१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुख्यात गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ

काठमाडौं– प्रहरीले बिहीबार राति ठमेललाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न दिपक मनाङ्गेलाई एकजना सहयोगीसहित प्रक्राउ गरेको छ। विभिन्न ब्यापारीलाई धम्काएर रकम असुली गरेको आरोपमा मनाङ्गेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले धम्काउनेदेखि ठमेलमा संचालित अवैध धन्दामा संरक्षक बन्दै आएका उनलाई संगठित अपराध अन्तर्गत  पक्राउ गरी कारवाही अघि बढेको जानकारी दिए। उनले पछिल्लो समय सक्रिय रहेका मनाङ्गे बिरुद्ध प्रहरीमा आधा दर्जन बढी मौखिक उजुरी परेको जानकारी दिए।

 

प्रकाशित: १७ असार २०७३ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App