coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शीतल निवासमा सर्वदलीय बैठक जारी

राष्ट्रपतिकाे अाह्वानमा शीतल निवासमा बसेकाे सर्वदलीय बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रपतिको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बसिरहेको हो। संविधान संशोधन प्रस्तावलाई लिएर दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले दलहरूलाई सहमतिबाट निकास दिन आग्रह गर्ने शीतल निवास स्रोतले जनाएको छ।

उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छन्। सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि देशका विभिन्न भागमा आन्दोलन सुरु भएको छ। यसैलाई ध्यान दिई राष्ट्रपतिले दलहरूलाई शीतल निवास बोलाएकी हुन् ।

‘मुलुकको पछिल्लो अवस्थाबारे उहाँ निकै चिन्तित हुनुहुन्छ,’ राष्ट्रपति निकट स्रोतले शनिबार भन्यो, ‘सबै दलका शीर्ष नेतालाई बोलाएर मिलेरै समस्या समाधान गर्न आग्रह गर्न लाग्नुभएको हो ।’

यसअघि राष्ट्रपति भण्डारीले मंसिर १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई शीतलनिवास बोलाएर मिलेरै संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन् ।
 

प्रकाशित: १९ मंसिर २०७३ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App