक पनि छ कि क्या हो?

0
sheetal
July 15, 2010
123.48.103.23
भोट: +1
...

साहेद प्रचण्डको पनि सहयोग छ।

0
sagar nepali
July 15, 2010
113.199.202.52
भोट: +0
...

विचरा गरिब माओवादीको कति खेदो खनेको होला!

0
nim
July 15, 2010
85.239.8.116
भोट: +2
...

जनआन्दोलनको नाममा १० हजार मान्छे मारेका थिए। त्यसैले पनि यस्तो काम छोड्न नसकेका हुन्।

0
R N Uprety
July 16, 2010
110.34.4.242
भोट: +4
...

जो चोर उसैको ठूलो स्वर? बदमास अपराधीलाई छोड्नु हुँदैन।

0
HARKE
July 18, 2010
72.68.196.71
भोट: +2
...

अनि रामहरी श्रेष्ठको चाहीँ?

0
Sobendra Malla
July 18, 2010
202.45.144.196
भोट: +1
...

तपाईंलाई यो मात्र होइन, अरु पनि धेरै आरोप छन्। अनि लुकि-लुकि के बयान दिनुभएको कामरेड? निर्दोष भए सिधै प्रहरीकोमा जाने आँट खोइ त? गौरवशाली अपराधी कामरे‍डलाई कानुनले छोड्नु हुँदैन।

0
rajan thapan
July 18, 2010
113.199.185.102
भोट: +1
...

खाम १ नम्बरको अपराधी हुन्। देशलाई बर्बाद बनाउने उनीजस्तैले हो।

0
Prakash Dahal
July 18, 2010
113.199.179.228
भोट: +2
...

१००% झुठ!

0
Prakash Dahal
July 18, 2010
113.199.179.228
भोट: +1
...

झुठो भनाई।

0
ram chandra rimal
July 19, 2010
147.126.46.148
भोट: +1
...

त्यसो भए प्रहरी समक्ष आत्मासमर्पण गरिदिए भयो नि त!

0
Dinesh Shrestha
July 19, 2010
113.199.244.233
भोट: +5
...

यति विध्न फटाहाहरूलाइ माअे।बादीहरूले संरक्षाण गर्नु पनार्काे कारण पनि सर्वसाधारणले जान्न पाए राम्रेा हुने थियेा ।

0
tapa ram
July 20, 2010
113.199.131.4
भोट: +2
...

अनि रामहरी श्रेष्ठको चाहीँ?

0
rohan karki
July 21, 2010
195.229.236.216
भोट: +0
...

फटाहालाई बोल्न लाज पनि नलाग्ने! अनि अझै पनि मैले लुटेको होइन पैसा पनि मेरै हो कोठा पनि मेरै हो ३ महिना भयो त्यहाँ नगएको भन्ने?

0
rohan karki
July 21, 2010
195.229.236.216
भोट: +0
...

१०० प्रतिशत होइन १००० प्रतिशत झुठ बोलिरहेको छन् यो खामले!

0
sunil nepali
July 21, 2010
113.199.175.47
भोट: +3
...

वाह आफैं अनुसन्धान गर्दै छु रे! अनि आफैंले फैसला गरेर निर्दोष सावित पनि गर्ने होला! निर्दोष भए किन प्रहरी समक्ष आत्मसमर्पण नगरेको र रामहरि हत्या काण्डको भगौडा होइन भनेर किन सोध्न नसकेको? कहाँबाट आयो पाँच लाख अनी श्रोत खुलाउन किन आईतबार पर्खनु पर्यो? अनि शिविरमा बस्नेलाई किन चाहियो काठमाडौंमा डेरा? निचोड चाहीँ खाम एकदम भलाद्मी र निर्दोष व्यक्ति हुन्।

0
liza
July 22, 2010
202.79.33.46
भोट: +0
...

माओवादीको स्वच्छ छवि!

0
Bikash
July 22, 2010
113.199.244.225
भोट: +1
...

आफैलाई दोष लागे‍पछि आफ्नो आफैले छानविन गर्न पाइन्छ र खामजी?

0
Durga
July 22, 2010
113.199.185.90
भोट: +0
...

खाम १ नम्बरको अपराधी हुन्। कोठामा नगएको त तीन महिना भइसक्यो।
अनि ५ लाख ३० हजार रुपैँया चाहीँ कसले राखिदियो त? झुठो भनाई।

0
Prabin Jha
July 23, 2010
202.79.59.118
भोट: +1
...

मन लागेको सबै कुरा गर्न पाइने भए सिस्टम किन चाहिन्थ्यो र?

0
min parkash uprety
July 25, 2010
112.166.173.148
भोट: -1
...

आरोप लाग्नु सामान्य हो तर दोष हो कि होइन त्यो त अनुसन्धानबाटै थाहा हुन्छ है।

0
mohan adhikari
July 25, 2010
202.174.157.219
भोट: +0
...

खामजस्तो मान्छेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।

0
Arjun Dahal Apawad
July 30, 2010
202.52.249.150
भोट: +0
...

यस्तै हो यो देशमा! ठूलाले जे गरेपनि हुन्छ। चलेको रिती कहिले तोडिन्थ्यो र?

0
Mr.Basnyet
August 05, 2010
124.41.227.216
भोट: +0
...

खाम १ नम्बरको अपराधी हुन्। देशलाई बर्बाद बनाउने उनीजस्तैले हो।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( Wednesday, 14 July 2010 14:00 )
onlineversion

अन्तर्वार्ता