८ वैशाख २०८१ शनिबार
राजनीति

संशाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

संशोधन विधेयकको विरोध गरेको भन्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्दै मधेसी, कांग्रेस, माओवादी केन्द्र तथा राप्रपा नेताहरु ।

कपिलवस्तु–संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्। मधेसी जनताको भावना अनुसार बर्तमान सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावलाई एमालेले विफल तुल्यान प्रयास रहेको भन्दै तत्कालै सो कार्य बन्द हुन पर्ने उनीहरुले माग गरेका छन्।

तौलिहवास्थित प्रशासन चोक अगाडि पुत्ला दहनका क्रममा उनीहरुले केपी ओली र एमाले बिरुद्ध चर्का नराबाजी समेत गरेका थिए। संघीय समाजबदी फोरमका जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ताले सरकारले अहिले ल्याएको प्रस्तावमा प्रदेश नम्बर ५ बाट केही पहाडी जिल्लाहरुलाई निकालेर नया प्रस्ताव गरेर सरकराले मधेसीको भावनालाई कदर गरेको बताए ।

तर सो प्रस्तावमाथि एमालेले बखेडा गरेकोले सो कार्य बन्द गर्न उनले आग्रह गरे। यसै बीच ११ दलले संयुक्त प्रेस बिज्ञप्ति निकालेर सरकारले दर्ता गराएको संशोधन प्रस्तावमा एमालेले गरेको ब्यवाहर र टिप्पणीले समाजिक सदभाव खलबलिने संभावना रहेको भन्दै त्यसको भ्रत्सना गरेका छन्। संशोधन प्रक्रियामा एमाले र तिनका नेता बाधक रहेको ठहर गर्दै उनीहरुले त्यस्ता क्रियाकलपा नरोकिए एमाले बिरुद्ध कडा प्रतिबाद गर्ने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन्।

प्रकाशित: १८ मंसिर २०७३ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App