८ वैशाख २०८१ शनिबार
समाज

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

काठमाडौं- दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृतरुपमा कारोबार भइरहेको १० हजार अमेरिकी डलर बरामद भएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति अनुगमनका क्रममा उक्त रकम बरामद गरेको हो। क्यासिनो नियमावलीअनुसार  क्यासिनोभित्र रहने जुवाघरमा नगद कारोबार प्रतिबन्धित छ।

वृत्तका प्रमुख डीएसपी कृष्णबहादुर पल्लीमगरले क्यासिनोको अनुगमनका क्रममा करिब १० हजार अमेरिकी डलर बरामद भएको जानकारी दिए। उनका अनुसार क्यासिनोका कर्मचारीका साथबाट उक्त रकम बरामद भएको हो।
‘कसैलाई नियन्त्रणमा लिएका छैनौं, थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको छ,’ डीएसपी पल्लीमगरले भने। पछिल्लो समय क्यासिनोमा विदेशी मुद्राको अवैध कारोबार र नेपाली प्रवेश हुनथालेपछि प्रहरीले अनुगमन थालेको हो।

प्रकाशित: २१ मंसिर २०७३ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App