७ वैशाख २०८१ शुक्रबार
समाज

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

काठमाडाैं-दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृत रुपमा कारोबार भै रहेको १० हजार अमेरिकी डलर बरामद भएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराती अनुगमनकाक्रममा उक्त रकम बरामद गरेको हो । क्यासिनो नियमावलि अनुसार  क्यासिनो भित्र रहने जुवाघरमा नगद कारोबार प्रतिबन्धित छ ।

वृत्तका प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले क्यासिनोको अनुगमनकाक्रममा करिब १० हजार अमेरिकी डलर बरामद भएको जानकारी दिए । उनका अनुसार क्यासिनोका कर्मचारीका साथबाट उक्त रकम बरामद भएको हो ।

‘कसैलाई नियन्त्रणमा लिएका छैनो, थप कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भै रहेको छ,’ डिएसपी पल्लीमगरले भने ।पछिल्लो समय क्यासिनोमा विदेशी मुद्राको अवैध कारोबार र नेपाली प्रवेश हुनथालेपछि प्रहरीले अनुगमन थालेको हो ।

प्रकाशित: २१ मंसिर २०७३ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App