Wednesday 14 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

रिया बनिन् गिप्पी

  • आइतबार २९ बैशाख, २०७०
  • क्रान्ति पाण्डे
  • DISQUS_COMMENTS
(1 Vote)
रिया बनिन् गिप्पी

'जब म सानी थिँए मैले हिरोइन बन्ने सपना देख्थे। मलाई फिल्ममा हिरोइनको भूमिकाले सारै छुन्थ्यो। तर जब म अलि ठूली हुँदै गएँ मलाई यो मूर्खता शिवाय केही लागेन र शिक्षिका बन्ने अठोट गरेँ। स्कुले जीवनले मलाई साह्रै छुन्छ किनकी म आफू नै स्कुले जीवन बिताइराखेकी छु', केही दिन पहिलेको एक अर्न्तवार्तामा उनले भनिन्

आजभोली बलिउडमा उनकै चर्चा परिचर्चा छ। नहोस् पनि किनकरन जोहर निर्मित फिल्म 'गिप्पी'मा उनले मुख्य भूमिका खेलेकी छिन्। जोहर निर्मित यो पहिलो बालबालिका केन्द्रित फिल्म हो।

हो उनी हुन् १४ वर्षीया रिया भिज। भारतको दिल्लीमा बस्दै आएकी उनी त्यहीँको माटेर डेई नामको स्कुलमा पढ्छिन्। उनकी आमाले एक एनजीओ चलाउँछिन् भने बुबा व्यापारी हुन्।

फिल्म गिप्पीको ट्र्रेलर रिलिज भएसँगै रियालाई खोजी निति गर्नेको संख्या पनि बढ्दै गएको छ। उनलाई ट्वीटरमा पछ्याउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

गिप्पीको कथा सोनम नैरले लेखेकी हुन्। फिल्ममा मोटोपना घटाउन डाइटिंग गर्न नमान्ने १३ वर्षे केटी गुरप्रीत कौर (गिप्पी)को कथा छ। मोटो भएकै कारण साथीहरूबाट नरूचाइएकी निराश केटीको रूपमा रियाले गिप्पीको भूमिका खेलेकी छिन्। फिल्ममा किशोरावस्थामा आउने मानसिक र शारिरिक परिवर्तनलाई प्रस्तुत गरिएको छ। साथै किशोरावस्थामा पुगेका छोराछोरी आफ्ना बाबु आमासँग किन निराश हुन्छन् भन्ने कुरालाई फिल्ममा विनोदपूर्ण सरस शैलीमा उतारीएको छ। फिल्ममा रियालाई साथ दिन तहा शाहदिव्या दत्तजयाती मोदी र पंकज धिर लगायतका कलाकारहरूले साथ दिएका छन्।

रिया फुर्सदको समयमा पियानो बजाउन र पेन्टिंग गर्न मन पराउँछिन्। आफूले फिल्म खेल्ने कुरा कहिल्यै नसोचेको बताउने उनले हातमा आएको कामलाई त्यत्तिकै छोड्न नहुने बताउँछिन्। फिल्म खेल्नु अगाडी कहिल्यै क्यामेरा फेस नगरेकी उनी फिल्मको अडिसन र सुटिंगका क्रममा नर्भस भएकी थिइन्। 'तर सुटिंग युनिटको रमाइलो वातावरणका कारण पछि आफैँ सम्हालिन्थे', उनले अर्न्तवार्तामा भनेकी छिन्।

रिया वास्तवमा लजालु स्वभावकी छिन्। पारिवारिक जमघटमा लजाउने उनले फिल्म खेलेकै कारण आफ्नो लजाउने बानी हटेको बताएकी छिन्। स्कुलमा उनका साथीहरू पनि बढेका छन्।

रियाले भविष्यमा डेन्टिस्ट बन्ने लक्ष्य राखेकी  छिन्। आफूलाई बलिउडको उति साह्रो ठूलो फ्यान नभएको बताएता पनि इमरान खानरणविर कपुरपरिणीती चोपारा र आलिया भाट उनका मनपर्ने कलाकार हुन्।

आफ्नो अगाडी शररिको तौल र आकारको प्रश्न तेर्साइँदा उनी नर्भस हुन्छिन्। तर फिल्मकी गिप्पी जस्तो साथीहरूबाट नरूचाइएकी भने छैनिन् उनी। रमाइलो कुरा त के भने उनको माटो शरिरकै कारण उनलाई साथीभाइहरूले जिस्क्याउने आँट नै गर्नसक्दैनन्।

फिल्म खेल्नु अगाडि उनलाई लागेको थियो फिल्म भनको रमाइलो खेल हो जहाँ कलाकारले आफ्नो नाच र हिँडाइको चाल देखाउँछन् र चर्चित पनि हुन्छन्। तर जब उनी आफैले फिल्ममा अभिनय गर्न पुगीन् उनले थाहा पाइन फिल्म खेल्नु चानचुने कुरा रहेनछ। यो फिल्म खेलेसँगै अरू राम्रा फिल्म पाएमा उनले अभिनय गर्ने बताएकी छिन्। 'तर त्यसले मेरो पढाइमा बाधा नपुर्‍याओस्', अर्न्तवार्तामा उनले भनेकी छिन्।

किशोरावस्थाकै कुरा गर्दा उनले यस समयमा सबैलाई सचेत हुन आग्रह गर्छिन्। 'यो उमेर भनेको पढाइमा आफै सजग हुने बेला हो। त्यसैले अभिभावकले ज्यादा प्रेसर दिनु हुँदैन। 'किशोरावस्थामा देखापर्ने मानसिक र शारीरिक परिवर्तनलाई सरल रूपमा हेर्नुपर्ने उनले सुझाउँछिन्। उनी आफ्नी आमा र दिदीलाई सबैभन्दा  नजिकको साथीका रूपमा लिन्छिन्।

एक्सन फिल्म मनपराउने रिया बास्केटबल खेल्न उत्तिकै रूचि राख्छिन्। फिल्मको पात्र अनुसार उनको अभिनय अत्यन्तै सुहाएको फिल्मकी लेखिका तथा निर्देशक सोनम नैरले बताएकी छिन्। उनको सुन्दर माटो शरिर र अभिनय हेर्न भने आगामी १० तारिखसम्म कुर्नैपर्ने हुन्छ।

एजेन्सीहरूको सहयोगमा 
खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

संविधानमा महिलाको स्थान

संविधानमा महिलाको स्थान

राजनीतिप्रतिको लगाव र निरन्तर सक्रियताको मूल्यांकन गर्दै नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा महालक्ष्मी उपाध्याय ‘डिना' लाई समानुपातिकबाट सभासद बनायो। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी...

साहित्य लेखन, सिर्जना कि व्यवसाय

साहित्य लेखन, सिर्जना कि व्यवसाय

आख्यानकार अमर न्यौपानेलाई ‘पानीको घाम' कथासंग्रह प्रकाशन हुँदासम्म पूर्णकालीन लेखक बन्छु भन्ने लागेको थिएन। २०६६ मा प्रकाशित सो संग्रहको सामान्य चर्चा हुँदै गर्दा अर्को साल उनले ‘सेतो धरती' उपन्यास लेखे।

झलमल्ल पुनहिल

झलमल्ल पुनहिल

कोही हिमालतिर क्यामेरा ताकिरहेका। कोही खुशीका आँसु चुहाइरहेका। पुनहिल (३,२१० मिटर) मा हरेक बिहान सूर्योदय र हिमाल हेर्नेहरुको मेलै लाग्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, हिमचुली, गंगापूर्ण र माछापुच्छे्र लगायत हिमाल देखिन्छ।

समय–समयको सिनेमा

समय–समयको सिनेमा

पहिलो सिनेमा कति सालमा हेरेँ हुँला, खासै अन्दाज छैन । हामी सानो हुँदा हाम्रो परिवारमा सिनेमा हेर्नु एक प्रकारको कुलतका रूपमा गनिन्थ्यो । खासगरी सिनेमा हेर्ने महिलाले घरको बेवास्ता गरेर,...

अहंकारी साधक

काठमाडौं– साढे तीन वर्षअघि काठमाडौंस्थित ओशोधाराका आचार्य ओशो मैत्रेय (भीम तिमिल्सिना) ले सामाजिक सञ्जाल फेसबुकमार्फत चार अनुयायीलाई गद्दार घोषणा गरे, 'एलपी भानु शर्मा, रमेश नेपाल, रञ्जित कोइराला र स्वामी तथागत...

शताब्दीका अविस्मरणीय यात्री

शताब्दीका अविस्मरणीय यात्री

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही...