Wednesday 18 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

प्रज अक्कलबहादुर शाही

  • आइतबार २९ बैशाख, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(1 Vote)
प्रज अक्कलबहादुर शाही
डडेल्धुरा सदरमुकामको जिल्ला प्रहरी चौकी। साँझको मेस बन्द भइसकेको थियो। ड्युटीमा खटिएका प्रहरीबाहेक कोही सुत्ने तर्खरमा थिए त कोही जाडोको बेला दन्किरहेको आगो वरिपरि झुम्मिरहेका थिए। एकाएक गेटभित्र प्रहरी प्रमुखको गाडी आयो। सलाम ठोक्न सबै जर्‍याकजुरुक उठे। अग्ला प्रहरी प्रमुखलाई छेउमै हाजिर देखेर जाडोले कठ्यांग्रिएका सबै हात सलाममा परिणत भए।

ए तँ खप्तड गएको छस्प्रहरी प्रमुखले एक जवानलाई सोधे। 

'छु सर'– बुट बजार्दै प्रहरी जवानले जवाफ दियो। 

'मेरा केही साथी काठमाडौंबाट खप्तड जान आएका छन् तँ साथी जान सक्छस्?'

प्रहरी प्रमुखले जवानलाई फेरि प्रश्न गरे। 

एक त बझाँगी मान्छेत्यसमाथि कामबाट केही समय छुट्कारा पाउने। अनि खप्तड जस्तो सुन्दर ठाउँ जान पाइने हुँदा जवानको 'जान्नशब्दै हुँदैन। उसले जान्न भने पनि कहाँ धर पाउथ्यो रउसले सजिलै 'हुन्छ सापभन्दियो। 

बिहान सबेरै तयार हुने आदेश दिँदै प्रमुख आफ्नो बासस्थानतर्फ लागे। जवानले धेरैमध्ये आफूलाई नै खप्तड जान रोजेकोमा प्रमुखलाई मुरीमुरी धन्यवाद दियो। 

भोलिपल्ट बिहानै प्रहरी प्रमुखको गाडीपछि एक गाडी प्रहरी जवान डडेल्धुराको सनराइज होटलमा पुग्दा काठमाडौंबाट आएका पाहुना खप्तड निस्कने तयारीमा थिए। काठमाडौंबाट आएका चार पाहुना र हाकिमको गाडी अघि लगाई एक हुल जवान पाँच किमि टाढा उग्रतारा मन्दिर पुगे। काठमाडौंका पाहुना र हाकिमले पूजाआजा गरे। जवानहरू बाहिरै रोकिएका थिए। 

'ल उहाँहरूसँग जा हैप्रहरी प्रमुखको आदेश 'हवस्भन्दै जवानले बुट बजार्‍यो। टोयटा हाइलक्स गाडीमा जवानसहित काठमाडौंका पाहुना डोटीतर्फ गए भने प्रहरी प्रमुख र जवान सहितको गाडी प्रहरी कार्यालयतर्फ लाग्यो। 

काठमाडौंका पाहुना र प्रहरी जवानको गाडी डोटीतर्फ ओरालो लाग्दा जवानको अनुहारमा एक आश्चर्यलाग्दो खुसी नाचिरहेको स्पष्ट देखिन्थ्यो। 

गाडीमा भएका पाहुनामध्ये तिलचामल कपाल भएका एक अधबैंसैले प्रहरी जवानलाई नियालिरहेका थिए। जवानमाथि प्रश्न गर्दै भने, 'नाम के हो नि तपाईंको?' 

'प्रज अक्कलबहादुर शाही!'

एक त बझाङी शैलीत्यसमाथि अस्पष्ट आवाजले गाडीमा बसेका कसैलाई पनि उनको बोली प्रष्ट भएन र दोहोर्‍याईतेहेर्‍याई उसको नाम सोधे। तेस्रो पटकको जवाफमा बल्ल सबैले बुझेप्रहरी जवान अक्कलबहादुर शाही। 

घाम भर्खर पहाडबाट सितलफेरी झर्दै थियो। जसरी गाडी ओरालो लाग्दै थियो। फाँटभरि झुलेका गहुँका बाला हावासँगै नाचिरहेका थिए। त्यसमाथि घामका कलिला प्रकाशले अझ सुन्दरता थपिरहेको थियो। सेती नदी कलकलाउँदै बगिरहेकी थिइन्। बडो उत्सुकताका साथ सबै यात्रु दिपायलतर्फ लम्किँदा अक्कलबहादुर र स्थिर चित्त देखिन्थ्यो। धीर प्रशान्त मुद्रामा देखिने कालो वर्णको पातलो जिउडाल भएको करिब ३२/३३ वर्षको अक्कलबहादुर सबैको चासोको विषय थियो। 

गाडी अगाडि बढ्न थाल्यो बाटोको वारिपारि पनौती खेतका बालीको सौन्दर्य बिछट्टको थियो। त्यत्तिकैमा अधबैंसे मुसुक्क मुस्कुरायो र प्रश्न गर्‍यो 'कति वर्ष भो प्रहरीमा काम गर्नुभएको?' 

'हजुर छोरो जन्मेको साल भर्ती भ'को। छोरो दस पूरा भयो। सब युद्ध पचाएर आएको हुँ हजुर,'  निम्चो स्वरमा जवान बोल्दै गयो, 'माउवादी युद्ध बेला त्राहीत्राहीमा काम गरियो। आफ्नै साथीको लास गनेर गाडीमा हाल्दाको पीडा झल्झली छ हजुर। देशको लागि बाँच्नुपर्छ भन्ने थियो। छोरो सानो हुँदा पनि युद्ध लडिरहेकै थिएँ। कसले देख्दो रैछ रगरिबको पहुँच हुन्न भन्छन् हजुर। यौटा नेतालाई भन्याथ्यो सरुवाबढुवाका लागिखै तात्तो लगाएन। जवानको जवानमै रिटायर्ड हुने भो,' बडो हृदयविदारक शैलीमा जवानले पीडा पोख्यो। गाडीभित्रका सबै यात्रुको मर्मसम्म छोयो जवानको कुरा। 'युद्धकालमा कतिखेर मरिएला भन्ने चिन्ता सधैं भइरहन्थ्यो सासलाई हातमा मुठी बन्द गरेर युद्ध लडेको जवानलाई हिजोअस्ती जस्तो लाग्छ। रात छिप्पिँदै जाँदा मृत्युको भन्दा ठूलो पीर छोराको लाग्थ्यो। बूढीआमा र श्रीमती आँखाभरि नाचिरहन्थे। बिदामा एकपटक घर गएको बेला जवानकी आमा साह्रै रोएकी थिइन्। जागिर छाड् छोरा बरु एकछाक खाऊँला भनेर साह्रै बिलौना गरिछन्। एक मनले आमाको कुरामा सहमत भएपनि आर्थिक अवस्था हेेरेर जागिर छोड्न हिम्मत आएको थिएन उसलाई। फेरि एकदिन मर्नैपर्छ। मरिएछ भने पनि घरले राम्रै राहत पाउँछन्। बाँचिएछ भने एउटा युद्ध जितेको गर्व समेटिन्छ जस्तो लागेको थियो जवानलाई। 

माओवादी बिद्रोहको बेला ऊ दुई वर्ष युनिफाइड कमाण्डमा परेको रहेछ। माओवादीका तीनवटा आक्रमणमा आफै परेको रहेछ। 

जवान एकोहोरो बोल्दै गयो। कुरा घतलाग्दो भएकाले सबैले ध्यान उसको कुरा सुन्नमा नै लागेका थिए। 'हाम्रा कमाण्डरहरूसँग युद्ध लड्ने कौशल आइडिया थिएन जस्तो लाग्छ हजुर। त्यसैले धेरै साथीहरू मरे हाम्रा। न त युद्ध नै जितियो। जिते पनि कसले को सँग जितिन्थ्यो रसबै हाम्रै दाजुभाइ।अघिको सोझो बझाँङी अक्कलबहादुर अब सबैको नजरमा भित्री बाठो लगिसकेको थियो। 

अक्कलबहादुर बझाङबाट आमापत्नी र छोराछोरी धनगढीमा सारेको पाँचवर्ष भो। घर बनाएको ऋण तिर्न नसकेर बेलाबेला वैचेनीमा परेको अनुभूति पोख्थ्यो। 

साँझ छिप्पिसकेको थियो। 

बग्लेक र खप्तडको बीचमा एउटा सानो बजार छझिड्राना। त्यस ठाउँलाई खप्तडको बेसक्याम्प भने पनि हुन्छ। त्यहाँ सेनाको एउटा क्याम्पनिकुन्जको कार्यालय तथा साना केही बास बस्ने होटल छन्। बग्लेकमा गाडी राखेर डोटीबाट थपिएका एक प्रहरी हवल्दार र दुई भरिया सहित टोली साँझ त्यहाँ पुगेको छ। यात्री पुग्दा खानाखाने समय भइसकेको थियो। खाना खाँदै गर्दा अधवैंशेको दिमागमा प्रश्न आयो र सोध्यो 'अक्कल जी मेसको खाना कस्तो हुन्छ?'

थर्डक्लास खाना हजुर! हामीभन्दा राम्रो खाना त चौकीका कुकुरहरूले खान्छन्। आफू त गाउँको मान्छे तै बरु ठीकै लाग्छ। धेरैलाई बाहिर यसो चिल्लो पीरो नखाई चित्तै बुझ्दैन रे,'  अक्कलबहादुरले सिधा जवाफ दियो। 

'चिल्लो पीरोसँग अरु चीज पनि लिँदा हुन् नि बाहिर?' अधवैंशेको छेउमा बसेको मान्छे प्राश्निक बन्यो 'अँ जाँडका त घ्याम्पै  हुन्छन् मोराहरूथोरै हुन्छन् जो पिउँदैनन्।

'तपाई निफेरि प्रश्न उठ्थ्यो। 

'म त जाँड छुन्न। बाहिर कहिलेकाँहि साथीभाइको करले खाजा खान्छु। 

अधवैंशेले गफसँगै अक्कलबहादुरको खाना खुवाई नियालिरहेको थियो। खसीको मासुसँग मीठो खाना सायदै भोको जोगीलाई खिर बराबर थियो। लाग्थ्यो ऊ धेरै पछाडि यति मीठो खाइरहेको थियो। 'मेसमा त खाएँ खान खाए घिच बराबर होअक्कलबहादुरले खानाको अन्तिम गास लिंदै भन्यो। 

'हेर्नुस् सर के कुरा गर्ने प्रहरीमा ठूलो समस्या छाडापन हो। त्यो के भने खाली आमा बहिनीको नाममा छाडागाली दिन्छन्। म त दिक्क छु।'

'प्रहरीमा जवानको कुनै इज्जत हुँदैन। जे पकाए पनि खानुपर्ने। न कतै गुनासो सुनाउने ठाउँ हुन्छ। त्यसैले एक तह प्रमोसन खोजिराछु। कम्तिमा यो आमा बहिनीको नामको छाडा गाली त कम खाइन्थ्यो। उसले प्रहरी जवान हुनुको पीडा पोख्दै भन्यो। 

अधवैंशेले सोच्यो प्रत्येक प्रहरीमा उच्च मनोवल हुनुपर्ने हो। स्वस्थ हुनका लागि मीठो भोजन हुनुपर्ने हो। सानो होस् या ठूलो एकअर्कामा सम्मान हुनुपर्ने हो। अशिष्टफटाहा र अपराधीलाई सज्जन बनाउने कला हुनुपर्ने हो। प्रहरी प्रमुखले सबै भन्दा इमान्दार भनेर साथीहरूसँग पठाएको प्रहरी यति कमजोर हैसियतमा बाँचेको छ। यति कमजोर आत्मबलले खडा छ भने अरुको के हैसियत होलायस्तै यस्तै सोचाईमा अधवैंशे घोत्लिरहेको थियो। 

बिहानै 'हजुर अब उकालो लाग्ने हैनअक्कलबहादुरको शिष्टतापूर्ण घच्घचाहटले अधवैंशे झस्कियो। उठ्यो र अक्कलबहादुरको काँधमा धाप मार्दै अघि बढ्यो। तर उसको मनमा भने अजीवको वेचैनीले तुफान मच्चाइरहेको थियो। 

'सरहरू त ठूलो ठाँउबाट आइबक्स्या मेरो प्रमोसन र सरुवाका लागि कुरा गरिदिनुपर्‍यो।भोलिपल्ट खप्तडको उकालो लाग्ने क्रममा जवानले मन खोल्दै अधवैंशेलाई अनुरोध गर्‍यो।

हैनसबै सहर जान खोज्छन् तपाईं किन विकट गाउँ जान खोजेकोबरु घर पायक बझाङ वा धनगढी गए हुन्न रअधवैंशेले सोध्यो। हैन सर आफ्नो गृह जिल्ला वा सुगममा त भत्ता पाइन्न नि फेरि घर बनाएको ऋण कसरी तिर्नु?

उसलाई त वस दार्चुला सरुवा गराइदिए आनन्द हुन्थ्यो। विकट ठाउँमा भत्ता बढी आउने र पैसा पूरा बच्ने हुँदा घरको ऋण उसले दुई वर्षमा तिर्न सक्यो। 

अब अक्कलबहादुरको बोली सबैले बुझ्ने भैसके। अक्कलबहादुरको हिम्मत देखेर डोटीबाट मिसिएका हबल्दार पनि के कमबोलिहालेसर म त संचारको स्टाफप्रहरी भित्र मलाइ पनि राम्रो ठाउँमा सरुवा गरिदिनुस् न। 

बिडम्बना यी दुवै प्रहरीहरूलाई के थाहा उनीहरू जोसँग यात्रामा छन् ती मानिसहरू मात्र प्रहरी प्रमुखका साथी हुन् सरुवा बढुवा गर्ने व्यक्ति हैनन्। तर यो सत्य अक्कलबहादुरलाई बुझाउने कसले?
देश चिनाउने खेलहरु

देश चिनाउने खेलहरु

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक मार्सल आर्टसबाट प्राप्त गरेको छ। घरेलु मैदानमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा नेपालले तेक्वान्दो र करातेबाट मात्र १४–१४ स्वर्ण पदक जित्यो।

हराउँदै छ भजन

हराउँदै छ भजन

काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन...

यी दिनहरूमा...

यी दिनहरूमा...

जोनाथन वेटले आफ्नो कविता ‘द सङ अफ द अर्थ' (धर्तीको गीत) को अन्तमा भनेका छन्, ‘पोएट्री इज द प्लेस, होयर वी सेभ द अर्थ' (कविता नै त्यो ठाउँ हो, जहाँ...

विश्वकपका अभागी स्टार

विश्वकपका अभागी स्टार

क्वार्टरफाइनलको अन्तिम समय कोलम्बियाका विपक्षी खेलाडीसँग ठोक्किएर ब्राजिलियन स्टार नेइमार मैदानमा ढले। उनको मेरुदण्डमा चोट लाग्यो। त्यसको परिणाम उनी विश्वकपबाट बाहिरए। टोलीलाई सेमिफाइनलसम्म पुर्यारउन उनको भूमिका सबैभन्दा महत्वपूर्ण थियो। हरेक...

कवि कहिल्यै बूढो हुँदैन

कवि कहिल्यै बूढो हुँदैन

हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए। मैले बालाई...

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले। 

टाढिँदैछन् टिनएजर

टाढिँदैछन् टिनएजर

काठमाडौं– राजधानीको एक मध्यम परिवारमा छोरो ठूलो भयो। साथीहरू बाइक चढ्न थालेको देखेर उसमा पनि आकांक्षा चुलियो। बाइक किनिदिन बाबुलाई पिरल्न थाल्यो, त्यो पनि रोज्जाको। बाबुले सिधै ‘किन्न सक्दिनँ' भनिदिए।...

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...