Wednesday 22 Baishak, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

सुदूरपश्चिमको अर्को जित

(0 votes)
काठमाडौं- साफ यु–१९ च्याम्पियन टोलीका कप्तान विमल घर्तीमगरले सुदूर बिस्कुट सुदूरपश्चिमाञ्चलबाट बुधबार राष्ट्रिय लिगमा 'डेब्यु' गर्दा टोलीले जगदम्बा लुम्बिनी फुटबल क्लबमाथि ३–१ को जित पाएको छ।

nepalipatr-april

विराटनगर संवाददाता चुमन बस्नेतका अनुसार लिगकै रमपम झापा र बुद्ध एयर मोरङबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।

बराबरीपछि पनि झापा ९ खेलमा १७ अंकसहित शीर्ष स्थानमा छ। ४ अंक बटुलेको मोरङ आठौं स्थानमा छ। खेलमा मोरङका गोलरक्षक किशोर गिरी म्यान अफ द म्याच भए।

यता सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १–० ले पछि परे पनि विमलको पेनाल्टी गोलमार्फत खेलमा फर्किएको सुदूरपश्चिम लिगमा दोस्रो जित दर्ता गर्दै छैटौं स्थानमा उक्लेको छ। टोली दुवैजित लुम्बिनीमाथि प्राप्त गरेको हो। ४ अंक जोडेको लुम्बिनी पुछारमा छ। १० खेलाडीमा सीमित हुँदै खेल अन्त्य गरेको लुम्बिनीले कमल श्रेष्ठको गोलबाट पहिलो हाफमा लिएको अग्रता जोगाउन सकेन।

कमलले कर्नर पाएको बलमा विश्वास श्रेष्ठसँग वान टु वान पास खेल्दै पेनाल्टी बक्सभित्रबाट प्रहार गर्दा गोल भएको थियो। तर, दुई मिनेट फरकमा पहेँलो कार्ड दर्शन गर्नुपरेपछि लुम्बिनीले अन्तिम ३६ मिनेट १० खेलाडीमा सीमित हुनुपर्यो्। ५४ औं मिनेटमा अमित तामाङलाई फाउल हानेपछि विश्वासले दोस्रो पहेँलो कार्ड पाएका थिए। खेलको ११औं मिनेटमा पेनाल्टी चुकाएको सुदूरपश्चिमले बराबरी गोलका लागि अर्को पेनाल्टीसम्म कुर्नुपर्योा।

लुम्बिनीका विमल बस्नेतले विमललाई पेनाल्टी बक्समा लडाएपछि सुदूरपश्चिमले पहिलो पेनाल्टी पाएको हो। तर, हेमन्त थापामगरको पेनाल्टी प्रहार लुम्बिनीका भेट्रान गोलकिपर दिलीप क्षेत्रीले रोके। दोस्रोपल्ट ५३औं मिनेटमा प्राप्त पेनाल्टी भने विमलले खेर जान दिएनन्। रेफ्री कविन व्यञ्जनकारले विवादास्पद निर्णय दिएपछि सुदूरपञ्चिमले पेनाल्टी पायो। पेनाल्टी बक्सको लाइनमा कालु थापाले बल रोक्ने क्रममा ह्यान्ड भएपछि त्यसमा व्यञ्जनकारले पेनाल्टी दिए, त्यसलाई विमलले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए।

त्यही पेनाल्टीलाई लुम्बिनीका प्रशिक्षक याम गुरुङले टर्निङ प्वाइन्ट माने। 'पेनाल्टी बक्सको बाहिरबाट जम्प गरेर नियन्त्रणमा लिन खोजेको बलमा पेनाल्टी लिइयो। त्यो नलिन पनि मिल्ने अवस्थामा थियो,' गुरुङले भने, 'खेलको टर्निङ प्वाइन्ट त्यही रह्यो।' उनले गोल गर्ने हतारोमा आफ्नो टोली दबाबमा रहेको स्वीकार्दै यु–१९ को खेलाडी रहेको विपक्षी टोलीको लय मिलेको बताए।

एक खेलाडी कम भएको फाइदा उठाउनेक्रममा सुदूरपश्चिमले अन्तिम ६ मिनेटमा दुई गोल थप्यो। ८४ औं मिनेटमा विमलले तीन रक्षक कटाएर निकालेको बलमा सोही खेलमार्फत डेब्यु गरेका तेज तामाङले मिलाइदिएपछि सुदन थापाले गोल गरे। ९० औं मिनेटमा अमित तामाङको क्रसमा दिनेश राजवंशीले हेडमार्फत गोल गरे।

सुदूरपश्चिमका प्रशिक्षक किरण श्रेष्ठले दोस्रो हाफमा पुगेर मात्र टोलीले लय समातेको कारण जित सम्भव भएको बताए। 'विपक्षी टोलीमा एक खेलाडी कम हुँदा त्यसको फाइदा पनि पुग्यो,' उनले थपे।

प्रतिक्रिया