coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वैरीताल पुल निर्माण अलपत्र, सर्वसाधारण मर्कामा

 जाजरकोट- निर्माण सम्झौताको म्याद सकिएपनि यहाँको एउटा मोटरेवल पुलको निर्माणकार्य अलपत्र परेको छ। जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत रुकुमको चिसापानी र जाजरकोटको  छेप्का  स्थित भेरी नदीको  वैरीतालमा  निर्माणाधीन पुल  अलपत्र अवस्थामा पुगेपनि सरोकारवाला निकायले  कुनै चासो  दिएका छैनन।

 पुल निर्माणका लागि नदीको वारीपारीका पिलरहरु आधा अवस्थामै छोडिएको छ।  निर्माणका लागि जम्मा गरिएका  सरिया, गिटटी वालुवा  ढुंगा लगाएतका सामाग्रीहरु वेवारिसे अवस्थामा छोडिएको   डाडागाउ छेप्काका स्थानीय शिवलाल गौतमले बताए। 'निर्माणकर्ता कता छन्?  काम कहिले बन्छ? जनताले कहिले सम्म दुख पाउछन् ?  कुनै पत्तो  छैन , गौतमले',  भने। उनले  संगै बन्न सुरु गरिएको रिुम्नाको पुल  पुरा भइसक्दा पनि  वैरीतालको पुल अलपत्र अवस्थामा रहेको बताए।

  पुल निर्माणको काम गत दुइ वर्ष देखि रोकिएको स्थानीयहरु बताउँछन्।  सडक डिभीजन कार्यालय संगको सम्झौता अनुसार ३ बर्ष अघि आशिष निर्माण सेवा काठमाण्डौंले पुल निर्माणको जिम्मा लिएको थियो।

८ करोडको लागतमा निर्माण हुने ६६ मीटर लामो पुलको निर्माण अवधी  मंसीरको पहिलो सातामै सकिएको छ।   मंसिरको पहिलो साता वितेर तेस्रो साता सुरु भए पनि  सडक डिभीजन र  निर्माणकर्ता वेखवर रहेको स्थानीयहरुको गुनासो  छ।

     डिभीजन कार्यालयका अनुसार  निर्माण सम्झौता पछि  काम गर्न  कम्पनीलाई ३६ महिनाको अवधि  हुने भएपनि अहिले सम्म पुल निर्माणको  वेवारिसे अवस्थामै अलपत्र रहेको छ। 

  पुल निर्माण ढिलाई हुँदा जाजरकोट – डोल्पा सडक, नलसिंह गाड जलविद्युत लगाएत आयोजना निर्माणमा बाधा पुगेको छ । आयोजनाका प्रमुख कार्यकार्य निर्देशक मोतीवहादुर कुवरले  आयोजनाका लागि पुर्वाधार निर्माण गर्न  आवस्यक पर्ने सामाग्री  ढुवानीका लागि  पुलअभावका कारण  समस्या परेको बताए।  आयोजनाका लागि सवैसामाग्रीको ढुवानी पैदल मार्ग भनेर  योजना वनेको तर  पैदल मार्गमा वैरीतालको पुल नवनेका कारण  आयोजनामाम निर्माणम असर परेको  निर्देशक कुवरले बताए।

सम्झौता अवधि भित्र पुलनिर्माणको काम नगर्ने निर्माण कम्पनीलाइ प्रक्रिया पर्‍याएर स्पष्टीकरण सोध्ने र अन्य कारवाहिको काम अघि वढाइने  सडक डिभीजन कार्यालयका इन्जिनियर शुसील पौडेले बताए। उनले  किन र के कारणले  पुल निर्माण नभएको हो भन्नेवारे सुरुमा कार्यालयले  कारणको खोजी गर्ने बताए। 

   निर्माण कम्प्नीका प्रतिनिधि कृष्णबहादुर बस्नेतले भने अवको एक वर्ष भित्र पुल निर्माण गर्ने बताए।  

प्रकाशित: १९ मंसिर २०७३ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App