८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन विधेयकको ताप्लेजुङमा विरोध

ताप्लेजुङ- संविधान संशोधन विधेयकको बिरोध गर्दै संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटका भातृ संगठनले आईतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिरोध प्रर्दशन गरेका छन्।

बीच बजार बिरेन्द्र चौकबाट निस्किएको बिरोध र्‍याली नगर परिक्रमा गर्दै बिरेन्द्र चौकमै आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई संवोधन गर्दै एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले देशलाई बिखण्डन र मुडभेड तर्फ लैजाने खालको संसोधन बिधयेक फिर्ता नलिए सम्म आन्दोलन जारी रहने बताए। उनले सरकारले अघि सारेको संसोधन बिधेयक फिर्ता नलिए अझ शसक्त प्रतिवाद गर्ने भन्दै त्यसका लागि तयार रहन कार्यकतालाई आग्रह गरेका छन् । युवासंघ,अखिल नेपाल किसान महासंघ र अनेरास्वबियुले संयुक्त रुपमा गरेको बिरोध प्रदर्शनमादेश टुक्र्याउन पाईदैन, प्रचण्ड सरकार चाहिदैन,राष्ट्रघाती संधिान संसोधन बिधयेक फिर्ता गर,संसोधन बिधयेक मान्दैनौं’जस्ता नारा लगाईएका थिए।

 

प्रकाशित: १९ मंसिर २०७३ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App