१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘अँध्यारोमा जिउने’ चाहना सार्वजनिक

काठमाडौं–गायक तथा संकलक राजु देउलाको नयाँ गीत ‘अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ। काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो। गायक राजु देउलाकै शब्द तथा विक्रम थापाको संगीत रहेको ‘अध्याँरोमै जिउन चाहन्छु’ गीत आधुनिक गीत हो। लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका देउलाले उक्त गीतबाट आफूले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेको बताए।

‘मैले निकै मेहनत गरेको छु, युवा पुस्ताले रुचाउलान् भन्ने विश्वास लिएको छु’, उनले भने। राजेश शर्मा, अनिता र दिपेनले अभिनय गरेको गीत उक्त गीत हाइलाईट्स नेपालले बजारमा ल्याएको छ। लामो समयदेखि व्यवसायमा आबद्ध राजेश शर्माले उक्त गीतमा एक घाइते प्रेमीको भूमिका निर्वाह गरेका छन् भने दिपेन र अनिताले उनलाई साथ दिएका छन् । यादव पुडासैनीले निर्देशन गरेको म्युजिक भिडियोमा सुरेश बज्राचार्यको सिनेमेट्रो ग्राफिक्स रहेको छ भने दृष्य सम्पादन नविन निरौलाले गरेका छन् ।
 

प्रकाशित: २१ मंसिर २०७३ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App