७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवा विद्यार्थीद्वारा बालुवाटार घेराउ

संशाेधन प्रस्तावकाे विराेधमा एमाले समर्थित युवा विद्यार्थीले बालुवाटारमा गरेकाे विराेध प्रदर्शनमा सहभागी अखिल सचिव अारती लामालगायत। तस्बिर: केशव थाेकर

काठमाडौं–सरकारले  संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार  प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका थिए।

युवा विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको थियो। आक्रोशित युवा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए। संशोधन प्रस्तावको विरोधमा एमाले समर्थित युवा विद्यार्थीले विगत केही दिनदेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्। सरकारले संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विपक्षमा मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित: २२ मंसिर २०७३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App