Friday 11 Bhadra, 2072 |
Menu

अन्तर्वार्ता

ist-cc

आन्दोलनकारी र प्रहरीबीच झडप १५ घाइते

  • मङ्गलबार १ भाद्र, २०७२
  • डिवी वुढा
  • DISQUS_COMMENTS
(0 votes)
जुम्ला–जुम्लामा कर्फ्यूको अवेज्ञा गर्दै विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपमा परी ६ जना आन्दोलनकारी र १० जना प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाका अनुसार सदरमुकाम खलंगाको जुम्ला बहुमुखी क्यम्पस, विमानस्थल, छिनासाघु र ट्राफिक कार्यालयलगायतका स्थानमा आन्दोलनकारीले कफर्यु तोड्न खोज्दा झडप भएको छ । चारैतिर आन्दोलनकारीले ढुंगामुढा गरिरहेकोले प्रहरी परिचालनमा समस्य भएको प्रहरीले जनाएको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले छिनासाघुमा ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ भने दुईजना महिला आन्दोलनकारीलाई नियन्त्रणमा लिएर छोडेको छ । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहको छ ।

जुम्लामालगातार ३ दिन देखिको कर्फ्यूले जनजीवन अस्तव्यवस्त बनेको छ । स्थानीयले बाहिर निस्केर दैनिक उपाभोग्य सामान खरिद गर्न पाएका छैनन । कफर्यु लागेकै दिनबाट आन्दोलनकारीले कर्फ्यू तोडेर सरकारी कार्यालय जलाउनेदेखि कर्फ्यू उलंघन गर्ने काम गरिरहेका छन ।

गाउँ गाउँबाट आन्दोलनकारीहरु खलंगाको कर्फ्यू निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन । आज कर्फ्यू लागेको तेस्रो दिन पनि विभिन्न ठाउँमा प्रदर्शन र झडप भैरहेको छ । कार्तिकस्वामीबाट आएका आन्दोलनकारीहरुले कर्फ्यू तोड्न खोज्दा प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुदा २ जना महिला घाइते भएका छन् भने २ जना महिला आन्दोलनकारीलाई प्रहरीले नियन्त्रण लिएर छोडेको छ ।

त्यस्तै जुम्ला ट्राफिक कार्यालय छिना गाउँमा कर्फ्यू उलंघन गरी गाउँमा चहल पहल बढाएका छन् । आन्दोलनकारी र प्रहरीबीच महत गाउँमा झडप हुदा ३ जना घाइते भएका छन् । संघीय संरचनामा कर्णालीलाई सुदुरपश्मिममा गाभिएको र विशेष अधिकार सहितको कर्णाली स्वायत्त प्रदशेको माग गर्दै थालिएको कर्णाली आन्दोलनको दशौ दिन आज पनि जुम्लामा कर्फ्यू जारी छ ।

प्रतिक्रिया