Friday 11 Bhadra, 2072 |
Menu

अन्तर्वार्ता

ist-cc

सुविधाले सरकारी बैंकमा सेवाग्राही बढे

  • बिहीबार ३ भाद्र, २०७२
  • हरिकृष्ण गौतम
  • DISQUS_COMMENTS
(0 votes)
म्याग्दी- कुनै समय प्रक्रिया पुरा गरेर आएका ऋणमा समेत लगानी गर्न आनाकानी गर्ने म्याग्दीका सरकारी स्वामित्वका बैंकले सेवासुविधा विस्तार गर्न थालेपछि सेवाग्राही आर्कषित हुन थालेका छन्।
जिल्लामा रहेका नीजि बैंक तथा वित्तिय संस्था सरह सेवाग्राहीलाई आर्कषित गर्न ब्याजदर, आधुनिक संरचना सहित ग्रामिण केन्द्रित लगानीलाई प्राथमिकता दिन थालेपछि सरकारी बैंकबाट सेवा लिनेको संख्यामा बढेको हो।

'पहिले सेवाका बारेमा बैंकमै बुझ्न जानुपथ्यो, बैंकका कर्मचारीले विभिन्न माध्यमबाट घरसम्मै सेवासुविधाका बारेमा जानकारी गराउँछन्' बेनी न्युरोडका राजु बानियाँले भने। सरकारी भन्दा निजीमा महंगो ब्याजदर भएपनि प्रक्रिया छिटो हुने र कर्मचारीमा समेत लगानीको लक्ष्य पुरा गर्नुपर्ने बाध्यता भएकाले पनि अन्य बैकमा रहेका कर्जालाई समेत ब्याजदरको आर्कषण देखाएर घरमै आउने गरेकोमा अहिले निजीभन्दा सरकारी बैंकका कर्मचारीको सुचना छिट्टै आउने गरेको बताए।

जिल्लामा रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले बजारका साथै सडक पुगेका तथा कृषिका लागि उत्तम मानिने स्थानमै पुगेर लगानीका बारेमा छलफल गर्ने गरेका छन्। 'गाँउ केन्द्रित लगानीलाई हामीले प्राथमिकतमा राखेका छौ। धेरैपटक कृषकको घरमै पुगेर पनि सेवाका बारेमा छलफल गरिएको छ' नेपाल बैंक म्याग्दी शाखाका प्रमुख सुर्यप्रसाद बरालले भने। सरकारी स्वामित्वका बैकमा काम ढिलो हुन्छ भन्ने भ्रमलाई चिर्न सफल भएको समेत उनले बताए।

नेपाल बैंकले ग्राहकलाई सेवाका बारेमा जानकारी गराउन केन्द्रिय कार्यालयबाटै समेत कार्यक्रमको ब्यवस्था मिलाएकाले पनि समय– समयमा ग्राहकसंग घुलमिल हुन सजिलो भएको छ। बैंकमार्फत उपलब्ध हुने सेवामा बैंकै पिच्छे फरक फरक ब्याजदर हुने भएकाले पनि सेवाग्राहीले सरकारी बैंकभित्र नै ब्याजदर बारे बुझ्ने गरेका छन्। सुविधा र ग्राहकमैत्री वातावरण बनाउन थालेपछि आर्थिक बर्ष २०७१र०७२ मा नेपाल बैंकले ५ करोड ६७ लाख, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक २ करोड ५२ लाख, कृषि विकास कार्यालय २ करोड ६ लाख खुद नाफा गरेका छन्।

नेपाल बैंकको ७५ करोड, राष्ट्रिय वाणिज्य बैंक २६ करोड, कृषि विकास बैंक ४४ करोड लगानी रहेको छ। 'पुराना कर्मचारीले तलबलाई मात्रै ध्यान दिने गरेका थिए। यूवाहरूको आगमन भएपछि सहज सेवा उपलब्ध हुने गरेको छ' राष्ट्रिय वाणिज्य बैंक म्याग्दीका प्रवन्धक छ' शाखा प्रवन्धक धुव्रराज पनेरुले भने। उनले छिमेकी जिल्ला पर्वतका केही गाविसमा सामाजिक सुरक्षा भत्ता, सेवासुविधा विस्तार गरिएको बताए। त्यस्तै कृषि विकास बैंकले समेत कृषिसंगै साना ब्यवसाय, ब्यापारिक, गृहनिर्माण लगाएतका क्षेत्रमा लगानी गर्ने गरेको छ।

कुनै समय लालपुर्जाको बैंकको नामले समेत चिनिने बैंकले रेमिस्ट्यान्स र सामाजिक सुरक्षा भत्ता घरमै पुर्यांउन थालेपछि सहर देखी ग्रामिण क्षेत्रबाट नयाँ ग्राहकहरू आउन थालेको जनाएको छ। 'अझैपनि एउटै क्षेत्रमा लगानी गर्छ भन्ने भ्रम छ। हामीले समय अनुसार आफ्ना सेवालाई परिमार्जित गरेका छौ' शाखा प्रवन्धक जर्नादन मल्लले भने। बैंकले बेनी नगरपालिका अर्न्तरगतको सामाजिक सुरक्षाभत्ता गाँउमै पुगेर वितरणका साथै पर्वतका पाँच गाविसमा समेत सेवा उपलब्ध गराइरहेको छ। राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैक द्वन्दकालीन अवस्थामा असुरक्षित भएपछि सदरमुकाम बेनीमा विस्थापित भएका थिए। बैंकले सेवाग्राहीको सुरक्षाका लागि सिसि क्यामेरा, रेमिट्यान्सको सुविधा समेत उपलब्ध गराउने गरेको छ।

प्रतिक्रिया