Nepal Republic Media Pvt. Ltd.

epaper
Wednesday
Mar 10th

'देशको नाम राख्‍ने दीपकको लक्ष्य पूरा भयो'

smaller text tool iconmedium text tool iconlarger text tool icon
दिलबहादुर छत्याल, धनगढी, माघ २६- 'पहिलेको खुशी हाम्रो मात्र थियो। अहिले देशकै लागि खुशी भएको छ। ठूलाठूला देशका अगाडि हाम्रो देशको नाम राख्यो।' सागमा सबैभन्दा बढी ४ स्वर्णपदक जितेर देशकै नाम राखेकोमा गर्व गर्दै उनका ५३ वर्षीय बुवा महावीर विष्टले भने- देशको नाम राख्‍ने उसको लक्ष्य पूरा भएको छ।

आमा कलावती विष्ट गाईलाई घाँस हाल्न लागेकी थिइन्। सोमबार दिउँसो ३ बजेतिर फोनको घण्टी बज्यो। काठमाडौँबाट माइलो छोराले दाजुले स्वर्ण पदक जितेको खबर सुनायो।  खुशी बाँड्न उनले विद्यालयमा रहेका श्रीमानलाई फोन गरि्न। महावीरलाई त्योभन्दा अघि नै एक जना साथीले फोन गरेर बधाई दिइसकेका थिए। त्यसपछि घरमा बधाई दिने र खुशी साट्न आएका फोन उनीहरुलाई उठाउन रातिसम्म भ्याइ नभ्याई भयो। बुबा महावीर जनकल्याण मा.वि. जुगेडामा लेखा विषय पढाउँछन्।

साँझ ७ बजेतिर ढाकाबाट तेक्वान्दो स्टार दीपकले फोन गरेर आमाबुबासँग खुशी बाँडेका छन्।

' फोन गरेर छोराले हामी दुईजनालाई भोलि काठमाडौँ आउन बोलाएको छ।' महावीरले भने -गेम खेलेपछि खुट्टा दुखिरहेको छ भन्दैथियो। खुट्टा दुखे पनि देशको नाम राख्न सकेकोमा खुशी थियो।

जाने बेलामा विमानस्थलवाट आमा र बुबालाई फोन गरेर म पक्का स्वर्ण पदक जितेर ल्याउँछु भनेर गएका थिए। मलेसियाबाट पनि उनले घरमा फोन गरेका थिए। आमाबुबा दुवै जना छोराले स्वर्ण पदक ल्याउँछु भनेर गएकोले पाउनेमा ढुक्क थिए।

सानैदेखि पढ्नमा राम्रो छोरालाई डाक्टर वा इन्जिनियर बनाउने भनेर हाइस्कुल पास पछि आईएस्सी पढाएका थिए उनीहरुले। तर उनी खेल क्षेत्रमा लागे। त्यतिबेला डाक्टर, इन्जिनियर बने हुन्थ्यो भन्ने सोचेका आमाबुबा अहिले छोराले देशकै नाम राखेकोमा दंग छन्।

'पैसा सबैले कमाउँछन्, नाम सबैले कमाउन सक्दैनन् भनी उसले भन्थ्यो। अहिले ठिकै रहेछ भन्ने लागेको छ' उनकी आमाले भनिन्।

तीन सन्तान मध्ये दीपक जेठा छोरा हुन्। माहिला तपेन्द्र विष्ट काठमाडौँमा कम्प्युटर सेन्टर खोलेर ब्यवसाय गर्छन्। कान्छा उद्धव अष्ट्रेलियामा स्टुडेन्ट भिसामा अध्ययन गरिरहेका छन्।

३३ वर्षका दीपकलाई आमाबुबाले विवाह गर भनेर भन्दै आएको धेरै भइसक्यो। तर उनी पहिला नाम कमाउन दिनुहोस त्यसपछि गर्छु भनेर पन्छिने गरेको आमाले सुनाइन्। 'पहिला ओलम्पिक खेलेपछि गर्छु भन्यो, पर्खेँ। ओलम्पिकमा खुट्टाका कारण नजितेपछि साग खेलेपछि गर्छु भन्न थाल्यो', उनले भनिन्, साग खेलेर देशकै नाम राखेको छ। उसको लक्ष्य पूरा भएको छ। अब विवाह गर्नुपर्छ।

तर कहिले त ?

आमा हिसाब गर्दैछिन्- वैशाखमा हुँदैन। जेठमा जेठो छोरा भएर हुँदैन। असारमा जन्म महिना भयो। अब अर्को मंसिरतिर हुन्छ होला।

 
दीपकले रचे दक्षिण एसियाको नौलो इतिहास

नवीन अर्याल, ढाका, माघ २५- तेक्वान्दो स्टार दीपक विष्टले दक्षिण एसियाली खेलकुदमा लगातार ४ वटा स्वर्ण जित्ने दुर्लभ कीर्तिमान बनाएका छन्। सोमबार भुटानी प्रतिद्वन्द्वी टासीलाई फाइनलमा ६/३ अंकले पराजित गरेपछि उनी दक्षिण एसियाली खेलकुदको २६ वर्ष लामो इतिहासमा फरक संस्करणमा ४ स्वर्ण जित्ने पहिलो दक्षिण एसियाली खेलाडी बनेका छन्।

उनको यो सफलतापछि दक्षिण एसियाली खेलकुदका तीन संस्करणमा लगातार स्वर्ण जित्ने अर्को नेपाली ख्यातिप्राप्त म्याराथन धावक बैकुण्ठ मानन्धरको कीर्तिमान भंग भएको छ। दीपकले आठौंदेखि एघारौ सागसम्म लगातार ४ स्वर्ण जित्ने कीर्तिमान बनाएका छन। दक्षिण एसियाली खेलकुदमा एउटै खेलाडीले लगातार ४ वटा सागमा स्वर्ण जित्ने कीर्तिमान उनीबाहेक कसैले बनाएका छैनन्।

मानन्धरले सन् १९८४ देखि सुरु भएको पहिलो दक्षिण एसियाली खेलकुददेखि कोलकातामा भएको तेस्रो सागसम्म तीनवटा स्वर्ण जित्न सफल भए पनि इस्लामाबादमा सन् १९८९ मा भएको चौथो साफमा स्वर्ण जित्न सकेनन्। उनी चौथो साफमा कास्यमा सीमित भए।

'मैले यसको कल्पना पनि गरेको थिइनँ। यसपालि मलाई थुप्रै दबाब थियो,' दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जित्ने इतिहास बनाएका दीपकले नागरिकसँग भने।

उनलाई सागमा यो दुर्लभ कीर्तिमान बनाउन सोमबार ठूलै मेहनत गर्नुपर्‍यो। एक वर्षअघि बेइजिड ओलम्पिकको तयारी गर्दा बायाँ घुँडामा लागेको चोटका कारण राम्रोसँग तालिम गर्न नसकेका दीपकका अगाडि यसपालि पदक जित्न ठूलै दबाब थियो। 'दबाबका कारण रातभरि सुत्न सकेको थिइनँ। धेरै नेपालीको आशा ममाथि थियो,' खेलअगाडिको पीडा सुनाउँदै उनले भने।

उनको दायाँ घुँडाको शल्यक्रिया दुईपल्ट भइसकेको अवस्थामा चिकित्सकहरूले बायाँ घुँडाको पनि शल्यक्रिया गर्ने सल्लाह दिएका थिए। तर, उनले शल्यक्रिया गर्दा एघारौं साग प्रभावित बन्ने भन्दै मानेका थिएनन्।

एघारौ सागको पहिलो खेलमै दशौं सागका स्वर्ण विजेता बंगलादेशी मोहम्मद मिजानुर रहमानलाई पाएपछि दीपकको स्वर्ण जित्ने सम्भावनालाई कम आँकिएको थियो। अघिल्ला तीन सागमा स्वर्ण जित्दा दीपक ७८ केजी तौल समूहमा उत्रिएका थिए। यसपालि उनी घुँडाको चोटका कारण धेरै तौल घटाउन नहुने चिकित्सकहरूको सल्लाहबमोजिम ८७ केजीमूनि तौल समूहमा उत्रिएका थिए। यो समूहमा मिजानुरले दसौं सागको स्वर्ण जितेका थिए। तर, दीपकले स्थानीय बंगाली प्रतिद्वन्द्वी मिजानुरलाई पहिलो खेलमै १०/१ को भारी अन्तरले पराजित गरे। सुरुमै अप्पर किक प्रहार गर्दै तीन अंक जोडेयता पछाडि नफर्किएका दीपकको प्रदर्शनपछि नेपाली समर्थकको चर्को हुटिडले खेलस्थल नै गुन्जिएको थियो।

'यो कीर्तिमान म सबै नेपालीलाई समर्पण गर्न चाहन्छु र बेइजिड ओलम्पिकमा सारा नेपालीलाई दुखी तुल्याएको घटना बिर्सन विशेष आग्रह गर्छु,' स्वर्ण जितेपछि ३३ वर्षीय कीर्तिमानधारी खेलाडीले प्रतिक्रिया दिए। बेइजिड ओलम्पिकमा दीपकको प्रदर्शन निकै फितलो थियो।

दीपकले फाइनल प्रवेशका लागि भारतका नकुल मल्होत्रालाई ६/१ अंकमा हराए। पहिलो खेलपछि घुँडामा केही समस्या महसुस गरेका दीपकले दोस्रो खेलमा पनि भारतीय खेलाडीसँग पहिलो ३ अंक स्ल्याप किकबाटै बटुलेका थिए।

'साँच्चै उनको कीर्तिमान लोभलाग्दो छ। अब उनको कीर्तिमान तोड्न अरु खेलाडीलाई गाह्रो पर्नेछ,' पाकिस्तानी टोलीका तेक्वान्दो कप्तान रहमान जानले भने। नेपाली प्रशिक्षक मिस्टर क्वान दक्षिण एसियाली खेलकुदमा दीपकले पाएको सफलतालाई उनको मेहनतको प्रतिफल भन्न रुचाउँछन्। 'ऊ यो क्षेत्र (दक्षिण एसिया) कै स्टार खेलाडी हो। उसको सफलतामा मेहनत झल्किन्छ,' बुसान र दोहा एसियाड गरी दुईवटा एसियाडमा लगातार दुई कास्य जित्ने इतिहास पनि बनाइसकेका दीपकको विषयमा क्वान गुरुले नागरिकसँग भने।

१२ वर्षअघि डाक्टर बन्ने उद्देश्यले सुदुरपश्चिमी सहर महेन्द्रनगरबाट राजधानी आएका दीपक डाक्टर त बन्न सकेनन् तर दक्षिण एसियाकै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।


यो खुसी साट्न बुधबार ढाकाबाट फर्किंदा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आमाबाबुलाई भेट्न चाहन्छन्। 'म थुप्रैपल्ट अन्तर्राष्टिय प्रतियोगिता जितेर फर्कँदा कहिले पनि आमा, बाबुलाई काठमाडौं बोलाइनँ। तर, यसपालि म विमानस्थलमै आमाबाबुलाई भेट्न चाहन्छु,' जितपछि केही भावुक दीपकले भने।

 

 

प्रतिक्रियाहरू (9)Add Comment
atul chandra
February 11, 2010
202.166.198.52
...

THANK U FOR WINNING GOLD MEDAL

atul chandra
February 11, 2010
202.166.198.52
...

U proved that u can win gold medal for the country.

JUST KEEP ITS UP. DEEPAK SIR

atul chandra
February 11, 2010
202.166.198.52
...

u proved that u can win gold medal for the country.
KEEP ITS UP. DEEPAK SIR

govinda adhikari
February 10, 2010
98.14.48.20
...

Dipak is great hero of Tekwando & nation.

susma
February 09, 2010
125.28.240.134
...

congrates deepak dai ..wishing u sucess and more fame ..

thiralal parajuli
February 09, 2010
115.119.23.210
...

dear deepak manay many thanks ffrom all nepaleas pepols congratulationas 222222222222
i hope now my countrey also starting with international commpitation
yuva hgaru ko lagi prerna baner dekhau muri muri dhayanbad
thira lalparajuli sunwal vishasya 6 nawalparasi hal new delhi

Lal prasad Sharma From FInland
February 09, 2010
85.142.104.251
...

Thank You Deepak Ji.

ramesh1
February 09, 2010
94.128.89.47
...

kunai sabda chaina jun sabda prayog garau ma deepak ji ko lagi.

bipin
February 09, 2010
121.245.200.68
...

u r great fo nepal

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( मंगलवार, 09 फेब्रुअरी 2010 10:39 )
onlineversion

ब्लग

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली