coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त। फाइल तस्विर

अहिले ६० लाखभन्दा बढी हामी नेपाली विदेशमा छौं। एक स्वीस नागरिकले एउटा भेटमा मलाइ सुनाउनुभयो, तपाइँहरुको के अचम्म छ जब नेपालमा रहनुहुन्छ त्यहाँ गरिब हुने तर विदेश आइसकेपछि एकाएक सक्षम र सम्वृद्ध देखिने ! साँच्चै अब हामीले आफैँलाई सोध्नुपर्ने बेला आएको छ, नेपाल गरिब हुनुका पछाडि हामी नेपाली अक्षम भएर त होइन रहेछ नि ! यदि त्यस्तो हुन्थ्यो भने विदेशमा आइसकेपछि हाम्रो प्रगति हुँदैनथ्यो होला। राेजगारी वा शिक्षा जे का लागि अाए पनि नेपालीले विदेशमा प्रगति गरेका छन्।

अहिलेसम्म नेपालमा गैरआवासीय नेपालीले साना ठूला धेरै धेरै च्यारिटीका काम गरेका छन्। कसैले ठूलै अस्पताल बनाइदिएका छन् त कसैले विद्यालय निर्माण गरिदिएका छन्। कतिले पुस्तकालय निर्माण गरिदिएका छन्। गाउँ तह र स्थानीय समुदायका लागि यी सबै राम्रा कुराहरु हुन्, फाइदाका कुराहरू हुन्। तर समग्र दशै उभो लगाउन लगानी नभई हुँदैन।

नेपाल जाँदा आउँदा तपाइँहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा देश छोड्न लागेको अवस्थामा भेट्नुहुन्छ। हामी देशलाई धनी बनाउने कुराको कल्पना गर्छाैं। तर ती युवालाई जबसम्म हामी नेपालमै रोजगारी सिर्जना गर्न सक्दैनौं तबसम्म नेपाल देश धनी हुन्छ भनेर कल्पना गर्न सकिँदैन। त्यो रोजगारी गैरआवासीय नेपाली संघ अथवा कुनै गैरआवासीय नेपाली एक्लैले मात्र चाहेर हुन्छ भन्ने होइन। तर पनि नेपाल सरकार र नेपालीसँग सहकार्य गरेर अघि बढ्नुपर्छ र मुुलुकलाई सम्वृद्धितर्फ लैजानुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ।

अहिलेसम्म नेपालमा गैरआवासीय नेपालीले साना ठूला धेरै च्यारिटीका काम गरेका छन्। कसैले ठूलै अस्पताल बनाइदिएका छन् त कसैले विद्यालय निर्माण गरिदिएका छन्। कतिले पुस्तकालय निर्माण गरिदिएका छन्। गाउँ तह र स्थानीय समुदायका लागि यी सबै राम्रा कुराहरु हुन्, फाइदाका कुराहरू हुन्। तर समग्र दशै उभो लगाउन लगानी नभई हुँदैन। एनआरएनएका अहिलेसम्म ७५ देशमा राष्ट्रिय समन्वय परिषद विकास भइसकेको छ। संसारको डोयास्पोराहरुको इतिहास खोतल्ने हो भने यति धेरै संख्यामा विदेशमा संस्था खोलेको कहीँ भेटिँदैन। 

आज मुलुकले खोजेको लगानी नै हो। त्यो लगानी पैसा मात्र होइन ज्ञान र सीप पनि ठूलो लगानी हो। आज त्यो लगानी मुलुकले चाहेको छ। गैरआवासीय नेपाली लगानीप्रति कतिको उत्साहित हुनुहुँदो रहेछ भनेर चार वर्षअघि गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगुवाई एउटा योजना सुरु भएको थियो। त्यतिबेला हामीले हाइड्रोपावरमा गैरआवासीय नेपाली संयुक्त लगानी गर्न चाहन्छन् भनेर आह्वान गर्यौं। प्रस्ताव गर्नासाथ त्यसमा करिब ९ सय गैरआवासीय साथीहरु इच्छुक हुनुभयो। लमजुङको बुर्दीखोला भन्ने स्थानमा त्यो जलविद्युत् आयोजना निर्माणाधीन छ। २७ मेगावाटको सो परियोजना एक दुई वर्षभित्रै मुनाफा बाँड्ने अवस्थामा पुग्दैछ। 

त्यसपछि हामीलाई हजारौं साथीहरुले सोधिरहनुभएको छ– अर्को योजना कहिले आउँछ? अर्को तयारी के हुँदैछ? यसले के देखाउँछ भने गैरआवासीय नेपालीहरु लगानीका लागि इच्छुक छन्, नेपालप्रति चिन्तित छन् र नेपालमा लागनी गर्न तयार छन्। मुलुक धनी हुने हो र सबै कुरा व्यवस्थित हुने हो भने हामीले लगानीको चिन्ता गरिहनु पर्दैन। त्यतिबेला जुनसुकै बहुराष्ट्रिय कम्पनी नेपाल जान चाहन्छन्। निश्चय नै नेपालको अवस्था र कानुनबारे हामी नेपालीहरुलाई बढी थाहा छ। त्यहाँ लगानी गरेपछि मुनाफा पाइन्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं। त्यसैले नेपालमा लगानी लैजान डराउन पर्दैन भन्ने बुझाई हाम्रो छ।

नेपालमा विपत्ति परेकाे बेला एनअारएनएकाे छातामा अावद्ध भएर/नभएर विभिन्न कोणबाट सहयोग पुराउनु हुने तपाइँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ। राष्ट्रिय अन्तरार्ष्ट्रिय रूपमै संस्थाकाे उचाइ बढाउने याे कार्यकाे श्रेय म तपाइँहरू प्रत्येकलाइ दिन चाहन्छु। तपाइँहरू नै याे उत्तकृष्ट मानवीय कार्यकाे जस पाउने वास्तविक हकदार हुनुहुन्छ।

१४ वर्ष अगाडि सुरू भएकाे एनअारएन अभियान अहिले ७५ वटा देशमा राष्ट्रिय समन्वय गरेर करिब ६० लाख नेपालीलाई एउटा छाता मुनि ल्याउनु पर्ने दायित्व हाम्रो छ। साथीहरुका धेरै सवालहरु हुन सक्छन्। न्युजल्याण्डमा करिब ८ हजार नेपाली यहाँ बस्नुहुन्छ। अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्डमा बस्ने नेपाली साथीहरु बढी विद्वान हुनुहुनुहुन्छ। सामूहिक लगानीका लागि तपाइँहरुको सक्रियता अत्यन्त जरुरी छ। नेपालमा लगानी लैजान मात्र होइन तपाइँ बसेको देशमै पनि नेपालीहरुबीच सामूहिक लगानीको अवधारणा हाम्रा लागि महत्वपूर्ण छ। यो नेटवर्कले विदेशमा बस्ने नेपालीको आर्थिक हैसियत मात्र होइन ज्ञान सीप सेयरिङ समेत गराउन मद्दत पुगेको मैले अनुभव गरेको छु।

यहाँ कतिपयले भवन (भट्ट) जी र मलाई एनआरएनएको अध्यक्षको प्रतिस्पर्धी प्रत्यासी रुपमा पनि प्रस्तुत गर्नुभयो। भवनजी र म करिब करिब सँगसँगै जस्तो एनआरएन अभियानमा छौं। हामीले सहमतिमै नेतृत्व चयन गरेर जानुपर्छ भन्ने मेरो विश्वास हो।  
 
भूकम्पको बेला न्युजिल्याण्डबाट ९२ हजार डलर संकलन गरेर काठमाडौं पठाउनु भएको कुरा थाहा पाउँदा मलाई अत्यन्त खुशी लाग्याे। भूकम्पले नेपालमा ठूलाे विनाश गरेकाे बेला भएकाे याे याेगदानले न्युजिल्याण्डको एनसीसी सक्रिय रहेको पुष्टि गर्छ। सहयोग गर्ने तपाइँ सम्पूर्ण साथीहरुलाई बधाई तथा धन्यवादको पात्र हुनुहुन्छ। अहिलेसम्म ग्लोबल सम्मेलनमा न्युजिल्याण्डबाट ८—१० जना डेलिगेट्स जाने गर्ने गर्नुभएको रहेछ। यो तपाइँहरुको नेपालीको संख्याको आधारमा अत्यन्त थोरै हो। यो संख्या १ सय जना जति पुर्याउनु पर्ने देखिन्छ।

एनआरएनएले के गर्दैछ भनेर एक सहभागीले कुरा उठाउनु भयो। संस्थाका क्रियाकलापमा सक्रिय भएको हिसाबले म तत्काल भन्नसक्छु हामीले तीन वटा काम गरिरहेका छौं। एक, शंखमुलको बागमती किनारमा ३२ रोपनी जग्गामा दुई करोड रुपैयाँको लगातमा बगैँचा निर्माण जुन आगामी सेप्टेम्बरसम्म पूरा गर्ने लक्ष्य छ। दोस्रो भूकम्पपीडितका लागि भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एक हजार घर सहितको नमुना बस्ती निर्माण र तेस्रो हाम्रो आफ्नै संस्थाको कार्यालय भवन निर्माण। यी तीनवटै कार्यक्रमहरु तपाइँहरुकै कारण सम्भव हुन गइरहेका हुन्। नेपालमा विपत्ति परेकाे बेला एनअारएनएकाे छातामा अावद्ध भएर/नभएर विभिन्न कोणबाट सहयोग पुराउनु हुने तपाइँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ। राष्ट्रिय अन्तरार्ष्ट्रिय रूपमै संस्थाकाे उचाइ बढाउने याे कार्यकाे श्रेय म तपाइँहरू प्रत्येकलाइ दिन चाहन्छु। तपाइँहरू नै याे उत्तकृष्ट मानवीय कार्यकाे जस पाउने वास्तविक हकदार हुनुहुन्छ।

(गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले न्युजिल्याण्डमा भएको अन्तरक्रियामा दिएको अभिव्यक्तिको सारांश)

प्रकाशित: १९ मंसिर २०७३ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App