coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला

काठमाडौं—मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला गरिदिएको छ।

सहमति पाएसँगै बी एन्ड सीले अब कुनै पनि विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिन सक्नेछ। स्रोतका अनुसार काठमाडौं विश्वविद्यालय (केयु) का उपकुलपति रामकण्ठ मकाजुको दोस्रो कार्यकाल थप गराइदिने सर्तमा केयुबाटै सम्बन्धनको चलखेल भइरहेको छ।

काउन्सिलको सोमबार बसेको फूल हाउसमा प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा काउन्सिल पदाधिकारीले सो मेडिकल कलेजलाई पत्राचारमार्फत् सहमति दिएको हो। बी एन्ड सी मेडिकल कलेज माओवादी नेता दुर्गा प्रसाइँको हो।

सरकारले मन्त्रिपरिषदबाट तथा डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गर्दै नयाँ नीति नबन्दासम्म सम्बन्धन रोक्ने जनाएको थियो। डा.केसीसँग सम्झौता भएको तेस्रो दिन दाहालको दवाबमा काउन्सिलले सम्बन्धन दिनका लागि पूर्वाधार पुगेको सहमति दिएको हो।

सहमति पाएसँगै बी एन्ड सीले अब कुनै पनि विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिन सक्नेछ। स्रोतका अनुसार काठमाडौं विश्वविद्यालय (केयु) का उपकुलपति रामकण्ठ मकाजुको दोस्रो कार्यकाल थप गराइदिने सर्तमा केयुबाटै सम्बन्धनको चलखेल भइरहेको छ।

सोमबारको बैठकपछि स्वास्थ्यमन्त्री गगन थापाले काउन्सिल पदाधिकारीसँग परामर्श गर्दा उनीहरुले पत्र शिक्षा मन्त्रालयको मान्छे आएर लगिसकेको जानकारी दिएका थिए।

काउन्सिलले एक महिनासम्म गुपचुप रुपमा काउन्सिल उपाध्यक्ष एई अन्सारीको संयोजकत्वमा समिति बनाएर निरीक्षण गरेको थियो। सो सूचना लुकाएर काउन्सिल अध्यक्ष धर्मकान्त बाँसकोटा र रजिष्टार दिलिप शर्माले यस्तो चलखेल गरेका हुन्।

उनीहरुले प्रधानमन्त्रीकै दवाब आएपछि आफूले रोक्न नसकेको भन्दै निरीहता प्रकट गरेका छन्।

प्रकाशित: २२ मंसिर २०७३ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App