coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'मधेस अलग हुन सक्छ'

काठमाडौं- राष्ट्रपतिसँगको छलफलमा मधेस केन्द्रित दलका नेताले मधेसमाथिको विभेद जारी रहे अलग्गै राज्य हुनसक्ने चेतावनी दिएका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी दलका नेताले नस्लवादी सोच त्याग्न पनि आग्रह गरे।

तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथिको विभेद जारी रहेको बताउँदै प्रमुख राजनीतिक दललाई नस्लवादी सोच त्यागेर समस्या समाधानमा लाग्न आग्रह गरे। 'मधेसी अब यो सत्तासँग रहेनन्, अब मधेस पनि नरहन सक्छ,' ठाकुरको भनाइ उद्धृत गर्दै शाहले भने, 'मधेस अलग पनि हुनसक्छ।'

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव पूर्ण नभएको धारणा राखे। संशोधन प्रस्ताव परिर्माजन गर्नुपर्ने बताउँदै उनले भने, 'मधेसमा उत्पीडन कायमै छ। मधेस समस्या सम्बोधन गर्नेगरी विधेयकमा संशोधन आवश्यक छ।'

संविधान संशोनका विषयलाई लिएर दलका नेता पक्ष र विपक्षमा विभाजित बन्दै गएका बेला राष्ट्रपति भण्डारीले संसद्मा रहेका दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलाई शीतल निवासमै बोलाएर छलफल गरेकी हुन्। 

प्रकाशित: २० मंसिर २०७३ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App