७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

काठमाडौं- स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

नारायण गोपालको महाराजगंज स्थित घरमा आयोजित समारोहमा पुरानी गायिका तथा कार्यक्रमका प्रमुख अतिथी दिलमाया खातीले गायिकाद्वयलाई नगद राशी २५ हजार सहित कदरपत्रले सम्मान गरिन्।

दार्जलिङमा गीत गाउन बोलाउन गएका नारायणगोपाल सम्झदै बरिष्ट गायिका दिलमाया खातीले उतिबेला गीत गाउन नमानेको उल्लेख गरिन्। अपुई कस्तो हो ,को हो गाउँदिन म त उसँग गीत भन्दिए उनले सम्भि्कईन नेपालदेखि आएर गीत गाउन त्यस्ता कलाकारले भन्दा किन त्यसो भनेको होला भनेर धेरैले सम्झाएपछि माने। बिछोडको पिडा नसकी खप्न दसैंको बेलामा...यो सदाबहार गीत उनले नारायणगोपालसँग गाईन्। त्यस्तै तिमी देख्दा रहर लाग्छ...बोलको अर्को गीत पनि उनलेसँगै गाउन भ्याईन्। नेपालको दोलखा उनको पुर्ख्यौली थलो भएपनि परिवार दार्जलिङ बसाई सरेपछि उनको थातथलो फेरियो। तर पनि नेपाल मन पर्ने उनले बताइन्।

गीत संगितको क्षेत्रमा निरन्तर लाग्न आफुले निकै दुख गरेको सम्झन्छिन् गायिका ज्ञानु राणा। 'मेरा लागि बुबाले डोहोर्याएको यो बाटोमा आज यहाँ देख्नु भएको भए कति खुशी हुनु हुन्थ्योहोला,' उनले भनिन् ,'जीवनमा धेरै उतारचढाव भोगेका क्षणमा नारायण दाईले धेरै साथ दिनुभयो। '

गीत गाउन मन पराउने मिरा राणालाई उनको गायकी सुनेरै चेतन कार्कील फिल्ममा गाउन अवसर दिएपछि संगित क्षेत्रमा निरन्तर रहिन्। गीत गाउनकै लागि नारायण गोपाल दाईको घरमा उतिबेला शम्भुजित वास्कोटाले ल्याउनु भएको थियो उनले स्मरण गरिन् अहिले मन्दिर जस्तो त्यही आँगनमा सम्मानित हुन पाए।

यि दुई गायिका सहित नारायणगोपालले थुपै्र गीत गाएका छन्। 'हिमाल सरी म अग्लीरहेछु', 'ए कान्छा ठट्टैमा यो बैंश जान थाल्यो', 'बैनीको दया छ भने', 'तिमी बदलियौ अनुहार बदलियो'लगायत कालजयी गीतहरू छन्।

नारायण गोपालका मनपर्ने गायिकामध्ये ज्ञानु र मिरा राणा पटक पटक उनका गीतमा दोहोरिएको साहित्यकार प्रकाश सायमीले बताए। एउटै परिवारका दुईजनाले पुरस्कार पाएको यो पहिलो हो उनले भने लुमडी मञ्चबाट गायन क्षेत्रमा पुग्ने गायिका मिरा राणा हुन्। तारादेवीको बर्चश्व रहेका बेला गाउन आईपुगे पनि गायिकाद्वयले पछाडी फर्केर हेर्न नपरेको सायमीले बताए।

नारायण गोपाल सगीत कोष स्थापनाकालदेखि नै सक्रिय हालकी महासचिव उषा शेरचनले सम्मान र पुरस्कार दिनुपर्नेमध्येका दुईजनाले यसपाला सम्मान पाएको बताईन्। आगामी वर्षदेखि रचनाकारलाई सम्मानित गर्ने योजना रहेको उनले जानकारी दिईन्। राज्यको वेवास्ताका कारण स्वरसम्राटका सपना अझै अधुरा रहेपनि सबैको सहयोगले त्यो पुरा गर्ने उनले जनाइन्। कोष बन्नु अघि नारायण गोपालकी पत्नी पेमला गुरुवाचार्यले उनको सबै सम्पत्ति शेरचनकै नाममा गरिदिएकी थिइन्। पेमलाको निधनपछि कोष बन्यो र उनले सम्पत्ति कोषलाई हस्तान्तरण गरेकी थिइन्।

नारायण गोपालको सपना एउटा गीतगंगा नामको अडिटोरियम हल बनाउने थियो। त्यो पुरा गर्न चार करोड रुपैयाँ अनुमानित खर्च लाग्छ। जसका लागि सहयोगीले आर्थिक सहयोग गरिदिन कोषका सचिव दिपक केसीले आग्रह गरे। 'यही घर परिसरमा निर्माण गर्छौ त्यसका लागि सरकारले यो वर्ष बल्ल दश लाख सहयोग दिएको छ,' उनले भने, 'अरु खोज्नुपर्छ।' उनले कलाकार देशको गहना भएपनि त्यो अनुसार व्यवहार भने राज्यले गर्न नसकेको सुनाए। महाराजगंज चोकलाई नारायण गोपाल चोक बनाउन उनले नै पहल गरेका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App