Tuesday 18 Jestha, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

मधेसी मोर्चाले सती प्रथा फर्काउन खोज्यो: नेपाल

(0 votes)
काठमाडौं–एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले मधेसी मोर्चाले सती प्रथा फकाउन खोजेको आरोप लगाएका छन्। शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले मधेसी मोर्चाले सामन्ती व्यवस्थाको झल्को दिने जस्तो व्यवहार गरेको बताए।
nepali-patro-may
मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजा–अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्किएका थिए। विधवाले मन्दिरभित्र गएर पूजा–अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत अपमान हुने गरी अन्धचेतना प्रदर्शन गरेका थिए।

नेता नेपालले मधेसी मोर्चाले राष्ट्रपतिको मात्र नभएर संसारभरका महिलाको अपमान गरेको आरोप लगाए। 'यस्तो अमानवीय कार्य हुँदासमेत मधेसी मोर्चाका नेताहरुले हालसम्म घटनाको भत्र्सना र विरोध गरेका छैनन्,' नेता नेपालले भने,' अब मोर्चाले कस्ता कार्यकर्ता जन्माइएछ भनेर सोच्ने बेला आएको छ।' उनले मधेसका अधिकांश जनता प्रगतिशील भएको तर्क गर्दै मोर्चाका कार्यकर्ताले गरेको घृणित कामबाट प्रगतिशील मधेसी जनताकोसमेत अपमान भएको बताए।

प्रतिक्रिया