८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विदेश नीति तोड्दै वार्ता

वासिङटन–अमेरिकाका राष्ट्रपति निर्वा्चित डोनल्ड ट्रम्पले सन् १९७९ मा औपचारिक सम्बन्ध तोडिएपछि स्थापित अमेरिकी नीतिको बेवास्ता गर्दै ताइवानका राष्ट्रपति साइ इंगसँग टेलिफोनमार्फत् प्रत्यक्ष कुराकानी गरेका छन् ।ट्रम्पका अधिकारीहरुका अनुसार उनले ताइवानका राष्ट्रपति साइ इंग वेनसँग अमेरिका र ताइवानबीच नजिकको आर्थिक राजनीतिक तथा सुरक्षा सम्बन्धबारे चर्चा गरेका थिए ।

तर ताइवान र अमेरिकी राष्ट्रपतिको कुराकानीले चीन रुष्ट भएको छ । ताइवानलाई आफ्नो देशको अभिन्न अंग मान्दै आएको चीनले टेलिफोन वार्तामा प्रतिक्रिया दिँदै त्यसलाई ताइवानको ‘जालझेल’ भनेको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार ट्विट गर्दै साइले आफू राष्ट्रपति भएकोमा बधाई दिएको बताएका थिए । ट्रम्पले पनि साइलाई पछिल्लो जनवरीमा भएको चुनावमा पाएको विजयका लागि शुभकामना दिएको बताइएको छ ।

ताइवानलाई आफ्नो देशको अभिन्न अंग मान्ने चीनले उक्त टापुतर्फ सयौं क्षेप्यास्त्र तेस्र्याएर राखेको छ र परेको खण्डमा बल प्रयोग गरेरै भएपनि उसलाई गाभ्ने चेतावनी दिंदै आएको छ । राष्ट्रपति साइको दल स्वतन्त्रताको पक्षधर मानिन्छ

ट्रम्पको कुराकानीबारे हालसम्म बेइजींगले कुनै सार्वजनिक टिप्पणी गरिसकेको छैन । तर ट्रम्पको कदमले चीनलाई रुष्ट बनाएको खबर सार्वजनिक भएसँगै ट्रम्पले हतियार बेच्न हुने तर फोन गर्न नहुने भनेर अर्को ट्विट ठोकेका थिए ।
‘अमेरिकाले ताइवानलाई लाखौं डलरमा सैनिक सामाग्री बेच्न हुने तर मैंले शुभकामनाको कल स्वीकार गर्न नहुने ?’

५९ वर्षीय साइले उनको डेमोक्र्या्टिक प्रोग्रेसिभ पार्टिलाई गत चुनावमा भारी बहुमत दिलाउँदै ताइवानकी पहिलो महिला नेतृ बन्न पुगेकी थिइन् । उनको दल परम्परागत रुपमै चीनबाट स्वतन्त्रताको पक्षमा रहने गरेको छ ।

वाशिंगटनले ताइवानसंग सन् १९७९ मा कुटनीतिक सम्बन्ध तोड्दै बेइजिंगको एक चीन नीतिप्रति समर्थन जनाएको थियो । विवाद समाधानका निम्ति बेइजिंगले हङकङ जस्तै एक देश दुई प्रणालीको नीति अपनाउने भन्दै आएको छ ।

अमेरिकाले ताइवानसँग अनौपचारिक मित्रवत सम्बन्ध भने कायमै राख्दै आएको छ । फोन वार्ता भएपनि ह्वाइट हाउसले विदेश नीतिमा भने खासै परिवर्तन गर्ने संकेत गरेको छैन । सन् १९७९ मा अमेरिकाले ताइवान चीनको भाग भएको स्वीकार्दै चीनको आग्रहमा औपचारिक सम्बन्ध नरहने घोषणा गरेको थियो ।

प्रकाशित: १९ मंसिर २०७३ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App